आफैलाई गोली हान्ने योजना आफैले बनाएको अभियोगमा हिन्दू धर्मगुरु आचार्य श्रीनिवास पक्राउ

यस्ता पनि धर्मगुरु ?

काठमाण्डौ,२४ वैशाख । आफैलाई गोली हान्ने योजना आफैले बनाएको अभियोगमा हिन्दू धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् । मोरङ प्रहरीको विशेष टोलीले श्रीनिवासलाई काठमाडौंबाट पक्राउ गरेको हो ।
आचार्यमाथि चैत २५ गते गोली प्रहार भएको थियो । तर, अनुसन्धानका क्रममा आफैंले योजना बनाएर गोली हान्न लगाएको देखिएपछि आचार्यलाई पक्राउ गरिएकोप्हरीले जनाएको छ ।
गोली प्रहारमा संलग्न भएको अभियोगमा दुई जना पक्राउ परेपछी आचार्यको पोल खुलेको हो ।
उनीहरुले आचार्य श्रीनिवासले नै योजना बनाएर आफूलाई गोली हान्न लगाएको बयान दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । आचार्यमाथि गत २५ गते गोली हानेर घाइते बनाइएको थियो ।
विराटनगरको जतुवामा श्रीमद भागवत सप्ताहको तयारी भइरहेका बेला राती उनीमाथि गोली प्रहार भएको थियो ।

घटनाको छानबिन तथा अनुसन्धानको लागि गठित प्रहरीको विशेष अनुसन्धान टोलीले प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरो, १ नम्बर प्रदेश प्रहरी कार्यालय, संघीय प्रहरी ईकाई कार्यालय धरान तथा जि.प्र.का. मोरङले गरेको अनुसन्धानबाट उनले नै अन्य व्यक्ति प्रयोग गरी गोली हानेको पाइएकोले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीले जानकारी दिए ।
आचार्यमाथि गोली हानेको अभियोगमा पक्राउ परेका भरतपुर –४, बेलचोक बस्ने २९ वर्षीय माधव चौधरीले प्रहरीलाई दिएको बयानका आधारमा आचार्य श्रीनिवासले गोली हान्न सिकाई धर्म र देशको लागि केही गर्नुपर्छ भनी उक्साई गोलीसहितको पेस्तोल दिई हान्न लगाएको बताइएको छ ।

नवलपरासीको गैँडाकोट नगरपालिका वडा नम्बर ५ बस्ने ३२ वर्षीय खान र लक्ष्मीराज अधिकारीले प्रहरीलाई दिएको बयानमा उनले आफैले गोरखपुरबाट किनेको गोलीसहितको पेस्तोलले श्री निवास आचार्यले भनेपछि गोली हानेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।