यो एउटा गाथा हो… तर तपाईंहरू सबैका लागि होइन !
सन् १९४७ को मे दिवसको अवसरमा लेखिएको प्रसिद्ध अमेरिकी उपन्यासकार हावर्ड फास्टको यो लेखले मे दिवसको गौरवशाली परम्परालाई त्यस्तो कालखण्डमा स्मरण गराउँछ । जब अमेरिकामा लामो सङ्घर्षहरूबाट हासिल मजदुरहरूको अधिकारमाथि धावा बोलिँदै थियो । दक्षिण एसियासहित पुँजीवादी मुलुकहरूमा मजदुरहरूको अधिकारमाथि बारम्बार दक्षिणपन्थी शक्तिहरूबाट हमला भैरहेको सन्दर्भमा हावर्ड फास्टको यो लेख आज पनि उत्तिकै सान्दर्भिक लाग्छ । मे दिवसको अवसरमा रातोपाटीका लागि नरेश ज्ञवालीले गरेको अनुवाद ।
यो गाथा तपाईंहरूमध्ये उनीहरूका लागि मात्र हो, जसले जिन्दगीलाई माया गर्छन् र जो स्वतन्त्र मानिससरी जिउन चाहन्छन् । तपाईंहरू सबैका लागि होइन, तपाईंहरूमध्ये उनीहरूका लागि मात्र हो, जसले हरेक ती वस्तुहरूसँग घृणा गर्छन्, जुन अन्यायपूर्ण र गलत छ । जो भोक, हरितन्नम र घरबारविहीन हुनुमा कुनै कल्याणकारी तत्व देख्दैनन् । तपाईंहरूमध्ये तीनका लागि, जसलाई त्यो समयको सम्झना छ, जब एक करोड बीस लाख बेरोजगार निरस आँखाहरूबाट भविष्यतिर हेरी रहेका थिए ।
यो एउटा गाथा हो, तिनीहरूका लागि, जसले भोकै छट्पटाउँदै गरेका केटाकेटी अथवा पीडाले छटपटाइरहेका मानिसको मधुरो हुँदै गइरहेको चित्कार सुनेका छन् । उनीहरूका लागि, जसले बन्दुकको गडगडाहट सुनेका छन् र टारपिडो फायर गरेको आवाजमा कान थापेका छन् । उनीहरूका लागि, जसले फासिजमद्वारा चाङ लगाइएका लासहरू देखेका छन् । उनीहरूका लागि, जसले युद्ध दानवको मांसपेशीहरूलाई कमजोर तुल्याएका थिए र बदलामा उनीहरूलाई आणविक मृत्युको डर देखाइयो ।
यो गाथा उनीहरूका लागि हो । ती आमाहरूका लागि जसले आफ्ना केटाकेटीलाई मर्दै गरेको होइन कि जिउँदो देख्न चाहन्छिन् । ती श्रमजीवीहरूका लागि, जसलाई के थाहा छ भने फासिस्टहरूले सबैभन्दा पहिले मजदुर युनियनहरूलाई नै फुटाउँछन् । ती भूतपूर्व सैनिकहरूका लागि, जसलाई के थाहा छ भने जुन मानिसहरू युद्धलाई जन्मदिन्छन् तिनीहरू आफू कहिलै युद्धमा उत्रिँदैनन् । ती छात्रहरूका लागि, जसलाई के थाहा छ भने स्वतन्त्रता र ज्ञानलाई छुट्याउन मिल्दैन । ती बुद्धिजीवीहरूका लागि, जसको मृत्यु निश्चित छ, यदि फासीवाद जिउँदो रह्यो भने । ती निग्रोहरूका लागि, जसलाई के थाहा छ भने जिम–क्रो