Breaking News

ट्रम्पको ईरानबारे निर्णयपछि तेलको मूल्यमा कस्तो असर पर्छ ?

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रत्याशित समयमा विश्वको पाँचौ ठूलो तेल उत्पादक राष्ट्र ईरानमाथि धावा बोलेका छन् ।

हुनत ट्रम्पले मंगलबार ईरानसँग गरिएको परमाणु सम्झौताबाट बाहिरिने र ओपेक राष्ट्रमाथि कडा प्रतिबन्ध लगाउने घोषणा गर्न अघि नै विश्वव्यापी रुपमा तेलको आपूर्ती घटिरहेको थियो ।

विज्ञहरु भन्छन्, ‘ईरानबारे ट्रम्पको पछिल्लो निर्णयले तेल र ग्यासको मूल्यलाई पछिल्लो समयकै उच्च विन्दूमा पुर्याउनेछ ।’

सन् २०१६ को शुरुवातमा आफूमाथि लगाइएको प्रतिबन्धहरु खुकुलो पारेपछि ईरानले आफ्नो तेल उत्पादन बढाएर औसतमा प्रति दिन १० लाख ब्यारेल पुर्याएको थियो ।

ओपेक र रसियाले तेल उत्पादन घटाइरहेको बेला र भेनेजुएलामा देखिएको अस्थिरताका कारण तेलको मूल्य बढिरहेको बेला अब ईरानले बजारमा पुर्याउने भनेको तेल फिर्ता गर्नेछ ।

क्यानरी एलएलसी नामक तेल कम्पनीका कार्यकारी निर्देशक ड्यान इबरहार्टले यसमा सीधा सम्बन्ध रहेको बताउँदै भने, ‘ईरानको परमाणु कार्यक्रबाट हात झिक्नु भनेको तेलको उच्च मूल्यलाई समर्थन गर्नु हो ।’

व्यवसायीहरुले ट्रम्पको यो कदमलाई अनुमान गरेकै कारण पछिल्लो केही दिनमा तेलको मूल्यमा भारी बृद्धि भएको थियो । पछिल्लो चार वर्षमा पहिलो पटक यो हप्ता कच्चा तेलको मूल्य ७० डलर प्रतिब्यारल पुगेको थियो ।

ट्रम्पले घोषणा गर्नु पूर्व सरकारका अनुमाकर्ताहरुले सन् २०१८ मा तेलको मूल्य १०.५ प्रतिशतले बृद्धि हुने प्रक्षेपण गरेका थिए । यसमा उनीहरुले तेलको मूल्य औसतमा नै ६५.५८ डलर प्रतिब्यारल हुने बताएका थिए ।

मंगलबार कच्चाको तेलको मूल्यमा भारी फेरबदल भएको थियो र अन्ततः ७० डलरमा पुगेर स्थिर बनेको थियो ।

कच्चा तेलको मूल्यसँगै फेरबदल हुने पेट्रोलको मूल्य पनि अमेरिकामा औसत २.८१ डलर प्रति ग्यालन पुगेको थियो । एक वर्षअघि एक ग्यालन पेट्रोलको मूल्य २.३४ डलरसम्म पुगेको थियो ।

यद्यपि, सन् २०११ र २०१४ को बीचमा भने पेट्रोलको मूल्य ३.४ देखि ३.६ डलर प्रति ग्यालनसम्म पुगेको थियो ।

तेलको मूल्य बढ्ने भनिएपनि यो कतिसम्म महंगो हुने भन्ने कुरा विभिन्न कारकहरुले फरक पार्नेछ । जस्तै, इरानको कच्चा तेलमा कति प्रतिबन्ध लाग्नेछ र अन्य तेल उत्पादनकर्ताहरुले त्यो रिक्ततालाई कतिसम्म पूर्ति गर्न सक्छन् भन्ने कुरामा निर्भर गर्नेछ ।

यता, ओपेकको किङपिन मानिने साउदी अरेबियाले मंगलबार वक्तव्य जारी गर्दै यसबारे कदम चाल्ने संकेत गरिसकेको छ । साउदी अरेबियाको उर्जा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा तेलको बजारमा स्थिरता कायम गर्न आफूहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

तर, यहाँ अर्को मुख्य प्रश्न आउँछ, अमेरिकाले ईरानसँगको सम्झौताबाट बाहिरिएपछि मध्यपूर्वमा थप तनाव सृजना त हुँदैन ? मध्यपूर्व हुने भूराजनीतिक तनावको डरले पनि तेलको मूल्यमा बृद्धि हुने गरेको छ ।

धेरै अमेरिकी सैन्य अधिकारीहरुले ईरानले इजरायलमाथि हमला गर्न लागेको बताएका छन् । तर, यो आक्रमण हुन्छ वा हुँदैन भन्ने स्पष्ट छैन ।

तर, एउटा कुरा भने स्पष्ट छ – तेलको बजारलाई असर गर्ने भूराजनीतिमा शान्तिपूर्ण तीन–चार वर्ष अन्त्य भएको छ ।

इरानले अप्रिलमा दैनिक ३८ लाख ब्यारल तेलसम्म उत्पादन गरेको पछिल्लो एसएण्ड पी ग्लोबल प्याट ओपेक सर्वेक्षणले देखाएको थियो । स्न २०१६ को जनवरीमा इरानले दैनिक २९ लाख ब्यारल तेल उत्पादन गरेको थियो ।

अमेरिकाको कदमपछि ईरानको तेल उत्पादनमध्ये कति खतरामा छ भन्ने अझै खुलेको छैन ।

धेरै विश्लेषकका अनुसार धेरै राष्ट्रहरुले अमेरिकाको प्रतिबन्धको वेवास्ता गर्नेछन् र इरानबाट कच्चा तेल खरिद गर्न जारी राख्नेछ । इरानको सबैभन्दा ठूलो ग्राहक चीनले ईरानसँग सम्बन्ध नतोड्न सक्छ किनभने बेइजिङ र वासिङटनपछि व्यापारबारे तनाव जारी रहेको छ ।

युरोपिन र केही एसियाली राष्ट्रहरुले सन् २०१५ अघि कै इरानमाथिको प्रतिबन्धको स्थितिमा फर्किए भने मात्र ईरानको तेल उत्पादनमा धेरै असर पर्नेछ । ‘तर, यो सम्भावना लगभग शुन्य छ,’ उर्जा विज्ञ पाभेल मोलचानोभले भने ।

ईरानमा तत्काल प्रतिबन्ध लगाए दैनिक २ लाख ब्यारेल बजारमा कम हुनेछन् । यो छ महिनामा ५ लाख ब्यारेलसम्म पुग्न सक्छ ।

विश्वको मागलाई हेर्ने हो भने यो ठूलो अंक हो । अन्य मुख्य तेल उत्पादक कम्पनीहरुले यो रिक्ततालाई पूर्ति गर्न सक्छन् ।

यसमा साउदी अरेबियाले ठूलो भूमिका खेल्न सक्छ । तर, राज्यद्वारा सञ्चालित साउदी अरमाको कम्पनीको आइपीओ अघिसम्म ऊ पनि तेलको मूल्य बढोस् भन्ने चाहन्छ । उता, अमेरिका एक्लैको उत्पादनले त्यो रिक्ततालाई पूर्ति गर्न सक्दैन ।

sahid diwas