जिल्ला शिक्षा अधिकारी नेपाल विरुद्ध बलात्कार मुद्दा

आरोपित अधिकारी नेपाल फरार

 

बर्दिया,  जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपाल विरुद्ध बलात्कार अभियोगमा जिल्ला अदालत बर्दियामा मुद्दा दर्ता भएको छ ।

नेपालमाथि जिशिअ निवासमा पढाउने बहानामा एक बालिकामाथी यौन दुव्र्यबहार गरेको आरोप लागेको छ । फुपुको घरमा केही दिन बस्न भनेर आएकी १५ वर्षीया बालिका गत बिहीबार दुव्र्यवहारको सिकार भइकी थिइन् ।

उनकी फुपु सोही कार्यालयका प्रमुखको क्वाटरमा खाना पकाउने काम गर्छिन् । विद्यालय छुट्टि भएको समयमा फुपुसँग बस्न आएकी बालिकालाई पढाउन भनेर प्रमुख नेपालले पाहुना कोठामा लगेको पीडित बालिकाको आरोप लगाएकी छिन् ।

फुपु खाना पकाउनका लागि भान्सामा गएपछि प्रमुख नेपालले ढोकामा चुक्कुल लगाएर पढाउने बहानामा दुव्र्यवहार गरेको आरोप छ । पढाउने बहानामा अंगालो हाल्ने, स्पर्श गर्नेलगायतका क्रियाकलाप गरेर जिशिअ नेपालले बालिकालाई दुव्र्यवहार गरेको आरोप जाहेरी पत्रमा उल्लेख गएिको प्रहरी श्रोतले बताएको छ ।

नेपालको खोजी भइरहेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए । प्रहरी उपरीक्षक भट्टराइका अनुसार नेपालविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिएको छ ।