गुप्ताको अगाडी राजस्वका हाकिमहरु किन नतमस्तक ?
चितवन ÷ नारायणगढको शहिदचोकमा रहेको ‘राजकुमार’ कपडा पसलले ठूलो परिमाणमा भन्सार र राजस्व छलि गरिरहेको बुझिन आएको छ । नारायणगढकै सबैभन्दा ठुलो होलसेल कपडा पसलले खुलेआम भन्सार र राजस्व छलि गरीरहेको भएपनि आन्तरिक राजस्व कानर्यलय भरतपुर लगाएतका सरोकारवाला निकायहरु भने नतमस्तक भई बसिरहेका छन् ।
नारायणगढका रामकुमार गुप्ताले चलाएको सो पसलमा राजस्वले छापा नमारेको पनि होईन् तर माथिका हाकिमहरुसँग भित्रि लेनदेनमा कुरा मिलाउने गरेकाले उनी सधै सामान्य जरिवाना मै उम्कदै आईरहेको बुझिएको छ । पसल संचालक गुप्ताले खुला सिमाको फाईदा उठाउदैं भरिया लगाई भन्सार छलि करोडौँ राजस्व स्वाहा पारीरहेको र सबैतिरको मिलिभगतमा गुप्ताले करोडौँ करोड कर छलिरहेको खुल्नमा आएको छ ।
एक नम्बरी, दुई नम्बरी दुबै धन्दामा माहिर गुप्ताको कालो धन्दा बढ्दै गएपनि राजस्वले सामान्य कार्बाही गरेजस्तो गरि सधैं उन्मुक्ति दिनुले कर नियामक निकायहरुको भुमिकामा समेत सन्देह पैदा भएको छ । गुप्ता र गुप्ता जस्तै दुईनम्बरी धन्दा गर्ने अन्य एकाध व्यापारीहरुको कारण राज्यलाई यथोचित कर तिरी ब्यापार गर्ने चितवनका अन्य ब्यवसायीहरु विस्थापित बन्दै जान थालेको स्वंय व्यबसायीहरुले दुःखेसो पोखेका छन् । ठुलो परिमाणमा गुप्ताले कर छलि गरिरहेको भएपनि राज्यका निकायहरु किन मुकर्दशक बसिरहेका छन्, थप शंकाको विषय बनेको छ ।
दुईनम्बरी धन्दा गर्ने यी गुप्ताको सम्पूर्ण हिसाब–किताब, स्टक मालको जाचँ पड्ताल गरेमा यथार्थ निस्कने जानकारहरु बताउँछन । एक गोप्य स्रोतले दिएको जानकारी अनुसार आय करमा समेत ठूलो घोटला गरेका गुप्ताले नेपालमा कर छलि गरि कमाएको ठूलो रकम भारत लग्ने गरेको पनि बुझिएको छ । गुप्ताको दिल्लीमा समेत घर रहेको बुझिएको छ । गुप्ताले भारतीय आधार कार्ड बनाएको समेत बुझ्ीएको छ ।
गुप्ताले पैसाको बलमा नेपाली नागरिकता किनेको बुझिएकोछ । गुप्ताको नागरिक्ताको विषयमा केही बर्ष अघि जिल्ला प्रशासन कार्यालयमा उजुरी परे पनि उनले पैसाको बलमा केशलाई ढिसमिस गराएको स्रोतले जानकारी दिएको छ । गुप्ताको नागरिक्ता छानविन गर्नुपर्ने देखिन्छ, गुप्ताको मात्र होईन् नारायणगढ, भरतपुर, टाडी, पर्सा, मुग्लीन र कावासोती क्षेत्रमा रही व्यापार गर्दे आईरहेका धेरै भारतीय नागरिकहरुले पछिल्लो समय झुठाविवरण पेश गरि नागरिक्ता बनाएकोखुल्नमा आएको छ ।नारायण्गढका एक व्यापारीले भने यहाँ बसी व्यापार गर्ने अनि रातारात तराइइका बारा, पर्सा, रौतहट, सर्लाही, धनुषालगाएतका जिल्लाबाट उनीहरुले कसरी नागरिक्ता पाए ?
