यातायात व्यवसायीद्वारा अनिश्चितकालीन यातायात बन्दसहितको आन्दोलनको कार्यक्रम घोषणा
सरकारी निर्णय फिर्ता नलिए जस्तोसुकै आन्दोलन हुने चेतावनी
काठमाडौं–सरकारले सिन्डिकेट हटाउने निर्णय गरेको भन्दैं यातायात व्यवसायीले अनिश्चितकालीन यातायात बन्दसहितको आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।
बुधबार यातायात व्यवसायीहरुले राजधानी काठमाण्डौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै बैशाख २७ गतेदेखि अनिश्चितकालीन यातायात बन्दको घोषणासहितको चरणबद्ध आन्दोलनको कार्यक्रम सार्बजनिक गरेका हुन् । यसअघि विभिन्न खालका दबाबकूलक आन्दोलनका कार्यक्रम तय गरेका ब्यवसायीहरुले देशभरका यातयात संघसस्था खारेज गरेसंगँैं आन्दोलनलाई चर्काउने तयारी गरेका हुन् ।
घोषित आन्दोलनको कार्यक्रमअनुसार आज बैशाख ६ गते संयुक्त आन्दोलनको तयारी गर्ने, बैशाख ७ गते प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, बैशाख ८ गते सम्पूर्ण सार्वजनिक सवारी साधनहरुमा कालो झण्डा राख्ने, बैशाख ९ गते यातायातसँग सम्बन्धित प्रमुख दलका नेताहरुलाई ज्ञापन पत्र बुझाउन ेलगाएतका कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
यस्तै बैशाख १० र ११ गते ७ ओटै प्रदेशमा कोणसभा गर्ने, बैशाख १२ र १३ गते गाडी गुडाउने समय फ्रि छाड्ने, बैशाख १४ र १५ गते सातै प्रदेशका सदरमुकाम र काठमाडौं उपत्यकामा सबै साधनहरु क्यु छाड्ने, बैशाख १६ गते यातायात कार्यालहरु घेराउ गर्ने कार्यक्रम तय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष तथा आन्दोलन संयोजन समितिका संयोजक योगेन्द्रनाथ कर्माचार्यले जानकारी दिए ।
यस्तै बैशाख १६ गते सबै यातायात कार्यालय घेराउ गर्ने, बैशाख २१ गते गाडीलाई ग्यारेजमा थन्क्याउने, २२ गते संघर्षसमितिको बैठक बसेर थप निर्णय लिने तथा बैशाख २७ गतेबाट अर्को जानकारी नआएसम्म देशभरका सार्वजनिक सवारीका साधनहरु घर तथा ग्यारेजमा थन्क्याउने निर्णय भएको कर्माचार्यले जानकारी दिए ।
सरकारले सिन्डिकेट हटाएसँगै त्यसको विरोधमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, नेपाल पेट्रोलिमय ढुवानी महासंघ, ढुवानी व्यवसायी महासंघ र नेपाल पेट्रोलिम डिलर राष्ट्रिय एसोशियनले संयुक्त रुपमा आन्दोलन गर्ने घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा कर्माचार्यले यातायात व्यवसायलाई कम्पनीमा दर्ता गर्नुपर्ने प्रावधान आफूहरुलाई अमान्य हुने भन्दै सो व्यवस्था फिर्ता नलिए दिए ।