र प्रतिक्रियावाद दुवै एउटै सिक्काका दुई आयाम हुन् । ती यहुदीहरूका लागि जसले हिटलरबाट के सिके भने यहुदी विरोधी भावना वास्तवमा कस्तो हुन्छ । यो गाथा ती केटाकेटीहरूका लागि, सबै रङ, जुनसुकै नश्ल, हरेक आस्था–धर्मका केटाकेटीहरूका लागि, ती सबैका लागि लेखिएको हो । ताकि उनीहरूको भविष्य जीवनबाट ओतप्रोत होस्, मृत्युबाट होइन ।
यो गाथा हो जनताको शक्तिको, उनीहरूको आफ्नो त्यस दिनको, जसलाई स्वयम् उनीहरूले चुनेका हुन् र जुन दिन उनीहरू आफ्नो एकता र शक्तिको पर्व मनाउँछन् । यो त्यो दिन हो, जुन अमेरिकी मजदुर वर्गले संसारलाई उपहार दिएको थियो र जसमा सधँै गर्व रहनेछ ।
पहिलो पटक सरकारका साथै मालिकहरूलाई पनि के थाहा भयो भने मजदुरको शक्ति कतिसम्म हुन सक्छ । उनीहरूले प्रहरी र सेना बोलाए ठाउँ–ठाउँमा जासुसहरू तैनाथ गरे । कैयौँ ठाउँमा निकै सघन लडाइँ भए । सेन्ट लुईमा नागरिक प्रशासनका अधिकारीहरूले आत्मसमर्पण गरे र नगर मजदुरहरूलाई सुम्पे । ती लोमहर्षक उभारहरूमा कति मजदुर घाइते भए होलान, तिनीहरूलाई आज कसैले गन्न सक्दैन । तर घाइते हुनेहरूको सङ्ख्या निकै ठूलो रह्यो होला । यसमा कोही पनि, जसले तथ्यहरूको अध्ययन गरेको छ, सन्देह गर्न सक्दैन ।
उनीहरूले तपाईंलाई के भनेनन् भने–
स्कुलमा तपाईंले इतिहासका जुन पुस्तकहरू पढ्नुभयो होला त्यसमा उनीहरूले ‘मे दिवस’को थालनी कसरी भएको थियो भनेर भनेनन् होला । तर हाम्रो अतितमा धेरै कुरा निकै उदात्त थियो र साहसले ओतप्रोत थियो, जसलाई इतिहासको पानाबाट निकै सावधानीपूर्वक मेटाइएको छ । के भनिन्छ भने ‘मे दिवस’ विदेशी परिघटना हो तर जसले सन् १८८६ मा सिकागोमा पहिलो मई दिवसको रचना गरेका थिए । उनीहरूका लागि केही पनि बाहिरको थिएन । उनीहरूले यसलाई देशी धागोले बुनेका थिए । फाप्दै गरेको मजदुरी व्यवस्थाले मानिसको जस्तो बेहाल अवस्था सिर्जना गर्छ त्यसप्रति उनीहरूको रिस कुनै बाहिरी स्रोतबाट आएको थिएन ।
पहिलो ‘मे दिवस’ सन् १८८६ मा सिकागो नगरमा मनाइयो । त्यसका पनि एउटा पूर्वपृष्ठभूमि थियो, जसका दृश्यहरूलाई सम्झना गर्नु अनुपयुक्त हुँदैन । सन् १८८६ को एक दशक पहिलेदेखि नै अमेरिकी मजदुरवर्ग जन्म र विकासको प्रक्रियाबाट अगाडि बढ्दै थियो । यो नयाँ देश जुन छोटो समयमा एउटा महासागरदेखि अर्को महासागरसम्म फैलियो, उसले