किसानको केरा काटेर नष्ट गर्नेलाई तत्काल पक्राउ गरी काबाही गर्न कृषि मन्त्रीको निर्देशन
चितवन,बैशाख १९(
प्रदेश नम्वर ३ का कृषिमन्त्री दावा दोर्जे लामाले चितवनका किसानको केरा काटेर नष्ट गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारवाही गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छन् । चितवनका किसानले लगाएको ३ हजार बढि केराको बोट अज्ञात समूहले काटेर सखाप पारिदिएपछि सो क्षेत्रको आज ९बुधवार० अवलोकन गर्दै मन्त्री लामाले किसानको केरा बगानमा आतंक मच्चाउनेलाई नछाडिने चेतावनी दिए । मानविय स्वभाबभन्दा बाहिर गएर किसानमाथी अन्याय भएको मन्त्री लामाको भनाई छ । “उनले प्रहरी प्रशासनलाई निर्देशन दिँदै भने,निष्पक्ष ढंगले अनुसन्धान गरेर कारवाही गर्नुप¥यो, यसमा कसैको दबाब मन्य हुँदैन ।” आज केरा काट्नेले भोली अन्य बालि काट्ला, त्यस्तो समूह पर्सी मान्छेनै काट्न पछि पर्देन् मन्त्री लामाले थपे,यस्तो बिधोम्स गर्नेलाई कुनै हालतमा छोडिदैन् ।
मन्त्री लामाले किसानलाई नआत्तिन आग्रह गर्दै झन् बलियो मनोबलका साथ काम गर्न सुझाब दिए । प्रदेश सरकार संधै किसानको साथमा रहेकाले न्याय र क्षतिपूर्ति दिलाउन कुनै कसर बाँकी नराखिने उनले बताए ।
यस्तै कालिका नगरपालिकाका मेयर गोपी श्रेष्ठले जिल्लाको प्रहरी प्रशासनसंग समन्यव गरेर दोषीलाई पक्राउ गरेर कारवाही गर्न लागि परेको बताए । उनले आजै नगर कार्यपालिकाको बैठक बसेर नगरपालिकाको तर्फबाट गर्न सकिने कामबारे निर्णय गरिने जानकारी दिए । यस्तै चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले दोषीलाई तत्काल नियन्त्रणमा लिएर कारवाही गर्न माग गरे ।कालिका नगरपालिका ६ भटेनी नयाँ टोलमा स्थानिय १२ जना किसानले लगाएको केराखेती अज्ञात समूहले सोमवार राती नष्ट गरिदिएको हो ।
इलाका प्रहरी कार्यालय टाँडीका डिएसपी बासुदेव खतिवडाले केरा नष्ट गर्न संलग्नको तिव्र रुपमा खोजी भैरहेको बताए । उनले किसानले दिएको सूचनाका आधारमा संलग्नहरुलाई छिट्टै नियन्त्रणमा लिएर कारबाही गरिने प्रतिबद्धता जनाए ।