भरतपुमा २५ करोडको लगानीमा स्वचालित कपी उद्योग सञ्चालनमा आयो


चितवन, १५ बैशाख
नेपालमा नै पहिलो पटक चितवनको भरतपुरमा स्वचालित प्रविधिबाट सञ्चालन हुने कपी उद्योग सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ४ शिवघाटमा सञ्चालनमा आएको पूजा कपी उद्योगको शनिबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले उद्घाटन गरेका छन् । ३१ जना व्यवसायीले करिब २५ करोड रुपैयाँको लगानीमा कपी उद्योग सञ्चालनमा ल्याएका हुन् । उद्योगले दैनिक ३० टन कपी उत्पादन गर्न सक्ने क्षमता भएको भएपनि यसको लागि आवश्यक पर्ने सम्पूर्ण कच्चा पदार्थ विदेशबाट ल्याउनुपर्ने बाध्यता रहेको सो उधोगका सञ्चालक सञ्जयकुमार चौधरीले जानकारी दिए । सञ्चालक चौधरीका अनुसार पूजा कपी उद्योग
कम्प्युटर प्रविधिबाट कपी उद्योग सञ्चालन गरिने भएकोले उद्योगमा दुर्घटना भएर मानवीय क्षति हुने सम्भावना कम रहेको छ । हाल नेपालमा वार्षिक रुपमा एक हजार दुई सय करोड पैयाँको कपीको माग हुने गरेको भएपनि नेपालमा आठ सय करोड रुपैयाँ बराबरको मात्रै उत्पादन हुने गरेको तथ्याड्ढ छ ।