सहरमाथि सहर बनायो । खुला फाँट, चौरहरूमा रेलको जालो ओछ्यायो । बाक्लो जङ्गललाई काटेर सफा ग¥यो र अब त्यो विश्वको पहिलो औद्योगिक देश बन्न गइरहेको थियो । यस्तो गर्दैगर्दा त्यो ती मानिसहरूमाथि नै खनियो जसले आफ्नो श्रमबाट यो सबै सम्भव तुल्याएका थिए । ती सबथोक निर्माण गरेका थिए, जसलाई अमेरिका भनिन्थ्यो । र उनीहरूको जीवनको एक–एक थोपा निचोरे उसले पियो ।
स्त्री–पुरुष र यहाँसम्म कि केटाकेटीहरू समेत अमेरिकाको नयाँ कारखानाहरूमा रगत–पसिना एक गर्नेगरी श्रम गर्थे । १२ घण्टा काम गर्ने चलन आम थियो, १४ घण्टाको काम पनि धेरै असमान्य थिएन र कैयौँ ठाउँमा केटाकेटी पनि एक–एक दिनमा १६ देखि १८ घण्टा काम गर्थे । ज्याला निकै कम पाइन्थ्यो, जसले दुई छाक पु¥याउन पनि हम्मे–हम्मे पथ्र्यो । त्यसैमाथि पटक–पटक हुने आर्थिक मन्दीको तीतो नियमितताका साथ ठूलो सङ्ख्यामा बेरोजगारी बाक्लिएर आउन थाल्यो । सरकारी निषेधाज्ञाद्वारा शासन सञ्चालन गर्नु सधैँको कुरा थियो ।
तर अमेरिकी मजदुर वर्ग ढाडविहीन थिएन । उसले त्यस स्थितिलाई स्वीकार गरेन, उसले यो सबै भाग्यको कुरा हो भनेर स्विकारेन । उसले ती सबै कुराको सामना ग¥यो र समग्र संसारको श्रमजीवीहरूलाई जुझारु हुन सिकायो । त्यस्तो जुरुझारूपन जसको आज पनि अर्को उदाहरण भेटिँदैन ।
सन् १८७७ मा वेस्ट भर्जि्निया प्रान्तको मार्टिन्सवर्गमा रेल हडताल सुरु भयो । हतियारधारी प्रहरी बोलाइयो र मजदुरहरूसँग एउटा सानो लडाइँ लडेपछि त्यस हड्ताललाई दमन गरियो । तर मात्र स्थानीय रूपमा जुन फिलिङ्गो देखा परेको थियो, केही समयमै त्यो ज्वाला बन्यो । बाल्टिमोर र ओहायो रेलमार्ग बन्द भए, त्यसपछि पेन्सलभेनिया बन्द भयो र फेरि एकपछि अर्को गर्दै रेल कम्पनीहरूको चक्का जाम हुँदै गयो । अन्ततः एउटा सानो स्थानीय उभार इतिहासमा त्यस समयसम्म ज्ञात सबैभन्दा ठूलो रेल हड्ताल बन्न पुग्यो ।
पहिलो पटक सरकारका साथै मालिकहरूलाई पनि के थाहा भयो भने मजदुरको शक्ति कतिसम्म हुन सक्छ । उनीहरूले प्रहरी र सेना बोलाए ठाउँ–ठाउँमा जासुसहरू तैनाथ गरे । कैयौँ ठाउँमा निकै सघन लडाइँ भए । सेन्ट लुईमा नागरिक प्रशासनका अधिकारीहरूले आत्मसमर्पण गरे र नगर मजदुरहरूलाई सुम्पे । ती लोमहर्षक उभारहरूमा कति मजदुर घाइते भए होलान, तिनीहरूलाई आज कसैले गन्न सक्दैन । तर घाइते हुनेहरूको सङ्ख्या निकै ठूलो रह्यो होला । यसमा कोही पनि, जसले तथ्यहरूको अध्ययन गरेको छ, सन्देह गर्न सक्दैन ।
