Breaking News

भरतपुरस्थित क्यान्सर अस्पताल भद्रगोल स् डाक्टरले नै गर्छन् बिरामीमाथि दुब्यबहार

चितवन , १३ बैशाख । चितवनको भरतपुर स्थित बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागी पुग्ने बिरामीले अनेक सास्ती झेल्न बाध्य छन् ।
एक्सरे टेक्निसियन अशोक कुमार झा र अनिल पण्डितको ब्याबहारका कारण बिरामी र तिनका आफन्त हैरान छन् । दुई डाक्टरद्वयले सेवा लिन जाने बिरामीहरुमाथी दुब्यवहार गर्ने अपशब्द प्रयोग गर्ने , गाली गलौज गर्ने लगायतका कामहरु गर्ने गरेको सेवाग्राहीहरुको दुखेसो छ । कुन बिरामीको अवस्था कति जटिल भन्ने पनि कुनै ख्यालै नगरी त्यहाँ रहेका टेक्निसियनले मनलाग्दी स्वस्थ मानिसले रमाईलोका लागि एक्सरे गर्न लगाए जस्तो गरेर एक्सरे गर्ने गरेको अर्का सेवाग्राहीले दुखेसो गरेका छन् । आफ्नो बिरामी गम्भीर छ चाँडो गरिदिनुस् न भन्दा अन्यत्रै लगेर गर्ने मलाई फुर्सद छैन भन्दै डाक्टर झाले आफुलाई झपारेको भरतपुरका स्याम श्रेष्ठ बताउँछन् । उसको बोल्ने कुनै तरिका नभएको बताउदै यस्ता कर्मचारीका कारण क्यान्सर अस्पतालको बदनाम हुने बताए । अस्पताल प्रशासनले ति टेक्निसियनलाई त्यहाबाट हटाएर कारबार्ही गर्नु पर्ने उनको भनाई छ । टेक्निसियन पिडित अस्पतालमा निकै भएको र आफुहरुले आन्दोलननै गर्ने तयारी समेत गरेकोे उनले बताए । उनिहरुको ब्यवहारका कारण बिरामी र तिनका आफन्तहरु निकै आक्रोशित भएका छन् । त्यस्तै , अर्का सेवाग्राही अमृत डुम्रेका अनुसार खाली हुँदा पनि बेलामा काम नगर्ने , कुराएर राखिदिने , कहिले फुर्सद छैन भन्ने कहिले के बिग्रियो एक छिन काम हुँदैन चुप लाएर बस्नुस भन्ने , बढि बोले काम हुँदैन भन्दै धम्काउने गरेको आरोप लगाइन् । यता, रेडियोलोजिजका केही कर्मचारीहरुको कारण त्यहाँ सेवा लिन आउने बिरामीहरुले दुस्ख पाउने गरेको सेवाग्राहीको गुनासो छ ।

sahid diwas