प्रहरीलाई चक्मा दिदैं चितवनको रत्ननगरमा नेकपाको मसाल जूलूस
फाईल फोटो
चितवन , १४ चैत । प्रहरीलाई चक्मा दिदैं चितवनको रत्ननगरमा नेकपाले मसाल जूलूस निकालेको छ । हिजो १३ गते साँँझको ७स्५५ बजे उनीहरुले बन्द सफल पारौं, नेकपा जिन्दावाद, दलाल सत्ता मुर्दावाद भन्दै मसाल जूलूस निकालेको एक स्थानियले जानकारी दिए । उनका अनुसार झन्डै चार वटा मोटरसाइकलमा शान्तिचोकबाट टाँडीतर्फ आएका आठ जनाको समूहले मसाल जूलूस निकाली फरार भएका थिए ।
त्यस स्थानमा ड्युटीमा खटिएका प्रहरी हवल्दार नन्दु राउतका अनुसार उक्त समुहमा रहेका ६ जना नेपाल माध्यमिकतर्फ भागेको र दुई जना सिनेमा हल तर्फ भागेका थिए । उनीहरुलाई नियन्त्रणमा लिन आफ्नु साथमा रहेको लठ्ठी प्रहार गर्दा समेत नियन्त्रणमा लिन नसकिएको राउतले बताए ।
यसैविच, नेकपाका एक जिल्ला नेताका अनुसार आफनो पार्टीले बर्तमान केपी सरकारको दमनका विरुद्धमा विविध संघर्षका कार्यक्रम ल्याएको र त्यहि अन्र्तगत मसाल जुलुस गरिएको जानकारी दिए । यता, समाजलाई नै तरंगित पार्ने किसिमले बिनाकारण मसाल जूलूस निकालेर उनीहरुले राम्रो काम नगरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दिपक थापाले बताए । उनका अनुसार उक्त खबर आफुले पाएलगत्तै सुरक्षामा थप चुस्त बनाउन र उनीहरुको खोजीकार्यलाई तीव्रता दिन निर्देशन दिइसकेको एसपी थापाले जानकारी दिए ।