अन्ततः हड्ताल सकियो तर अमेरिकी मजदुरले आफ्नो बाहुपास फैलाइसकेका थिए, जसमा नयाँ जागरुकताको सञ्चार भैरहेको थियो । प्रशव–वेदना समाप्त भैसकेको थियो र अब त्यो वयस्क हुन लागिरहेको थियो । आउने दशक सङ्घर्षको दशक थियो, आरम्भमा अस्तित्वको सङ्घर्ष र फेरि सङ्गठन बनाउने सङ्घर्ष । सरकारले सन् १८७७ लाई सजिलो गरी भुलेन । अमेरिकाका कैयौँ सहरमा शस्त्रागारहरूको निर्माण हुन थाल्यो र मुख्य सडकहरू फराकिला बनाउन थालियो । किनभने ‘गैटलिङ मेसिनगन’ले उनीहरूलाई आफ्नो निशानामा साँध्न सकियोस् । एउटा मजदुर विरोधी प्राइभेट प्रहरी सङ्गठन ‘पिङकरटन एजेन्सी’को गठन गरियो र मजदुरहरूका खिलाफ चालिएका कदम धेरैभन्दा धेरै दमनकारी हुँदै गए । त्यसो त अमेरिकामा दुस्प्रचारका रूपमा ‘लाल खतरा’ शब्दको प्रयोग सन् १८३० को दशकबाट नै हुँदै आइरहेको थियो तर अब त्यसलाई एउटा यस्तो डरलाग्दो हौवाको रूप दिइसकिएको थियो, जुन आजसम्म पनि प्रत्यक्ष रूपमा हाम्रा अघिल्तिर छ ।
तर मजदुरहरूले त्यसलाई चुपचाप स्वीकार गरेनन् । उनीहरूले पनि आफ्नो भूमिगत सङ्गठन निर्माण गरे । भूमिगत रूपमा जन्मिएको सङ्गठन ‘नाइट्स अफ लेबर’को सदस्य सङ्ख्या सन् १८८६ सम्म सात लाखभन्दा धेरै भैसकेको थियो । नवजात ‘अमेरिकन फेडरेसन अफ लेबर’का मजदुर युनियनहरूको स्वैच्छिक संस्थाका रूपमा गठन गरियो, जसका लक्ष्यहरूमध्ये एउटा लक्ष्य समाजवाद थियो । यो संस्था निकै तीव्र गतिमा विकास हुँदै गयो । यो वर्ग सचेत र जुझारु थियो र आफ्ना मागहरूमा टस–मस हुँदैन्थ्यो । एउटा नयाँ नारा बुलन्द भयो– ‘आठ घण्टा काम, आठ घण्टा आराम, आठ घण्टा मनोरञ्जन’ ।
सन् १८८६ सम्म अमेरिकी मजदुर युवा योद्धा बनिसकेको थियो, जो आफ्नो शक्ति परीक्षण गर्न अवसरको खोजी गरिरहेको थियो । उसैको सामना गर्नका लागि सरकारी शस्त्रागारहरूको निर्माण गरिएको थियो तर ती प्रयाप्त थिएनन् । ‘पिङकरटन’हरूको प्राइभेट प्रहरी दल पनि प्रयाप्त थिएन, न त गैटलिङ मसिनगनहरू । सङ्गठित मजदुर आफ्ना पाइला चालिरहेको थियो र उसको एक मात्र जुझारु नारा देश र यहाँसम्म कि धरतीको चारैतिर गुँजी रहेको थियो– ‘एक दिनमा आठ घण्टाको काम, यो भन्दा अलिकति पनि धेरै होइन !’
