वैद्य माओवादी निकट विद्यार्थी संगठनको चितवन अध्यक्षमा कृष्ण सुनार निर्वा्चित
चितवन,चैत २८, वैद्य माओवादी निकट विद्यार्थी संगठन अनेरास्वीयु (क्रन्तिकारी) चितवनको २९ औं जिल्ला सम्मेलनले कृष्ण सुनारको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । संगठनको बुधबार भरतपुरमा भएको सम्मेलनले सर्वसम्मतिमा नयाँ कार्यसमिति चयन गरेको हो । संगठनको उपाध्यक्षमा पुष्पा बस्ताकोटी, सचिवमा समिर बस्नेत, सहसचिवमा निश्चल सदार, कोषाध्यक्षमा मनोज चौधरी चयन भएका छन् ।
यस्तै सदस्यहरुमा सिमा भट्ट, कमल चौधरी, मौसम थापा, विजय पौडेल, प्रताव बस्याल,पुजा परियार, जयन्त वाग्ले, सागर सापकोटा, मिलन सुनार, राम सापकोटा, गणेश विक, सुगल गुप्ता, हरिओम सहनी, ज्ञानप्रसाद अधिकारी र रविन श्रेष्ठ चयन भएका छन् ।
जिल्ला सम्मेलनमा बोल्दै नेकपा क्रान्तिकारी माओवादीका स्थाइ कमिटि सदस्य परि थापाले शिक्षालाई नाफामूखि बनाउन नहुने बताएका थिए। “शिक्षाको उद्येश्य के हो, प्लस टु सकेर विदेश जाने मात्रै शिक्षा हो?”, उनले प्रश्न गर्दै भने, “सरकारी शैक्षिक संस्था दयनीय अवस्थामा पुगेका छन् । शिक्षामा रहेको वर्ग अन्त्यका लागि हामी आन्दोलित हुनेछौँ ।” उनले वर्तमान ओलीको भारत भ्रमणले विगतको उनको राष्ट्रवाद नांगो भएको समेत बताए ।
अनेरास्वीयु (क्रान्तिकारी) चितवनका संयोजक अमित सापकोटाको अध्यक्षतमा भएको सो कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका जिल्ला इञ्चार्ज अम्विका मुडवरी, अनेरास्वीयु (क्रान्तिकारी)का केन्द्रीय महासचिव राम नेपाली, देशभक्त जनगणतान्त्रिक मोर्चा चितवनका अध्यक्ष अशोक शर्मा लगायतले मन्तव्य राखेका थिए ।