वित्तिय संस्थाको नाममा ठगी गर्ने बस्ताकोटी अझै पक्राउ पेरनन्

प्रहरीले वेवास्ता गरेको पिडितहरुको गुनासो


बैशाख १२, चितवन भरतपुर महानगरपालिकाको विभिन्न वडामा वित्तिय संस्थाको कारोबार गर्ने नाममा महिलाहरु ठगिएको महिनौ भईसकेको छ । ठगिएका पिडित महिलाहरुले चितवन प्रहरीमा उजुरी दिएको पनि लामो समय भई सक्यो तर ठगि गर्ने कोपिला बास्ताकोटी र पदम बास्ताकोटी अझै पक्राउ नपर्दा ठगलाई पक्राउ गर्न चितवन प्रहरीले चासो नदिएको गुनासो ब्यक्त गरेका छन् । ठगलाई पक्रन प्रहरीले खासै वास्ता गरेको छैन । हामीले एसपी दिपक थापालाई पनि भेट्यौँ छिट्टै ठगलाई पक्राउ गर्ने आश्वासन त पाइयो तर महिनौ विति सक्दा पनि ठग बास्ताकोटी अझै पक्राउ पर्न सकेनन् किन हो ? भरतपुर १५ कि पिडित महिला दिपा लामाले भनिन् । खै प्रहरीले ठग समात्न खासै जोड लगाएको छैन । हामीले भन्दा उल्टै तपाईहरुले किन दिनुभयो त भन्दै प्रहरीहरुले उल्टै दिएपछि खाई त् हाल्छनी भन्दै पिडा माथि पिडा थपि दिएको भरतपुर १५ सुन्दर बस्तीकी सरास्वती क्षेत्रीले आफ्नो गुनासो पोखिन् । ठगिने मध्येकै भरतपुर पकौडीकी सुनिता महतोले प्रहरी ठगलाई अहिले सम्म पक्रन नसक्नु प्रहरीको ठूलो कमजोरी रहेको बताइन् ।
के भएको थियो ? कसरी ठगिए महिलाहरु ?
गत ०७४ पौष २८ गतेको चितवनको एक दैनिक पत्रिकामा नम ः शिवाय वित्तिय संस्था लि.मा कर्मचारी आवश्कयताको माग सहितको विज्ञापन छापियो । त्यही विज्ञापनलाई हेर्दै त्यसमा रहेको नाम कल्पना बास्ताकोटी र पदमराज बास्ताकोटी को मोबाईल ९८६९३१९४५६७, ९८६९८१८८७७ नंं दिइएको थियो । भरतपपुर १५ की बेरोजगार राधिका न्यौपाने र मनमाया गुरुड्ड जागिरको लागि विज्ञापनमा दिएको नंं मा कल गरी बास्ताकोटीको सम्पर्कमा पुग्छन् । यता बासताकोटीद्धयले पहिल्यै पश्चिम चितवनका विभिन्न गाउँमा समूहहरु गठन गर्दै आफूहरुको वित्तीय संस्थाले कम ब्याजमा रु २ लाख सम्म ऋण दिने भन्दै त्यसको लागि सदस्यता शुल्क रु ११०० र ऋण खाने सदस्यले थप २००००।– जम्मा गर्नुपर्छ भन्दै गाउँघरका महिलाहरुलाई ललाई फकाई रकम जम्मा गर्ने अभियान शुरु गर्दछन् । करिब १ हप्ता भित्र उनिहरुले विभिन्न समूहमा ६० जना भन्दा बढि महिलाहरुबाट करिब दश लाख रुपैया संकलन गरी फरार हुन पुग्दछन् । जब बास्ताकोटीद्धय ठग भएको महिलाहरुले थाहा पाउँछन् । त्यतिबेलासम्म उनिहरु चितवनबाट सम्पर्क विहिन अवस्थामा पुग्छन् । त्यसपछि कर्मचारीको रुपमा जागिर खान खोजेका दुई युवती र महिलाहरु आफूहरु ठगिएको थाहा पाई प्रशासनमा गुहार गर्न पुग्छन् । ठगिएका महिलाहरुको तफर्बबाट राधिका न्यौपाने र मनमाया गुरुड्डले ०७४ माघ १० गते जिल्ला प्रशासन कार्यालयमा ठग महिलाहरुलाई पक्राउ गरि ठगिएको रकम फिर्ता सहितको निवेदन गर्न पुग्छन्् ।
प्रशासन र प्रहरीले के ग¥यो त ?
माघ १० गते निवेदन पर्नासाथ जिल्ला प्रशासन कार्यालय चितवनले ०७४ माघ १४ गते नै ठगद्धय पदमराज बास्तोकोटी र कोपिला बास्ताकोटीलाई पक्राउ गरी प्रशासनमा उपस्थित गराउन आदेश दिन्छ । प्रशासनको पत्र अनुसार प्रहरीले निज ठगहरुको खोजी कार्य अगाडि बढाउँछ । शुरुमा पिडितहरु सँग कुराकानी गर्दै चितवनका एसपी दिपक थापाले ठगहरुलाई पक्राउ गरि छाड्ने आश्वासन दिन्छन् । प्रहरीले शुरुका दिनमा केही कोशिस पनि गर्छ । यद्यपी प्रहरीले पछिल्लो समय ठगहरु खोज्न खासै सक्रियता देखाएको देखिदैन ।
ठगिनेहरु को को हुन् ?
कम ब्याजमा विना झन्झट, विना धितो २ लाख सम्म पाइने भनेपछि गाउँघरका सर्बसाधारणलाई अरु के चाहियो र ? गाउँघरमा रहेका कोष, समूह तथा सहकारीको भन्दा पनि कम ब्याज, विना धितो त्यो पनि दुइचार दिनमै रकम हात परिहाल्ने विश्वासले गर्दा भरतपुर महानगर पश्चिम चितवनका करिब ५ दर्जन भन्दा बढि महिलाहरुले ति ठगहरुलाई २१००० को दरले करिब १० लाख रकम बुझाएका छन् । यसरी रकम बुझाउनेहरु निम्नानुसार छन् ः
सितामाई महिला समूह पकौडी
१) शुसिला वि.क. २०,०००।–
२) सरिता लुईटेल २०,०००।–
३) कौशिल्या वि.क. २०,०००।–
४) सीता पावे २०,०००।–
५) इन्दिरा बानिया २०,०००।–
६) विष्णु माया गिरी २१,१००।–
७) सुनिता महतो २०,०००।–
८) सुकमाया वि.क. ११००।–
९) मैया वि.क. २१,१००।–
१०) मन्जु वि.क. २१,१००।–
११) राधा वि.क. २१,१००।–
१२) लक्ष्मी पौडेल ११००।–
१३) सरिता भण्डारी २०,०००।–
१४) गीता पावे ११००।–

