सुन सफा गर्ने भन्दैं स्थानीयलाई ठगी गर्ने पाँच भारतीय नागरिक पक्राउ

चितवन । पुर्वी चितवनको कालिका नगरपालिकामा सुन सफा गर्ने भन्दै स्थानीयलाई ठगी गरेको आरोपमा पाँच जना भारतीय नागरिकहरुलाई पक्राउ गरेको छ ।पदमपुर प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले महिलाका सुनका गरगहना सफा गरिदिने भनेर थाहैं नपाई गलाबाट निकाल्ने गरेको र सफा गर्दा तौंल घटाइदिने गरेको गुनासोका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा भारत विहारका १९ वर्षीय राजकुमार शाह, २० वर्षका गुड्डु शाह, २७ वर्षका गौत्तम सहनी, ३९ वर्षका पिन्टु शाह र १७ वर्षका रविकुमार सहनी रहेका छन् । बाबा रामदेवको फोटो एकातिर र अर्कोतिर आफ्नो फोटो राखेर कार्ड बनाएर स्थानीयलाई देखाउँदै पतञ्जलीको सामान भन्दै भाडा माझ्ने पाउडर समेत बेच्दै हिडेको पाइएको बिटका इन्चार्ज प्रहरी हवल्दार राम कार्कीले जानकारी दिए ।