जुवाखाल रोक्न चितवन प्रहरी किन भयो असफल ?
जिल्लामा सक्रिय छन आदा दर्जन जुवाखाल
चितवन,बैशाख २६ जिल्लामा सञ्चालित जुवाखाल रोक्न चितवन प्रहरी असफल जस्तै भएको छ । थाहा पाएर पनि थाहा नपाए जस्तै गरी प्रहरी मुकर्दशक बसेको कारण जिल्लामा अबैध जुवाखाल दिनप्रतिदि मौलाउदै गएको हो ।
भरतपुर नारायणगढमा मात्र होईन जिल्लाको पूर्वी चितवन क्षेत्रका टाँडी, पर्सा, भण्डारा, लोथर र सौराहा, पश्चिम चितवनको रामपुर, चनौली, मेघौली, जगतपुर र गितानगर, लगायतका क्षेत्रमा जुवाखाल मौलाईरहेको छ । नारायणगढ, भरतपुर, गणेशस्थान, टाँडी, पर्सा, भण्डारा, चनौली, गितानगर, सौराहा, जुगेडी, रामनगर, मेघौलीका केही घर, होटल तथा कटेज एवं रेष्टुरेण्टहरुमा समेत व्यापक मात्रमा जुवाखाल सञ्चालन भईरहेपनि प्रहरी प्रशासन मुकदर्शक र तमासे बनिरहेको स्थानियहरुको गुनासो छ ।
भण्डाफोरलाई प्राप्त एक गोप्य सूचना अनुसार क्षेत्रपुरमा रहेको सुगम पियाको पुरानो घर, नारायणगढको २ वटा घर, नारायणगढ मेनरोडको एउटा पुरानो घर, भरतपुर हाइटमा रहेको थकाली भान्छा घर, गणेशस्थानको एक घर, न्युरोडको तिनतलाको एक घर र भरतपुर नारायणगढका केही ठुला होटलको कोठामा समेत जुवाखाल सञ्चालन हुने गरेको खुल्नमा आएको छ । यसरी जुवा सञ्चालन गर्नेहरुमा सुगम पिया, श्याम लामालगाएतका रहेको पाईएको छ । त्यस्तै नारायणगढमा अर्का एक श्रेष्ठ थर का र अर्का एक गिरी थर का व्यक्ति ले जुवा सञ्चालन गरिरहेको पाईएको छ । त्यस्तै पश्चिम चितवनको चनौलीमा सिंघे भन्ने र लामा थरका एक व्यक्तिले त्यस्तै जगतपुरको एक कटेजमा समेत जुवाखाल चलिरहेको पाईएको छ ।
यसरी अबैध जुवाखाल रोक्न चितवन प्रहरी किन भयो असफल ? के चितवन प्रहरीको क्षमतामा ह््रास आएकै हो त ? अवैध धन्दाहरु बढे पनि चितवन प्रहरीले परिणाममुलक कारवाही गरी त्यस्ता गैरकानुनी कार्यहरु नियन्त्रण गर्न किन सकिरहेको छैन् ? गम्भिर प्रश्नचिन्ह खडा भएको छ । चितवन प्रहरीकोे व्यवसायीक दक्षता र क्षमताको कमी हो कि प्रहरी हाकिमहरुको नियत मै भन्ने आम आशंका बढेर गएको छ । वेश्यावृत्ति र जुवातास जस्ता सामाजिक विकृती नियन्त्रणमा चितवन प्रहरी किन चुकिरहेको छ आम चिन्ता अनि चासो र खोजीको विषय बनेको छ । गृहजिल्ला चितवन भएका माओबादी केन्द्रका क्रान्तिकारी नेता राम बहादुर थापा बादल गृहमन्त्री हँुदा पनि जिल्लामा जुवातास, बेश्यावृती र नदि तथा खोलाहरुबाट प्रहरी संरक्षणमै मनपरि तबरबाट बाहुबल भएकाहरुले अबैध उत्खनन् तथा तस्करी गरिनेक्रम अझै बढदै जाँदा आमसर्बसाधरण भने चिन्तित हँुदैं गएका छन् ।