३३ किलो सुन तस्करी र सनम हत्या प्रकरण : छानविन र अनुसन्धानलाई विवादित बनाउने कसरत शुरु
आफु फस्ने डरले एसएसपी लोहनीको बचाउ गर्दै शर्मा
बैशाख २०, काठमाडौं । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा छानविन र अनुसन्धानलाई विवादित बनाउने कसरत शुरु भएको छ । केही बरिष्ठ पुर्ब प्रहरी अधिकारी यस प्रकरणलाई आफुअनुकुल व्याख्या गरी छानविन र अनुसन्धानलाई विवादित बनाउन लागिपरेका छन् । यसरी छानविन र अनुसन्धानलाई विवादित बनाउन पूर्व एआईजी विज्ञानराज शर्माले सुन काण्डका मुख्य योजनाकारहरुको डिजाईन अनुसार मिडियामा बयानबाजी गर्न थालेका हुन् ।
शर्माले ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मुछिएका एसएसपी दिबेश लोहनीको बचाउ गर्दै सुन तस्करीको अनुसन्धान अलमलिएको भन्दै मिडियामा भ्रमको खेती शुरु गरेका छन् । उनले पत्रकारमाथि आक्रमण गर्ने एसएसपी दिबेश लोहनी बचाउन किन मिडिया बाजी थालेका हुन्, त्यो भने आम चासो र आंशकाको विषय बनेको छ । प्रहरी संगठनमा बहाल हुँदा नै विवादास्पद अभिव्यक्ति दिने गरेका शर्माले न्यायीक हिरासतमा रहेका लोहनी औंलामा गन्न सकिने कुशल प्रहरी अधिकारी भएको जिकिर गरेका छन् । उनले प्रहरीको नाटकीय शैलीलाई नै सत्य ठान्नु, छानविन समितिको गल्ती भएको टिप्पणी गर्दै हत्या र तस्करीका मतियारहरुलाई जोगाउने गरी अनुसन्धानलाई नै प्रभावित बनाउने कोशिस गरेको देखिन्छ ।
सुन खोज्ने भन्दा पनि प्रहरी फसाउने काममा छानविन समिति लागेको आरोप लगाउँदै शर्माले अनुसन्धानलाई प्रभावित बनाउने र आफुअनुकुल व्याख्या गरेका छन् । बिगतमा उनी आफैं र उनका भाई दया शर्माको समेत संलग्नतामा सुन तस्करी हुने गरेको समाचार आउन थालेपछी शर्माको छटपटी शुरु भएको र यस्तो बयान आउन थालेको श्रोतले बताएको छ ।
लहरो तान्दा पहरो गर्जने भने झै आफ्नै भाई दया शर्मा र व्यापारी दिपक मलहोत्राको सेटिङमा हुने गरेको सुन तस्करीको पोल खुल्ने डरले शर्मा बयानबाजी सहित षडयन्त्रमा उत्रिएको श्रोतको दाबी छ । शर्मा मेट्रोको प्रमुख समेत थिए । काठमाडौं प्रहरी,अपराध महाशाखा र बिमानस्थलको सुरक्षा र अबैध गतिबिधीको निगरानी गरि कारवाही गर्ने निकाय पनि मेट्रो नै हा े। तर, उनले त्यो समयमा किन सुन तस्करी नियन्त्रण गर्न सकेनन् र अहिले एसएसपी लोहनीहरुलाई बचाउन लागीपरेका छन् ? ।
थप आंशकाको विषय बनेको छ । एक दशकअघि राजधानीकोे दरबारमार्ग्स्थित रोयल डिस्कोमा राकेश लिम्बुकोे हत्या गरि फरार भएका बेला डन राजु गोर्खालीलाई प्रहरीले खोजेको थियो।
तर, गोर्खालीको गाडीमा शर्मा भेटिएपछि प्रहरी टोली नै तीनछक परेको चर्चा प्रहरीभित्र अझै ताजा छ । त्यतिखेर शर्मालाई गोर्खालीको गाडीबाट ओरालेर प्रहरीले गोर्खालीलाई पक्राउ गरेको थियो । उनी प्रहरीमा छँदा गोर्खालीलाई प्रहरीले पक्राउ गरेको खण्डमा तुरुन्तै छुटाउने गर्दथे । प्रहरी स्रोतका अनुसार काठमाडौं मलको ठेक्कामा शर्माले गोर्खालीसँग मिलेर टेन्डर हालेका थिए ।
शर्मा बाहलमा रहँदादेखि नै बिबादित थिए । यसरी ३३ किलो सुन तस्करी र सनम हत्या प्रकरणमा छानविन र अनुसन्धानलाई विवादित बनाउने कसरत शुरु भएको छ । शर्मा पनि मोहरा मात्र रहेको र यसमा अझ उच्च पुर्ब प्रहरी अधिकारीहरु, तस्करहरु र केही राजनितीक नेताहरु भित्री रुपमा लागीपरेको खुल्नमा आएको छ ।यसतर्फ समिती र गृहमन्त्रालय सचेत हुनुपर्ने देखिन्छ ।