सन् १८८६ को तिनताका सिकागोमा जुझारु, वामपक्षीय मजदुर आन्दोलनको वर्चश्व थियो । यही सिकागोमा संयुक्त मजदुर प्रदर्शनको विचारले जन्म लियो । त्यो एक दिन जो उनीहरूको दिन होस्, अरू कसैको होइन । एक दिन जब उनीहरूले आफ्ना औजार थन्क्याइदिनेछन् र काँधमा काँध जोडेर आफ्नो शक्तिको प्रदर्शन गर्नेछन् ।
मे महिनाको पहिलो दिन मजदुर वर्गको दिवस, जनताको दिवसका रूपमा चुनियो । प्रदर्शनभन्दा पहिले नै ‘आठ घण्टा सङ्घ’ नामको एउटा संस्थाको गठन भैसकेको थियो । यो आठ घण्टा सङ्घ एउटा संयुक्त मोर्चा थियो, जसमा अमेरिकन फेडरेसन अफ लेबर र समाजवादी मजदुर पार्टी सामेल थिए । सिकागोको सेन्ट्रल लेबर युनियन पनि, जसमा सबैभन्दा धेरै जुझारु वामपक्षी युनियनहरू सामेल थिए, यसमा आबद्ध थिए ।
सिकागोबाट भएको सुरुवात कुनै साधारण कुरा थिएन । ‘मे दिवस’को पूर्वसन्ध्यामा एकजुटताका लागि आयोजित सभामा २५ हजार मजदुरले सहभागिता जनाए र जब मे दिवस आयो, त्यसमा सहभागी हुनका लागि सिकागोका हजारौँ मजदुरहरूले आफ्नो औजार छोडेर कारखानाहरूबाट निस्केर मार्च गर्दै जनसभाहरूमा सामेल हुन थाले र त्यस बेला पनि जब मे दिवसको आरम्भ भर्खरै मात्र भएको थियो, मध्यमवर्गका हजारौँ मानिसहरू मजदुरहरूको मार्चमा उभिए र समर्थनको यो स्वरूप अमेरिकाको कैयौँ सहरमा दोहरियो ।
यी वीर सहिदहरूमध्ये एउटा आगस्ट स्पाइसले फाँसीको तख्ताबाट घोषणा गरे– ‘एउटा समय आउनेछ, जब हाम्रो मौनता ती आवाजहरूभन्दा धेरै शक्तिशाली सिद्ध हुनेछ, जसको तिमी आज घाँटी निमोठिरहेका छौ ।’ समयले यी शब्दहरूको सच्चाइ प्रमाणित गरिसकेको छ । सिकागोले दुनियालाई ‘मे दिवस’ दियो र यस ६२औँ मई दिवसमा करोडौँको सङ्ख्यामा एकत्र दुनियाभरीका मानिसहरूले स्पाइसको भविष्यवाणीलाई सही सावित गरिरहेका छन् ।
र आजकै जस्तो गरी त्यसबेला पनि ठूला पुँजीपतिहरूले जवाफी हमला गरे– रक्तपात, आतङ्क, न्यायिक हत्यालाई आफ्नो माध्यम बनाए । दुई दिनपछि मैकार्मिक रिपर कारखानमा, जहाँ हड्ताल चलिरहेको थियो, एउटा आमसभामा प्रहरीले दमन ग¥यो । जहाँ छ जना मजदुरको हत्या गरियो । अर्को दिन यस जघन्य कारवाहीको विरुद्ध हे मार्केट चौराहामा जब मजदुरहरूले प्रदर्शन गरे, प्रहरीले फेरि उनीहरूमाथि हमला ग¥यो । कतैबाट एउटा बम फालियो, जसको विष्फोटमा परेर कैयौँ मजदुर र प्रहरीहरू मारिए । बम कसले फालेको थियो भन्ने कहिलै पत्ता लाग्न सकेन । त्यसका बाबजुद अमेरिकी मजदुर नेताहरूलाई फाँसी दिइयो । त्यस अपराधका लागि जुन उनीहरूले कहिलै गरेका थिएनन् । जबकि उनीहरू निर्दोष सिद्ध भैसकेका थिए ।
यी वीर सहिदहरूमध्ये एउटा आगस्ट स्पाइसले फाँसीको तख्ताबाट घोषणा गरे– ‘एउटा समय आउनेछ, जब हाम्रो मौनता ती आवाजहरूभन्दा धेरै शक्तिशाली सिद्ध हुनेछ, जसको तिमी आज घाँटी निमोठिरहेका छौ ।’ समयले यी शब्दहरूको सच्चाइ प्रमाणित गरिसकेको छ । सिकागोले दुनियालाई ‘मे दिवस’ दियो र यस ६२औँ मई दिवसमा करोडौँको सङ्ख्यामा एकत्र दुनियाभरीका मानिसहरूले स्पाइसको भविष्यवाणीलाई सही सावित गरिरहेका छन् ।
