चितवनमा प्रहरी संरक्षणमै जुवाखाल र वेश्यावृती मौलाउदैं
एसपी थापाका उठन्ते टोली हप्ता उठाउनमै ब्यस्त
चितवन÷चितवनमा पछिल्लो दुई वर्ष यता जुवातास, वेश्यावृती, अबैध उत्खनन, अबैध समानको कारोबार, मिटरब्याजको धन्दा, हुण्डी कारोबार लगायतका गैरकानुनी कार्यहरु हवात्तै बढेको पाइएको छ । त्यत्तिमात्र होइन गुण्डागर्दीले पनि टाउको उठाउन खोजेको छ ।
यी सबै विकृतिहरु चितवन प्रहरी प्रमुख दिपक थापाको कार्यशैलीकै कारण भएको विषयमा यस अघि नै विभिन्न सांचार माध्ययममा समाचार पनि आइसकेको छ ।यति हँुदाहुदैं पनि काग कराउदैं गर्छ… भन्ने मानसिक्ताले प्रहरीको गैंरकानुनी असुली एकपछि अर्को रुपमा बढिरहेको देखिन्छ ।
एस.पी. थापा चितवन आए पछि उनको मुख्य ध्याउनै कसरी हुन्छ रकम जम्मा गर्ने मै केन्द्रित रहेको उनी इन्सपेक्टर हुँदा सर्लाहीमा उनलाई मनग्य हप्ता उठाईदिएका राम विश्वास यादवलाई आफु चितवन आउनु एक हप्ता अघि नै चितवनमा रकम असुलीको जिम्मा लगाए बाट प्रष्टिएको कुरा पनि संचार माध्यममा यस अघि नै छाईसके कै विषय हो ।
यसरी चितवन आउने वित्तिकै निकै फुर्ति देखाई अबैध धन्दा रोक्ने, तस्करी रोक्ने पत्रकार सम्मेलन नै गरी खोक्ने एसपी थापा कै संरक्षणमा दिन दहाडै चितवनमा जुवाखाल र वेश्यावृति लगायतका अबैध कारोबार मौलाएको यस अघि पनि पटक पटक खुलासा भईसकेकै कुरा हो ।
एसपी थापाका उठन्ते टोलीले अहिले पनि जिल्लाका विभिन्न खोलाहरुमा भईरहेको अबैध ग्रयाभल उत्खनन्, होटल, रेष्टुरेण्ट, कटेज तथा दोहरी साँझहरु, जुवाखालहरु, लत्ताकपडा, अटोपार्टस र अन्य अबैध कारोबार गर्ने कारोबारहीहरुबाट हप्ता र मासिक रकम असुली गरिरहेको खुल्नमा आएको छ ।
भण्डाफोरलाई प्राप्त खबर अनुसार जिल्लामा सिभिल प्रहरीको रुपमा घुमुवा प्रहरीहरु हुदाँहुदै उनीहरुबाट असुली कार्य सन्तोषजनक नभएको भन्दै एसपी थापाले दुई प्रहरीलाई असुलीको जिम्मा दिइएको पाइएको छ ।
यसरी एसपी थापाको उठन्ते समुहमा विनोद कलवार र राघव यादव रहेको स्वंय जिल्लाका ईमान्दार प्रहरीहरुले नै बताएका छन् । उनीहरुको दैनिकी नै रकम असुली रहेको स्वंय प्रहरी श्रोत बताउँछ । श्रोतका अनुसार यस अघि एसपी थापाको निर्देशनमा असुली गरी कार्वाहीमा परि चितवनबाट लखेटिएका प्रहरी हवलदार राम प्रवेश यादव समेत केही हप्ता यत्ता चितवनमा नै डेरा जमाई असुली कार्यमा ब्यस्त रहेको पाईएको छ । न कुनै कार्य क्षेत्र, न त् उनको गृह जिल्ला किन बस्छन् यादव यहाँ ? तपाई आफै