प्रगती महिला समूह सुन्दरबस्ती
१) सर्जु वि.क. २०,०००।–
२) रितु गुरुड्ड २०,०००।–
३) कालिका वि.क. २०,०००।–
४) रितु देवी वि.क. २०,०००।–
५) आईताराम दराई २०,०००।–
६) सुमित्रा वि.क २०,०००।–
७) किरण वि.क. ११००।–
८) मन्जु दराई ११००।–
९) मन्जु कुमारी दराई ११००।–
१०) नारायण थापा ११००।–
११) शान्ति राना ११००।–
१२) सपना पावे ११००।–
१३) संगिता वि.क. ११००।–

योजना सुन्दर बस्ती समूह
१) सर्मिला ढुङ्गाना २१,१००।–
२) सरस्वती क्षेत्री २०,०००।–
३) कुमारी वि.क. २०,०००।–
४) सरस्वती भण्डारी २०,०००।–
५) राम कुमारी क्षेत्री २१,१००।–
६) प्रिति परियार ११००।–
७) लिलावती ढुङ्गाना ११००।–
८) सिता ढुङ्गाना ११००।–
९) सरस्वती भण्डारी ११००।–
१०) कमला सुनार ११००।–
११) कुमारी सुनार ११००।–
१२) सर्मिला वि.क. ११००।–
१३) फुलमाया लामा ११००।–
१४) शान्त गुरुड्ड ११००।–
१५) कमला वि.क. ११००।–

जाग्रति महिला समूह सुन्दरबस्ती
१) शान्ति गौतम २०,०००।–
२) तिला लामिछाने २०,०००।–
३) मुना सापकोटा २०,०००।–
४) रवि सापकोटा २०,०००।–
५) राम कुमारी क्षेत्री २१,१००।–
६) प्रिति परियार ११००।–
७) लिलावती ढुङ्गाना ११००।–
८) गिता वि.क. २०,०००।–
९)चन्द्रकला सुवेदी ११००।–
१०) सरिता वि.क. ११००।–
अझै कतिपय महिलाहरुको नाम आँउन बाकी छ ।
के भईरहेको छ ? के प्रहरीले वेवास्ता गरेकै हो त ?
चितवन प्रहरीले ठगको खोजी भईरहेको बताएको छ । जि.प्र.का. चितवनका प्र.ना. उपरिक्षक प्रभु ढकालका अनुसार ठगहरु सम्पर्क विहिन र लुकिछिपि बसेकोले समाउन नसकिएको बताए । उनीहरुको मोबाइल स्वीच अफ भएकाले ट्रयाक नभईरहेकोले पक्राउ गर्न अफ्ठेरो परे पनि प्रहरीले ठगहरुलाई कार्बाही गरेरै छाड्ने प्र.ना. उपरिक्षक ढकालले बताए । यता पिडितहरु भने चितवन प्रहरीले ठगहरुलाई
पक्रन बेवास्ता गरेको र ठगि गर्नेहरुलाई उन्मुक्ति दिईरहेको बताउँछन् । पिडितहरुको भनाई र यतिका दिन सम्म ठगहरु खुलम खुल्ला ठग्दै हिड्नुले कतै घटनालाई चितवन प्रहरीको क्रियाशिलता र क्षमतामा ह्रास त आएको छैन वा किन पक्राउ पर्दैनन् ठगहरु भन्ने गम्भिर प्रश्न खडा भएको छ । यद्यपी अहिल्यै प्रहरीको क्षमता र नियत माथि भने शंका गरिहाल्नु हुदैन । ठगहरु जति नै ठग्दै हिडे पनि अन्ततः एक दिन कानुनको फन्दामा परेरै छाड्नेछन् । त्यसैले यस्ता खाले विभिन्न प्रलोभन र लालचमा नपर्दा ठगिनबाट जोगिने भएकोले सर्वसाधारण थप सचेत, सजग र जागरुक भई सचेतना फैलाउनु पर्दछ ।