मोदी नेपाल आउने तयारीसँगै भारतीय खुफिया एजेन्सी रअ को सक्रियता ह्वात्तै बढ्यो ।

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको राजकीय भ्रमणमा आउने तयारी सुरू भएसँगै भारतीय गुप्तचर संस्था ’रअ’ को गतिविधी र सक्रियता ह्वात्तै बढेको बिश्लेशण हुन थालेको छ । भारतमा ०१९ को चुनावअघि नेपालसँग विग्रिएको कुटनीतिक सम्बन्धलाई अझ बलियो बनाएर देशभित्र विरोधको वातावरण सुधार गर्ने रणनीतिक योजनाभित्र मोदीको यो भ्रमण हुने चर्चा छ । यसपटक मोदीले नेपाललाई विकासका लागि अहिलेसम्मकै ठूलो सहयोग घोषणा गर्दै हस्ताक्षर गर्ने पनि हल्ला चलाईएको छ ।

नेपाल आउनुअघि मोदी छिमेकी मुलुक चीनको भ्रमणमा आगामी साता निस्कने भएका छन् । त्यसको जानकारी आइतबार चीन पुगेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले दिइसकेकी छन् ।

मोदी आगामी जेठ ११ गते नेपाल आउने गरी भ्रमणको तयारी सुरू भएको छ । २५ मेमा मोदीलाई नेपालमा स्वागत हुन सक्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । तर भ्रमणको मिति त्यहि नै हुनसक्ने किटान चाहीँ गरेको छैन ।
हिन्दुस्तान टाइम्सले मोदी आगामी मे ११ ९वैशाख २८० मै नेपाल भ्रमण हुनसक्ने उल्लेख गरेको थियो । गत महिना प्रधानमन्त्री ओलीले २३ देखि २५ सम्म भारतको भ्रमण गरेका थिए । भारतीय पक्षले निम्तोलाई स्वीकार्दै भ्रमणको मिति आपसी समझदारीमा तय गर्ने जानकारी दिएका थियो ।

गत वर्षसम्म नेपालसँग चिसो बनेको भारतको सम्बन्धलाई गुलियो बनाउनका लागि मोदी आउन लागेका हुन् ।
अहिले भारतमा कांग्रेस आईले मोदीको कार्यशैली र कुटनीतिक सम्बन्धमा चिसोपन ल्याउने व्यवाहारको आलोचनासहित ०१९ को चुनावलाई लक्षित गरी प्रचारलाई तिव्रता दिएका बेला छिमेकसँग सम्बन्ध बलियो बनाउने रणनीतिमा भारतीय प्रधानमन्त्री पुगेका छन् ।

उनले नेपालको विकासका हरेक ठाउँमा साथ दिने वचन दिइसकेका छन् । यसपटक केही ठूला जलविद्युत परियोजना, रक्सौल काठमाडौं रेल सम्झौता, सडक विस्तारका सहयोगसहितका उपहार लिएर मोदी नेपाल आउन लागेको चर्चा बढेको छ ।

अरूण तेस्रो जलविद्युत आयोजनाको उद्घाटनको तयारी पनि भएको छ । मोदी अब आउँदा तेस्रो पटक नेपाल आउनेछन् । दुई पटकसम्म जनकपुरधाम जाने कोशिश गर्दा पनि पुग्न नसकेका मोदी यस पटक रामजानकी मन्दिरको दर्शन गरेर फर्किने सुत्रहरूले जानकारी दिए ।

भारतीय प्रधानमन्त्री मोदी सन् २०१४ मा सार्क बैठकका बेला नेपाल आएका थिए । त्यसअघि दुई दिने औपचारिक भ्रमणमा मोदीले नेपालको संसदलाई सम्बोधन गरेका थिए ।

पहिलोचोटि नेपाल आउँदा मोदीले संसदमा गरेको भाषण र वानेश्वरमा गाडीबाट ओर्लेर सर्वसाधारणसँग हात मिलाएपछि उनलाई नेपालीहरूले प्रशंशा गरेका थिए ।
दोस्रोपटकको भ्रमणमा नेपालको संविधान र मधेस मामिलाबारे दिएको अभिव्यक्तिले मोदी आलोचित बनेका थिए ।

भारतले विदेश राष्ट्रसँग कुटनीतिक र खुफिया एजेन्सीमार्फत स्थापित गरेको सम्बन्धलाई प्रतिस्थापित गर्दै नेपालसँग राजनीतिक तहमा सम्बन्ध राख्ने सहमति गर्नेछ । ओलीको भारत भ्रमणका बेला वान टु वान वार्तामा भएको छलफलका आधारमा मोदीले ओलीसँग यस्तो सहमति गर्नेछन् ।

उच्च स्रोतका अनुसार मोदीको भ्रमण तयारीसँगै काठमाडौंमा सुरक्षा व्यवस्था बलियो बनाउने उद्देश्यले प्रधानमन्त्री ओलीले अधिकारीहरूसँग परामर्शको तयारी पनि गरेका छन् । मोदीको भ्रमण अघि नै नेपालमा बहुमतप्राप्त एउटै पार्टीको सरकार रहेको अवस्था बनाउनका लागि वाम गठबन्धन घोषणाको पनि तयारी भएको छ ।
यता मोदीको भ्रमणको पुर्बतयारी भन्दै रअ का सयौ अधिकारीहरुको नेपालमा आउजाउ बढेको एक उच्च श्रोतले जानकारी दिएको छ ।