अबैध रूपमा भित्रिएको ८ टन बोइलर कुखुरा चितवन वाइसीएलको नियन्त्रणमा
चितवन , १९ चैत । भारतबाट अबैध रूपमा भित्रिएको आठ टन बोइलर कुखुरा
सहितको एक ट्रक आइतबार राती वाइसीएल चितवनले पक्रेर प्रहरीलाई बुझाएको छ
। अबैध कुखुरा भैरहवा भन्सारबाट छुटाइ अवैध रुपमा निकासी हुदै छ भन्ने
विशेष सूचनाको आधारमा वाईसिएल चितवनको टिम र कखुरा पालक किसानहरुको
संयुक्त गस्तीले भारतीय ट्रक भित्र लुकाईछिपाई अवस्थामा ल्याएको करिब वोन
लेस ८ हजार किलो मासु वरामद गरेको वाईसिएल चितवनका ईन्चार्ज मधु
न्यौपानेले जानकारी दिए । उनका अनुसार नवपरासीको दुम्सी देखि पिछा गर्दै
चितवनको रामनगर पानी ट्याङ्कीबाट पक्राउ गरि प्रहरीलाई बुझाएको हो । यु
पि ७० वि टि १७७६ भारतीय नम्बर पिलेटको ट्रकले भन्सारको कागजमा माछा,
आलु, केराउ, मकै र आलुको चिप्स भनेर उल्लेख भएपनि ट्रक भित्र हेर्दा मकै
र चिप्सको विचमा वोन लेस कुखुराको मासु भेटेको जिल्ला ईन्जाच न्यौपानेले
बताए । यस विषयमा थप जानकारी पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने
वाइसियल चितवनले जनाएको छ । यसअघि पनि वाइसीएल चितवनले विभिन्न अवैध
सामाग्रीहरु गाडी समातेर प्रहरीलाई बुझाउदै आएको छ । सो टोलीमा
न्यौपानेसहित कुखुरापालक किसान संघका केन्द्रिय अध्यक्ष झनक पौडेल ,
वाईसिएल केन्द्रिय सदस्यहरु, उत्तम गुरुङ र साजन अधिकारी, वाईसिएल
जिल्ला संयोजक ईश्वर रेग्मी, वाईसिएल भरतपुर १० का अध्यक्ष दिपेद्र
पण्डित र वडा २ का अध्यक्ष अमर तामाङ र भानु न्यौपाने सहभागी थिए ।