निलो बद्रीको आडमा असुली आतंक
स्थानीय हैरान, माथिल्लो निकाय रमित्ते
चितवन , १५ बैशाख । नबनियुक्त नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संगठनको कार्यभार सम्हालेकै दिन सञ्चारकर्मी लाई एउटा प्रतिबद्धता ब्यक्त गर्छन् त्यो स्करी नियन्त्रण र प्रहरीभित्रको शुद्धीकरणलाई प्रमुख मुद्दा बनाउने प्रतिबद्धता ब्यक्त गर्छन् । साथै, उनले सोही दिन ७७ जिल्लाकै प्रहरी कर्मचारीलाई गैरकानुनी धन्दामा सक्रिय नहुन समेत रुलिङ्ग गर्छन् । त्यस्तै, गृहमन्त्री रामबहादुर थापा बादलले समेत पटकै पिच्छे जहाँ गए पनि अपराधीक गतिविधिमा लागेका सित समन्वय नगर्न प्रहरीलाई निर्देशन दिन्छन् । सस्तो लोकप्रियता कमाउन उनीहरुले मिडियासामु सो, बिपरित लागेको पाइए त्यस्ता कर्मचारीलाई ठाउँ नभएको समेत बताउँछन् । उनको त्यो कडा प्रतिबद्धता र बिफ्रीङ्गले तस्करी शून्य हुने आम सर्वसाधरणको बुझाइ हुन्छ । तर, बिस्तारै अवस्था त्यस्तो रहेन । उनले दिएको निर्देशनलाई उनकै मातहतका कर्मचारीले टेर पुच्छर लगाउदैन । नेपाल प्रहरीले चैत २९ गतेदेखि नयाँ नेतृत्व पाए संगै भद्रगोल संगठनमा सुधार हुने धेरैले अपेक्षा लिएको थियो । तर, सुधार हुनुको सट्टा अपराधीक गतिविधिले झन्झन् प्रोत्साहन पाउदै गइरहेको छ । उच्च अधिकारीकै निर्देशनलाई २४ घण्टा पनि मातहतका प्रहरीले राम्रोसँग सुन्दैनन् । यो गतिविधि अहिले देखी मात्रै नभई कयौं आइजीहरूकै पालादेखि चल्दै आएको हो । जबसम्म वर्षौँवर्ष देखि एकै ठाउँमा कार्यारर्त एसपी दर्जासम्मका प्रहरीलाई दुर्गम क्षेत्रमा सरुवा गरिँदैन र हटाउने कार्य गरिँदैन तबसम्म ती पुराना प्रहरीहरूले आफ्नो असुलीधन्दालाई चालु नै राख्नेछन् , जसका कारण प्रहरी संगठन नै बदनाम भइरहने छ । त्यसको एउटा ज्वलन्त घटनाका रूपमा लिएको छ ( इलाका प्रहरी कार्यालय गैँडाकोट लाई । बर्दघाट सुस्त पश्चिम् अन्तर्गतको ईलाका प्रहरी कार्यालय अमानीगंज नवलपरासी दरबन्दी भई गैंडाकोट प्रहरी चौकीमा सोर्सफोर्सका आधारमा तीन पटकसम्म काज खटिएका सई देवराज शर्माको असुली धन्दाले स्थानीय आजित छन् । यहाँका पुरानो बासिन्दा र तस्करहरुसंँग नजीकको सम्बन्ध भएका शर्माले जागिरमा प्रवेश गरेदेखि नै १६ बर्षसम्म चितवन मात्रै बसेका थिए । तस्कर र माफिया सित नाजायज सम्बन्ध गाँसेर मात्रै शर्माले अहिले चितवनको जागृती चोकमा तीन तल्ले घर समेत बनाइसकेका छन् । संगठन भित्र कालो धब्बाका रुपमा पहिचान बनाएका शर्माको धेरै नै गुनासो आएपछि गत, चैत ०७३ मै चितवनका एसपी दिपक थापाले गैंडाकोट पठाएका थिए । तस्करसंँग नजीक सम्बन्ध बनाएका उनले गैंडाकोटलाई नै अस्तब्यस्त बनाएको छ । उसो, त कार्यालयमा आउने मुद्दा मामिलामा समेत आर्थिक मोलमोलाइ गरी त्यसलाई कमजोर बनाइ अनुचित लाभ लिनुको साथै पैसाको डिल गर्ने र त्यस्को लागी त्यहींको कुनै एक होटलमा जवान तमाङ्गलाई पैसा लिन पठाउने गरेको चर्चा प्रहरीभित्रै हुने गर्दछ । गएको माघको अन्तिम साता ९ दिनको बिदामा बसेका सई शर्माले कार्यालयको