सिकागोमा भएको प्रदर्शनको तीन वर्षपछि संसारभरीका मजदुर नेता बास्तीय किल्ला (जससँगै फ्रान्सिसी क्रान्तिको सुरुवात भएको थियो) माथि विजय प्राप्त गरेको १६औँ वर्षगाँठ मनाउनका लागि पेरिसमा जम्मा भए । एक–एक जना गरेर अनेकौँ मुलुकका नेताहरूले भाषण दिए । अन्त्यमा अमेरिकाको बोल्ने पालो आयो । जुन मजदुरले हाम्रो मजदुर वर्गको प्रतिनिधित्व गरिरहेका थिए, उभिए र निकै सरल र स्पष्ट भाषामा उसले आठ घण्टाको ऐतिहासिक सङ्घर्षको कथा बयान गरे, जसको परिणति सन् १८८६ मा हे मार्केटको लज्जास्पद काण्ड थियो । उनले प्रदर्शन, हिंसा, दमन र बहादुरीको जुन सजीव चित्र पेश गरे, त्यस सम्मेलनमा आएका कैयौँ प्रतिनिधिहरूले वर्षौंसम्म भुल्न सकेका छैनन् । उनले पार्सन्सले कसरी मृत्यु वरण गरे भन्ने कुरा बताए, जबकि उनले के भनेका थिए भने यदि उनले आफ्ना साथीहरूसँग गद्दारी गरे भने र क्षमा मागे भने उसलाई फाँसी दिइने छैन । उनले सभामा सहभागी श्रोताहरूलाई भने कि कसरी दश जना आयरिस खनन मजदुरहरूलाई पेन्सलभानियामा यस कारण फाँसी दिइयो कि उनीहरूले मजदुरहरूको सङ्गठित हुन पाउने अधिकारका लागि सङ्घर्ष गरेका थिए ।
उनले ती वास्तविक लडाइँका बारेमा सबैलाई अवगत गराए । जुन मजदुरहरूले हतियारबन्द ‘पिङकरटन’हरूको सामना गरेका थिए उनले त्यसबारे पनि विस्तृत रूपमा बताए । त्यसका साथै उनले अरू पनि धेरै कुरा बताए । जब उनले आफ्नो भाषण समाप्त गरे । त्यसपछि पेरिस काँग्रेसले निम्नलिखित प्रस्ताव पास ग¥यो– ‘काँग्रेसले के निर्णय गर्छ भने, राज्यका अधिकारीहरूसँग कार्य दिवसलाई कानुनी ढङ्गले घटाएर आठ घण्टा गर्ने मागका लागि र साथै पेरिस काँग्रेसका अन्य निर्णयहरूलाई कार्यान्वयन गर्नका लागि समस्त देशहरू र नगरहरूबाट श्रमजीवी जनताले एउटा निर्धा्रित एक दिन महान अन्तर्रा्ष्ट्रिय प्रदर्शन सङ्गठित गर्नेछन् । जबकि अमेरिकन फेडरेसन अफ लेबरले फस्ट मई १८९० लाई नै प्रदर्शन गर्ने फैसला गरिसकेको छ । अतः यो दिन अन्तर्रा्ष्ट्रिय प्रदर्शनका लागि स्वीकार गरिन्छ र विभिन्न देशहरूका मजदुरहरूले प्रत्येक देशमा विद्यमान परिस्थिति अनुरूप यो प्रदर्शन आयोजन गर्न आह्वान गरिन्छ ।
अतः यस निर्णयलाई कार्यान्वयन गरियो र ‘मे दिवस’ समग्र संसारको धरोहर बन्न पुग्यो । राम्रा कुरा कुनै एउटा देश र जनताको सम्पत्ति हुँदैन । एकपछि अर्को देशका मजदुरहरूले जसरी जसरी मे दिवसलाई आफ्नो जीवन, आफ्नो सङ्घर्ष, आफ्ना आशाहरूको अविभाज्य अङ्ग बनाउँदै गए । त्यसपछि उनीहरूले यो दिनलाई आफ्नो दिन ठान्न थाले र यो पनि सही हो । किनभने संसारमा विद्यमान समस्त राष्टहरूको मध्यनजर हामी राष्ट्रहरूको राष्ट्र हो, सबै मानिस र सबै संस्कृतिको समुच्च हो ।
आजको मे दिवसको विशेषता के हो ?