बुझ्नुस् न ? श्रोत ले भन्यो । यादव असुली कार्य कै लागि चितवन आएका हुन् प्रहरी श्रोतले भन्यो । यसरी चितवनमा प्रहरी संरक्षणमै लामो समय देखी मिटरब्याज, अबैध उत्खनन र ओसारपसार भईरहेपनि प्रहरी प्रधान कार्यालय र गृह प्रशासन किन मुकदर्शक बसिरहेको छ, बेखबर भएर हो या एसपी थापाको पहुँचको अगाडि निरीह भएर त्यो भने हेर्न बाँकी नै छ ।
आफूलाई एमाले र माओवादीको सहयोगी बताउँदै नेताहरुको चाकडीमा समेत अब्बल एसपी थापाको संरक्षणमा रहेको भरतपुर हाइट स्थित थकाली भान्छा घरको जुवाखालको यस अघिनै हामीले पर्दाफास गरेपछि प्रहरी छापा हान्न बाध्य भएको थियो । तर छापा हानी पक्रिएको आधा रकम मात्र राजस्वमा दाखिला गरी अन्य रकम झ्वाम बनाएपछि थापाको कार्यशैलीप्रति तल्लो तहका प्रहरीहरु समेत असन्तुष्ट बनेका थिए ।
थापाको कार्यकालमा के कति कार्बाही भए, के कसरी भए त्यसको फेहरस्थीत हामी थप खोज गरी आगामी दिनमा पस्कीदै जाने छौ । साथै एसपी थापाले बर्दिको आडमा के के काम गरेका छन् त्यस्को समेत उजगार गर्दै जाने छौं ।
जुगेडीका चौकी इन्चार्जको दादागिरी बढ्दै
यता एसपी थापाको विश्वास पात्र एंव जिल्लामा बर्दीको आडमा सबैभन्दा बढी अबैध असुलाीमा सक्रिय रहेका जुगेडी प्रहरी चौकीमा इन्चार्जको रुपमा कार्यरत सई सुरेश पालको दादागिरी समेत बढ्दै गएको छ । कुखुराको गाडी देखी फलफुल र माछाका गाडिबाट अनिवार्य चौकी इन्चार्जले ५ के.जी. समान जर्बजस्ती लिने, दुर्घटनाका केशहरुमा रकमको बार्गेनिड्ड गरी निष्पक्ष न्याय नदिने, जुगेडीका होटलहरुबाट हप्ता उठाउने जुगेडी खोलाबाट अबैध उत्खनन गर्नेहरुसँग मिली प्राकृतिक श्रोतको दोहन गर्ने काममा चौकी इन्चार्ज लागेको स्वंय स्थानिय पिडितहरु बताउँछन् ।
जिल्लामा वेश्यावृती र जुवाखाल झन् बढ्दै
चितवनमा जुवाखाल प्रहरी संरक्षणमै संचालन भएको खुल्नमा आएको छ । थकाली भान्छा घरमा अहिले पनि जुवा खाल पुन : संचालनमा रहेको बुझिएको छ । त्यस्तै क्षेत्रपुर स्थित सुगम पियाको पुरानो घरमा समेत अहिले पनि जुवाखाल सञ्चालन भईरहेको पाईएको छ । त्यत्ति मात्र होइन जिल्लामा एक दर्जनको हाराहारीमा जुवाखाल संचालन भईरहेपनि प्रहरी प्रशासन तमासे बस्नुले प्रहरी प्रशासनकै संरक्षणमा जुवाखाल मौलाएको स्थानियले आरोप लगाए । यता यो विषयमा बुझ्न खोज्दा एसपी थापाले आँफु कार्यक्रममा रहेको भन्दै कुरा गर्न चाहेनन् । पछि कल गर्दा उनको मोबाईलमा सम्पर्क हुन् सकेन् ।
आजको भण्डाफोर अभियान साप्ताहिकबाट