सम्पुर्ण जिम्मेवारी आफ्नै ब्याजी कुल प्रसाद नाम भएको सईलाई दिनुपर्नेमा कमाइ हरण हुने भएपछि त्यसको सम्पूर्ण जिम्मेवारी असईलाइ दिएर दुनियाँलाई हसाउने काम गरें । यी त एक प्रतिनिधि उदाहरण मात्रै हुन त्यस्को अलावा सई शर्माले गैंडाकोटमा सञ्चालित लज , होटेल , गैरब्याबसायीक साथै तस्करहरुसंँग समेत असुली गर्दै आएका छन् । कार्यालय मा आउने सेवाग्राहीलाई समेत अनावश्यक दुस्ख दिने गरेका छन् भने, कतिपय मुद्दा मामिलामा समेत उनैले पैसाको बार्गेनिङ गर्ने र होटलमा बोलाइ असुली गर्ने गरेका छन् । काजमा बसेका उनले भरपुर फाइदा उठाउदै मौकामा चौका हान्दै आएको स्थानीय स्वयं दाबी गर्छ । जागिरमा प्रवेश गरेदेखि नै एक दर्शकभन्दा बढी चितवन जिल्ला मात्रै बिताएका सई शर्माले कहिले गैंडाकोट त कहिले चितवन बस्दै संगठनलाई नै बदनाम बनाउन तल्लीन देखिएका छन् । असई हुँदादेखि नै ईलाका प्रहरी कार्यालय गैँडाकोट त कहिले चितवनमा बारम्बार बस्दै आएका सई शर्माको यहाँका दुई नम्बरी धन्दा गर्नेहरुसंँग अत्यन्तै नजिकको सम्बन्ध रहेको स्रोत दाबी गर्छ । स्रोतका अनुसार उनले त्यस्ता दुई नम्बरी काम गर्नेहरुबाट समेत खुलेआम रूपमा रकम असुल्ने गर्दछन् । त्यस्तै, थुम्सी क्षेत्रका कतिपय होटलहरूमा दिनदहाडै गलत क्रियाकलाप हुने गर्दछ । त्यस्ता होटलहरूबाट उनले झन् बढी रकम लिने गर्दछन् । कार्यालय प्रमुख प्रहरी निरीक्षकको अक्ष्मताका कारण सई शर्माको असुली धन्दा गैँडाकोट क्षेत्रभरी नै आतंकित रूपमा चलेको छ । त्यस्को अलावा उनैैैैले गोरु तस्करहरूबाट समेत मासिकरूपमा मात्रै नभई संख्याका हिसाबले रकम असुल्ने गर्दछन् । गोरुको तस्करीको लाइन मिलाउने र सई शर्मासँग सेटिंग मिलाइदिने काम पुर्वी चितवन को टाँडीका रोशनले गर्दै आएका छन् । सेटिङ्गकै आधारमा पूर्वी नवलपरासी जिल्लामा जम्मा हुने गोरुहरू बंगलादेशसम्म तस्करी हुने गर्दछ । त्यस्ता गोरु तस्करहरूबाट सई शर्माले रकम असुल्ने गर्दछन् । त्यस्तै, खाल्टेबाट समेत अहिले व्यापकरूपमा काठ तस्करी भइरहेको छ । सो क्षेत्रबाट काठ तस्करहरू ले वन फँडानी गरी रकम लिने गर्दछन् । त्यतिमात्र होइन सई शर्माकै संरक्षणमा गैँडाकोट क्षेत्रमा झण्डै एक दर्जन साना–ठूला जुवा अखडाहरू खुलेआम रूपमा चलिरहेका छन् । ती जुवा अखडाहरूबाट समेत उनले रकम लिने गर्दछन् । प्रहरी उपरीक्षक सदरमुकाम कावासोतीमै बस्ने र प्रायः जसो यस क्षेत्रमा कमै मात्रामा मात्रै आउने भएकै कारण त्यस्को भरपुर फाइदा सई शर्माले उठाइरहेका छन् । भने, यस बारे कार्यालय प्रमुख अनभिज्ञता प्रकट जनाउछन् । एसपी सित नजीक भएका उनै प्रहरी निरीक्षकले संरक्षण गर्दै आएको स्रोत दाबी गर्छ । स्रोतका अनुसार पटकपटक उनको बिषयमा गुनासोको चाङ्ग लाग्दा समेत गुनासोउपर किन कार्वाही हुँदैन रु अनि गुनासो थुप्रोमाथि थुप्रो हुँदा समेत दरबन्दीमा पठाउन किन आलटाल गर्ने रु यदी कार्यालय प्रमुख गलत हुनुहुन्न भने उहाँलाई रमाना नदिनुको कारण के रु यादव थरका एक ब्यक्ति गुनासो गर्छन् ।