Breaking News

३३ किलो सुन प्रकरण : गोरे खोज्दै ईन्टरपोल प्रहरी

काठमाडौँ । ३३ किलो सुन काण्डका मुख्य अभियुक्त ‘गोरे’लाई पक्राउ गर्न असफल भएपछि प्रहरीले रेडकर्नर नोटिस जारी गरेको छ ।

३३ केजी सुन प्रकरण र सोहीसँगो जोडिएको हत्याका मुख्य अभियुक्तको रूपमा हेरिएका मोरङ उर्लाबारी ७ का चुडामणि उप्रेती उर्फ गोरे उर्फ रूपेसलाई पक्राउ गर्न प्रहरीले रेडकर्नर नोटिस जारी गरेको हो । योसँगै उनलाई नेपालसँगै १९० देशका प्रहरीले खोजीसँगै पक्राउ गरी नेपाल पठाउने छन्। उनी हाल भारतमा लुकेको आशंका गरिएको छ।

मोरङमा काङ्ग्रेस र एमालेका स्थानीय नेतासित सुमधुर सम्बन्ध बनाएका र निरन्तर तिनलाई बारम्बार सहयोग समेत पुर्‍याउँदै आएका उनको स्थानीय राजनीतिमा पनि पहुँच छ। उनकी श्रीमती दुबइमा छिन ्।

सुन काण्डमै अनुसन्धानका लागि पक्राउ परेका पूर्व डिआइजी गोविन्द निरौला र गोरे नातेदार समेत रहेको प्रहरीले जनाएको छ।

गत फागुन १८ गते रहस्यमय ढङ्गले मारिएका उर्लाबारी–७ का ३० वर्षीय सुन व्यापारी सनम शाक्यको शव विराटनगरको पोखरियामा बरामद भएपछि ३३ किलो सुन प्रकरण सतहमा आएको थियो।

sahid diwas