Breaking News

शान्ती सुरक्षा र सुशासन कायम गर्न लागि पर्छु : प्रजिअ बस्नेत

चितवन, २४ बैशाख । चितवनमा शान्ती सुरक्षा र सुशासन कायम गर्न सबैसँग हातेमालो गर्दै अघि बढने प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताएका छन् । गोरखाबाट भर्खरै सरुवा भई चितवन आएका प्रजिअ बस्नेतले आईतबार संचारकर्मीहरु संग कुरा गर्दै यस्तो बताएका हुन् ।
७७ जिल्ला मध्य कै ७८ औ जिल्लाको रुपमा रहेको चितवन सम्वेदनशिल जिल्लाको रुपमा रहेको भन्दै प्रजिअ बस्नेतले जिल्लामा शान्ती सुरक्षा कायम गर्न र विकास निमार्णको कामलाई तिव्रता दिन आफु सबै सरोकारवालाहरु सँग हातेमालो गर्दै लागि पर्ने बताए ।
आफु यस अघि पनि संचारमैत्री रहेको भन्दै उनले चितवनमा पनि यस अघि भएको भन्दा सुधारात्मक रुपमा सुचनालाई मिडीया मात्र नभई सुचना माग्ने आमसर्वसाधारणलाई समेत सहज तवरले सुचना प्रदान गर्ने समेत बताए ।

आफु सरकारको निति नियम भन्दा बाहिर गृहमन्त्री वा अन्य कुनै नेताको दवावमा नजाने पनि प्रजिअ बस्नेतले बताएका छन् ।
संचारकर्मीहरुले गृहमन्त्री र पुर्व प्रधानमन्त्रीको गृह जिल्लामा रहेर काम गर्दा दवावमा काम गर्नु पर्दा के गर्नु हुन्छ भन्ने प्रश्नमा प्रजिअ बस्नेतले यस्तो बताएका हुन् ।
प्रजिअ बस्नेतलाई जिल्लाका संचारकर्मीहरुले यहाँको वस्तुस्थीतिको बारेमा जानकारी गराउदै सुशासन कायम गर्न लागि पर्न सुझाव दिएका थिए ।

sahid diwas