यस विषयमा थप अनुसन्धान गरी गुप्ता र उनीजस्ता काला ब्यापारीको कालो धन्दाको पर्दाफास गर्नुपर्ने देखिन्छ । गुप्ताको कालो धन्दा बढ्दै गएपनि कार्बाहीमा ढिलाई भएसँगै राजस्वका हाकिमहरुको मिलीभगत हुनसक्ने आशांका बढेकोले राजस्व क्षेत्रमा काम गर्ने कर्मचारीहरुको समेत सम्पति छानविन हुनुपर्ने आमरुपमा आवाज उठन शुरु गरेको छ ।
शिव टेर्ड«सलाई पनि उन्मुक्ति
यता नारायणगढको बेलचोकमा रहेकोे शिव टेर्ड«सको पनि दुईनम्बरी धन्दा बढदै गईरहेको बुझ्नमा आएको छ । टेर्ड«सका सञ्चालक जोगेन्द्र शाहले ब्यापक मात्रमा कर छलि गरिरहेको बुझिएको हो । भारतबाट कुखुराको दानाको कच्चा पदार्थ लगायतको सामग्री आयात कारोबार गर्ने शाहले सामान मगाउदा ग्राहककै फर्ममा मगाउने, भन्सारमा सेटिगं मिलाई सामानको कम मुल्यांकन गराउने, अन्डरविलिगं गर्ने र खुल्ला सिमाबाट चोरी गरी ल्याउने तथा दानाका रो मेटिरीयलमा कमसल पदार्थहरुको मिसावट गर्ने लगाएतका अबैध कारोबार गरेको स्रोतको दाबी छ । गत् फागुणमा क्षेत्रिय राजस्व अनुसन्धान कार्यालय पथलैयाले नारायणगढकै इन्दु टे«र्डसमा छापामारी करोडौँको फाइल जफत गरी सञ्चालकलाई तारिख लगाईरहेकोे भएपनि ईन्दु टे«र्डसकै सामने रहेको शाहको धन्दामा राजस्वको नजर नपर्नुलाई निकै अर्थपूर्ण र आशंकााको दृष्टिले हेरिएको छ । यो विषय आम चासो र आशंकाको बनेको छ । शाहको अगाडी राजस्व कार्यालय किन नतमस्तक ?
कार्यालयले भ्याट बिल नकाट्नेलाई कारवाही गर्ने
चितवन । आन्तरिक राजश्व कार्यालयले मूल्य अभिवृद्धि कर (भ्याट) को सूक्ष्म अध्ययन थालेको छ । करको दायरामा नआउने र आएर पनि कम बिल काट्ने गरेको पाइएपछि कार्यालयले अध्ययन थालेको हो ।
मूल्य अभिवृद्धि करबाट उठ्नु पर्ने राजश्व सन्तोषजनक नदेखिएपछि अनुगमनलाई तीव्र बनाएर अध्ययन थालिएको कार्यालयका प्रमुख थानप्रसाद पङ्गेनीले जानकारी दिएका छन् ।
कार्यालयले चैत मसान्तसम्ममा मूल्य अभिवृद्धि करतर्फ रु ८९ करोड ३६ लाख ८९ हजार राजश्व संकलन गर्ने लक्ष्य राखेकामा रु ८० करोड एक लाख ८५ हजारमात्रै संकलन भएपछी राजस्व छलि बढेको भन्दै कार्यालयले करको दायरामा नआउने र आएर पनि कम बिल काट्नेहरुलाई काबाही गर्ने तयारी गरेको छ । आन्तरिक राजश्व कार्यालयले कर छलि गर्नेलाई कारबाही गर्ने जनाएपनि अबैध धन्दाका मुख्य कारोबारी रामकुमार गुप्तालाई कारबाही हुन्छ की गुपचुपमै कुरा मिलाईन्छ त्यो भने आगामी केही दिन मै देख्न पाईन्छ ।