पछिल्लो मे दिवस गत आधा शताब्दीको सङ्घर्षहरूलाई प्रकाश–स्तम्भहरूका भाँती आलोकित गर्छ । यस शताब्दीको आरम्भमा मई दिवसकै दिन मजदुर वर्गले अर्को देशलाई हडप्ने साम्राज्यवादी कारवाहीहरूको सबैभन्दा पहिले भत्र्सना गरेको थियो । मई दिवसकै अवसरमा मजदुरहरूले नवजात समाजवादी राज्य सोभियत सङ्घको समर्थन गर्नका लागि आवज बुलन्द गरेका थिए । मे दिवसको अवसरमा नै हामीले आफ्नो भरपुर शक्तिकासाथ असङ्गठितहरूको सङ्गठनको समारोह मनाएका थियौँ ।
तर बितेका कुनै पनि मे दिवसमा कहिलै यस्तो अनिष्टसूचक र साथै यति आशाले भरिएको भविष्य–सङ्केत कहिलै देखिएको थिएन, जति आजको मे दिवसमा भैरहेको छ । पहिले हामीसँग कहिलै पनि जित्नका लागि यति धेरै कुरा थिएनन् । पहिले पनि हामीले गुमाउनका लागि यति धेरै कुरा थिएन । जनताले आफ्नो कुरा भन्न सजिलो छैन । मानिसहरूसँग पत्रिका अथवा मञ्च छैन र न त सरकारमा सामिल हाम्रा चुनिएका प्रतिनिधिहरूले बहुसङ्ख्या जनताको सेवा गर्छन् । रेडियो जनताको होइन, न सिनेमा बनाउने मसिनरी उसको हो । ठूला कारोवारीहरूको लगानी निकै राम्रोसँग स्थापित भैसकेको छ तर मानिसमाथि त कसैको एकाअधिकार हुँदैन ।
जनताको आफ्नो शक्ति उनीहरूको आफ्नो शक्ति हो । मे दिवस उनीहरूको आफ्नो दिवस हो, आफ्नो यो शक्ति प्रदर्शित गर्ने दिन हो । कदमताल मिलाएर हिँड्ने लाखौँ मानिसहरूको लामका बीच छुट्टै एउटा आवाज बुलन्द भैरहेको छ । यो त्यो समय हो जब ती मानिस, जो अमेरिकाको फासिजमका सामु सबै कुरा आत्मसमर्पण गर्न आतुर छन्, यो आवाजलाई सुनुन् । उनीहरूलाई के कुरा भन्नु आवश्यक छ भने वास्तविक मजदुरी लगभग पचास प्रतिशतले घटिसकेको छ, घरहरूमा खाने कुराका भाँडाहरू रित्तिसकेका छन् । अब के भन्नुपर्नेछ भने अमेरिकामा धेरैभन्दा धेरै मानिसहरू भोकको सिकार भैरहेका छन् ।
यो श्रम विरोधी कानुनको खिलाफ आवाज बुलन्द गर्ने समय हो । दुई सयभन्दा धेरै श्रम विरोधी कानुनहरूको विधेयक काँग्रेसका समक्ष विचाराधीन हरेको छ । यसले निश्चित रूपमा मजदुरहरूलाई त्यसरी नै फुटाउने बाटाहरू खोल्ने छ, जसरी हिटलरको नाजीवादले जर्मनमा मजदुरहरूलाई फुटाएको थियो । सङ्गठित अमेरिकी मजदुरहरूका लागि आँखा खोलेर यो तथ्य हेर्ने र पर्गेल्ने समय आइसकेको छ । यो मजदुरहरूको एकता कायम गर्ने आखरी घडी हो नभए निकै ढिला भैसक्छ र एकताबद्ध गर्नका लागि सङ्गठित मजदुर नै रहने छैनन् ।
