त्रिभुवन विमानस्थलमा ठूलो दुर्घटना टर्‍यो

दउँसो १२ बजेसम्मका लागी अन्तर्रा्ष्ट्रिय उडान बन्द

 

काठमाडौँ, ७ वैशाख। काठमाडौंबाट मलेसियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज बिहीबार राति रनवेभन्दा बाहिर पुगेको छ । उक्त जहाज रनवेभन्दा बाहिर पुगेर अड्किएपछि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल बन्द भएको छ ।

विमानस्थल बन्द भएकोले अवतरणको लागि आएका विमानहरु कलकत्ता र दिल्ली डाइभर्ट गरिएको छ ।
विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार मालिन्दो एयरको विमानबाट यात्रुहरुलाई बाहिर निकालि सकिएको छ ।
काठमाडौं‌बाट उड्नु पर्ने सात वटा उडान पनि प्रभावित भएको छ । विमानस्थल स्रोतका अनुसार कुल १६ वटा अन्तर्रा्ष्ट्रिय उडान प्रभावित भएको छ ।
के कारणले उक्त विमान रनवेभन्दा बाहिर पुगेको भन्ने बारेमा जानकारी हुन सकेको छैन । मालिन्दो एयरको जहाज दुर्घटना भएपछि नेपालको एकमात्र अन्तर्रा्ष्ट्रिय त्रिभुवन विमानस्थल शुक्रबार बिहान पनि अवरुद्ध भएको छ । विदेशबाट यात्री लिएर आएका विमानहरु फर्काइएका छन् ।
विहीबार राति काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको मालिन्दो एयरको जहाज रनवेबाट चिप्लिएर चौरमा भासिएपछि अन्तर्रा्ष्ट्रिय उडान अवतरण ठप्प भएको हो

रनवेबाट चिप्लिएर चौरमा पुगे पनि मानवीय क्षति भने भएको छैन । विमान नहटाइएसम्म अन्य उडान अवतरणमा कठिनाइ भएको विमानस्थल स्रोतले बतायो ।आज दिउँसो १२ बजेसम्म अन्तर्रा्ष्ट्रिय उडान र अवतरण बन्द गरिएको विमानस्थल प्रशासनले जनाएको छ ।रातिदेखि नै मालिन्दोको जहाजलाई हटाउने प्रयास भइरहेको छ । तर, शुक्रबार बिहान पनि हटाउन सकिएको छैन । यसलाई हटाउन केही घण्टा लाग्ने भएकाले उडान अवतरण रोकिएको हो ।
सकेसम्म १२ बजेदेखि उडान सुचारू गर्ने प्रयास भइरहेको विमानस्थल प्रशासनको भनाइ छ ।
नेपालमा उपलब्ध उपकरण र प्रविधिको प्रयोगबाट विमान पन्छाउन नसकिएमा भारतबाट उपकरण ल्याउनुपर्ने हुनसक्ने स्रोतले जानकारी दिएको छ ।
यसअघि टर्कीस एयरको विमान पन्छाउन भारतबाट उपकरण र प्राविधिकहरू झिकाइएको थियो ।