Breaking News

मोदीलाई नेपालमा स्वागत सँगै विरोध गर्नेको सँख्या बढदैं

अब मसाल पनि मोदी भ्रमणको विरोधमा

१७ वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदी आउने दिन नजिकिदै गर्दा नेपालमा उनको स्वागतमा नेपालका केही ठुला दल र सरकार आतुर भईरहेपनि मोदीको नेपाल भ्रमणलाई लिएर  स्वागत सँगै विरोध गर्नेको सँख्या पनि बढदैं गएको छ ।

यसरी विरोध गर्नेमा नेकपा मसाल समेत सामेल भएको छ । नेपाल कम्युनिस्ट पार्टी मसालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमा स्वागत गर्नु राष्ट्रिय स्वाभिमानविरुद्ध हुने कुरामा जोड दिएको छ । सो पार्टीका महामन्त्री मोहनविक्रम सिंहले सोमबार विहान एक विज्ञप्ति जारी गरी भनेका छन, ‘हाम्रो पार्टीको यो स्पष्ट र दृढ मत छ कि उनलाई नेपालमा स्वागत गर्नु नेपालको राष्ट्रिय स्वाभिमान र सम्मानका विरुद्धको कुरा हुनेछ ।’ नेपालको संविधान जारी हुन नदिन मोदी सरकारले दवाव दिएको, नेपालविरुद्ध नाकाबन्दी लगाएको, नेपालको संविधानविरुद्ध अन्तर्रा्ष्ट्रिय अभियान चलाएको, तराईलाई नेपालबाट अलग गराउन पृथकतावादी समूहलाई उक्साउने काम गरेको र नेपालमा आफ्नो एकलौटी बजार कायम गर्न अहिलेसम्म पारवहन सन्धिलाई पनि अनुमोदन नगरेको आरोप मसालका महामन्त्री सिंहको छ । मसालको विज्ञप्तिमा अगाडी लेखिएको छ, ‘मोदी कुनै पनि अवस्थामा नेपालका मित्र होइनन्, त्यसैले हामीले उनको सरकारी वा गैरसरकारीस्तरमा स्वागत गर्ने कुनै पनि कार्यको कडा शब्दमा विरोध गर्दछौं ।’ मोदीको नेपाल भ्रमणको उद्देश्य विस्तारवादी नीति अन्तर्गत नै हुन लागेको मसालको ठहर छ ।

यस अघि नै नेकपा विप्लवले मोदीको भ्रमणको आफ्ने शैलीमा विरोध जनाईसकेको छ, उस्ले मोदी र ओलीले सँयुक्त रुपमा उदघाटन गर्ने भनिएको अरुण तेश्रोको कार्यलयमा बम नै विस्फोट गराईसकेको छ । अन्य साना बामपन्थी तथा राष्टवादी दलहरुले समेत मोदी भ्रमणको विरोध गरेका छन् । नेपाललाई अमानविय नाकाबन्दि लगाउने मोदी भ्रमणको विरुद्ध पाटीले संघर्षको कार्यक्रम ल्याईसकेको र २२ गतेको नेपाल बन्द त्यसैको लागी गरिएको नेकपाका एक बरिष्ठ नेताले बताए । उनका अनुसार भारतीय विस्तारवादी निती नै नेपालको विकासको बाधक रहेकाले मोदीको भ्रमण विरुद्ध पार्टीले नेपाल बन्द जस्तो कार्यक्रम ल्याउनु परेको जानकारी दिए ।

यता, भारतीय प्रधानमन्त्री मोदी वैशाख अन्तिम साता नेपाल आउने तयारीमा छन् तर सरकारले भ्रमणको कार्यसूची अझैं सार्वजनिक गरेको छैन । ठोस एजेण्डा विना मोदी नेपाल भ्रमणमा आउन खोज्नुले राजनितिक तथा कुटनितिक वृतमा बिभिन्न शंका उब्जाएको कुटनीतिक क्षेत्रका जानकार बताउँछन् ।

sahid diwas