एउटी आमाको बेदना र खुशी को आँसु 


मलाई धेरै पहिला एउटा बुढी आमाको कुरा याद आयो र किन हो आज मेरो मनमा त्यहि कुराले खुलदिली गराइएको छ । त्यो कुरा के हो भने एउटा पारिवारिक सम्बन्धको कुरा हो । एउटा गाउँमा एकजना बृद्ध अशाहय आमाको बेदनाको कुरा । जुन म संग ति बुढिआमाले गर्नुभएको थियोे । बाबू तपाईलाई एउटा कुरा भन्छु है, मैलै पनि नरम तरिकाले भन्नुसन आमा भने वहाँले भन्नू भर्यो बाबू मेरो आँखामा कस्तो दैव लागेछ, भन्नू भयो र मैले सोधे कस्तो दैव आमा ,के भनु बाबु भएको एउटा छोरा प्रदेशमा छन र राम्रो पैसा पनि कमाउछन अनि मेरो प्रदेशमा बस्ने छोरालाई मैंले भने बावु मैले आजभोलि मैले आँखा देख्न छोडिसके । आमाको यस्तो कुरा सुनेपछी छोराले यस्तो खालको जवाफ दिएछ बुढेसकालले गर्दा होला आमा यस्तै हो भनेछ । छोराले यस्तो भने पछि त्यो आमाको मनमा कस्तो भयो होला । मेरो छोराले उपचारको कुरा गर्ला भनेको त उसको जवाफ नै मेरो लागि काफि रहयो रे भन्नू भयो आमाले । मैले पनि आमा भन्नूस न म पनि तपाईं जस्तै आमाको छोरा हु भने । र वहाले खुशी हुँदै भन्नू भर्यो बाबू मलाई मेरो बुहारी ले लगाई दिएको चुरा हेर्ने साह्रै मन छ भन्नू भयो ,र मैले पनि वहाको हौसला बढाउनको निम्ति होर आमा भने । वहाँले मलाई धेरै पटक सोध्नुभयो कि बाबू मैले मेरो बुहारीले दिएको चुरा हेर्न साह्रै मन छ । यहि कुराले बुढि आमाको संसार हेर्ने बाचा मैले कन्टिन्यु दिए, र मैले यो आमाको आँखा मेरो आखा जस्तै लाग्न थाल्यो र मैले त्यो आँखाको उपचारको लागि आँखा बिषेशज्ञ्यहरू सँग सल्लाह गर्दा उहाँको आँखाले देख्न सक्छ भने पछि म त् खुशि हर्शित भएर ती आँमालाई पनि शुभ समचार दिन म वहाँ कै घरमा पुगे । अनि मैले सबै कुरा सुनाए र मैले बिशेषज्ञको सल्लाह अनुसार वहाँको शल्यक्रिया गरे । र त्यसै बेला म कामले गर्दा बाहिर निस्केको थिए र ती आँमा आँखाको शल्यक्रिया पनि भईसकेको रहेछ, मलाई त्यहाको आँखा बिषेशज्ञबाट खबर आयो कि तपाईं ती आमाले सजिलै संग आँखा देख्न सक्नु भयो भनेर डा.ले भन्नू भयो र मलाई आफ्नो काम सकेर त्यहाँ पुग्न तीन घण्टा लाग्योे । र त्यहा ती आमाको आँखाको पट्टी खोल्ने बेला भएको रहेछ र ती आमाले मलाई खोजिरहनु भएको रहेछ भन्नि कुरा थाहा भयो र मैले पनि भनिदिए ती आमाले आँखा पहिला जस्तै होस भन्ने चाहाना पूरा गराई दिनुस अनि वहाँको परिवार भेटाई दिनुस वहाँलाई पठादिनुस भने । त्यति भने पछि वहाँको आखो पट्टी पनि खोलिएछ,र वहाले बुहारी ले दिएको चुरा पनि देख्नु भए छ,त्यस पश्चात् पनि वहाँ घर जानू भएन छ । बिषेशज्ञ ले किन जानू हुन्न भन्दा त्यस आमाले जवाफ दिनुभयो जस्ले मलाई यस संसार हेर्ने बनादिनु भयो त्यस बाबुलाई नभेटि काहा जान सक्छु र ? बिशेषज्ञ ले भन्नू भर्यो वहालाई आउन अलि समय लाग्छ ती आमाले फेरि जवाफ दिनु भयो जस्ले मेरो लागि यत्रो गर्नु भयो मैले ती बाबुलाई दुई घण्टा कुर्न के गाह्रो भयो र भन्नू भयो । मैले कुरा सुने पछि काम भन्दा सेवामा प्रथामिक्ता दिए अनि म आए र ती आमालाई टोलाएर हेरे । तर वहाले चिन्न सक्नु भएन र बिशेषज्ञ ले वहाँ नै हुन हजुरको सपना पूरा गर्ने भन्ने बितिकै मलाई एकासी अगालो हालेर ति बुढी आमा रोइन अनि मेरो आँखा बाट पनि आसु थामिएन र त्यो त्यो आँसु दुःखको थिएन किनकी त्यो आँसु खुशी को थियोे ।।