प्रहरीबाटै नागरिक असुरक्षित : चितवनमा प्रहरीले नै बर्साए महिलामाथि एसिड ।

चितवनमा ट्राफिक प्रहरीले नै महिला माथि एसिड प्रहार गरेका छन् । आइतबार दिउँसो ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीमा कार्यरत प्रहरी नायव निरीक्षक रामचन्द्र खनियाँले भरतपुर स्थित त्रिचोकमा कल्पना श्रेष्ठमाथि एसिड हानेका हुन् । झन्डै तीन वर्षदेखि इलाका प्रहरी कार्यालय रत्ननगरमा कार्यरत ५२ बर्षिया खनियाँ को कोठामा बस्दै आएकी थिइन् । प्रहरी स्रोतका अनुसार टाँडीबाट आएका खनियाँ र श्रेष्ठबीच पुरानै चिनजान रहेको देखिएको छ । एसिड प्रहारबाट सख्त घाइते श्रेष्ठको अहिले भरतपुर अस्पतालमा उपचार भैरहेको छ भने टाउको र अनुहारमा गहिरो चोट लागेको छ । यता, घटनाबारे अनुसन्धान का लागि सई खनियाँलाई तत्कालै पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रभू ढकालले जानकारी दिए ।