सिभिल बैंकको अर्को काण्ड : नक्कली लालपुुर्जा बनाई चितवनको जग्गा बिक्री गरेको खुलासा ।

 

 चितवन , २२ बैशाख । सिभिल बैंकले नक्कली लालपुुर्जा बनाई चितवनको एक सय सात रुपैयाँ जग्गा बिक्री गरेको तथ्य खुुलेको छ । बैंक सञ्चालक समितीका अध्यक्ष ईच्छाराज तामाङ, तत्कालीन प्रमुुख कार्यकारी अधिकृत किशोर मर्हजन र बर्तमान प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ्ग र प्रशिद्ध अर्याल समेतको मिलेमतोमा बैंकले करोडौं रुपैयाँ बराबरको जग्गा नक्कली लालपुुर्जा बनाएर बिक्री गरेको रहस्य सार्वजनिक भएको हो । बैंककै उच्च श्रोतले जानकारी दिए अनुसार तत्कालीन समयमा नेकोन एयरका सञ्चालक समेत रहेका मृगेन्द्र राज जोशीले चितवनको एक सय सात कठ्ठा जग्गा धितो राखेर सिभिल बैंकबाट कर्जा लिएका थिए । व्यवसाय बिस्तार तथा सञ्चालनको लागि भनेर कर्जा लिएको भएपनि जोशीको व्यापार व्यवसाय फस्टाएन । सो पश्चात जोशीले सिभिल बैंकबाट लिएको करोडौं रुपैयाँ कर्जाको सावाँ व्याज चुक्ता गर्न सकेनन् । सोही आधारमा ऋणी जोशीलाई सिभिल बैंक आग्रहमा कर्जा सुचना केन्द्रले कालो सुचीमा राख्यो । सोही बिचमा सिभिल बैंककै पुुर्ण चन्द्र प्रधान थरका एक ऋणी र गुण्डा समेतको मिलेमतोमा जोशीलाई अपहरणकै शैलीमा लाने काम भयो । उनीहरुबाट जोशीको नाउँमा रहेको ऋण प्रधानको नाउँमा स्थानान्तरण गरेर पैसा लिने काम भयो । कर्जा सुचना केन्द्रले कालोसुचीमा राखेको हुंँदा उनलाई बैंकले थप पैसा दिन नमिल्ने भन्दै जोशीको नाउँमा रहेको ऋण तथा धितो प्रधानको नाउँमा स्थानान्तरण भयो । त्यस वापत बैंकका प्रमुख कार्यकारी मर्हजन, अध्यक्ष तामाङ, गुरुङ लगायतका व्यक्तिहरुबाट लाखौ रुपैयाँ खाने काम भयो । यसमा पनि उक्त घटनामा जुन व्यक्ति डनको रुपमा प्रस्तुुत भएका थिए उसले मात्र २५ लाख रुपैयाँ लिएका थिए भने,बाँकी रकम बैंकका अध्यक्ष, प्रमुुख कार्यकारी र कर्जा प्रमुुखहरुले मिलेर खाएका थिए । सो पश्चात जुन व्यक्तिको नाउँमा कर्जा स्थानान्तरण गरिएको थियो । त्यो व्यक्तिले पनि कर्जा चुक्ता गरेको छैन । यहीं बिचमा ऋणी जोशीको भने झण्डै डेढ बर्ष अघि नै मृत्युु भईसकेको छ । हाल अर्काको सम्पत्ती जर्वरजस्ती आफ्नो बनाई लाखौं खाने व्यक्तिहरु अहिले पनि बैंकको उच्च पदमा रहेका छन् भने प्रधान थरका ऋणी अझै कालोसुचीमा नै रहेका छन् । श्रोतका अनुसार प्रधान सिभिल बैंककै छत्रछायाँमा हुृर्किएका घरजग्गा व्यवसायी समेत हुुन् । पटकपटक गरी पाँच, देखी दश लाख रुपैयाँ सम्म गरी जोशीले उक्त रकम दिदैंआएका छन् । आफुलाई ठुलो जग्गा व्यवसायी बताउने उनै प्रधानको उपत्यका र केही ठाउँमा हाउजिङ कम्पनी समेत रहेको खुल्न आएको छ । तर, त्यो सबै प्रधानले सिभिल बैंकबाट कर्जा लिएर गरेका छन् । प्रधानलाई सिभिलकै उच्च व्यवस्थापनको संरक्षण रहको आधारमा सो बैंकबाट मात्र २५ करोड रुपैयाँ भन्दा बढी रकम कर्जा लिएसकेका छन् । तर, उनले त्यो कर्जाबापत बैंक लाई तिर्नुुपर्ने कुनैपनि सावाँ व्याज बुुझाएका छैनन् । पर्दापछाडि बसेर बैंकको खराव कर्जा उठाउन समेत सहयोग गर्ने प्रधानको धेरै जसो समय सिभिल बैकको केन्द्रिय कार्यालय र त्यसकै आसपासमा रहेका हुुन्छन् ।