तपाईं यहाँ गाथा पढिरहनुभएको छ, ती मानिसहरूको जसले १२ देखि १५ घण्टा दैनिक काम गर्थे । तपाईं पढी रहनुभएको छ गाथा, त्यो सरकारको जो आतङ्क र निषेधाज्ञाहरूको बलमा चलिरहेको थियो । यो ती मानिसहरूको लक्ष्य हो, जो आज श्रमिकहरूलाई चकानाचुर पार्न चाहन्छन् । उनीहरू आफ्नो राम्रा दिनहरू फेरि हासिल गर्न चाहन्छन्, जुन शोषण र हिंसामा टिकेको छ । यसको प्रमाण युनाइटेड माइनका खनन मजदुरहरूको मामिलामा सर्वोच्च अदालतको फैसला हो । तपाईं जब मे दिवसको अवसरमा मार्च गर्नु हुन्छ तब तपाईंले उनीहरूलाई आफ्नो जवाफ दिइरहनु भएको हुनेछ ।
के बुझ्ने समय आइसकेको छ भने, ‘अमेरिकी साम्राज्य’को आह्वानमा ग्रिस, टर्की र चीनमा हस्तक्षेप गर्नुको के अर्थ छ ! साम्राज्यको मूल्य के हो ? जो दुनियामाथि शासन गरेर दुनिया बचाउने नाममा उनीहरू चिच्याइरहेका छन्, उनीहरूले अरू साम्राज्यहरूको परिणामलाई नियाल्नुपर्ने हुन्छ । उनीहरूले यसको मूल्याङ्कन गर्नुपर्नेछ कि जीवन र धन दुवै अर्थमा युद्धको मूल्य के हुन्छ ।
बिउँझिएर के बुझ्ने समय आइसकेको छ भने कम्युनिस्टहरूका पछि शिकारी कुकुर छोड्नेको अर्थ के हो ? के एउटा पनि त्यस्तो देश छ, जहाँ कम्युनिस्ट पार्टीलाई गैरकानुनी घोषित गर्नु फासिजमको पूर्वतयारी नहोस् ? के एउटा पनि त्यस्तो देश छ, जहाँ कम्युनिस्टहरूलाई बाटोबाट हटाउनेवित्तिकै मजदुर युनियनहरूलाई चकनाचुर नगरिएको होस् ?
समय आइसकेको छ, अब समयको मूल्यलाई हामीले बुझ्नुपर्नेछ । कम्युनिस्टहरूलाई प्रताडित गर्ने अभियानको मूल्य के थियो भने सङ्गठित मजदुरहरूलाई ठेगाना लगाउनुको मूल्यमा फासिजम फलाउनु । यस्तो को छ, जसले यस कुरालाई स्वीकार गर्ने छैन कि फासिजनमको मूल्य मृत्यु हो ?
मे दिवस यस देशका समस्त स्वतन्त्रताप्रिय नागरिकहरूका लागि प्रतिगामीहरूलाई जवाफ दिने समय हो । मार्च गरिरहेका लाखौँ–लाख मानिसहरूको एउटा आवाज बुलन्द भैरहेको छ । मे दिवसको प्रदर्शनमा हाम्रो साथमा उभिनुस् र मृत्युका व्यापारीहरू विरुद्ध आफ्नो जवाफ दिनुस् ।