भाटभटेनी सुपरमार्केटका प्रवन्ध निर्देशक मीन बहादुर गुरुङद्वारा सरकारी जग्गा कब्जा
काठमाडौं, फागुन । सुन्दा पनि अचम्म लाग्ने भाटभटेनी सुपरमार्केटका प्रवन्ध निर्देशक मीन बहादुर गुरुङ, श्रीमती सावित्री गुरुङ र डा। सोभाकान्त ढकालले सरकारी जग्गा आफ्नो नाममा पास गरेको भेटिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारभित्रको ११२ रोपनी जग्गमध्ये ८० रोपनी सरकारी जग्गा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङ र डा। सोभाकान्त ढकालले आफ्नो दर्ता गरेर भाटभटेनीको नाममा टहरो बनाई गोदाम राखेका छन् ।
नापी विभाग, मालपोत कार्यालयका भ्रष्ट कर्मचारीहरूसँग मिलेमतो गरेर करिब आनाको ८० लाख पर्ने सो बहुमूल्य जग्गा करिब दुई वर्ष अगाडि मीन बहादुर र उनकी श्रीमतीको नाममा ५० रोपनी र डा। सोभाकान्त ढकालको नाममा ३० रोपनी सरकारी जग्गाको पूर्जी बनाएको फेला परेको हो ।
देशभरी भाटभटेनी सुपरमार्केट स्थापना गरी चिनियाँ सस्ता सामान महंगोमा बिक्री गरेर जनतालाई ठगी गर्दै आएका मीनबहादुर गुरुङले भूमाफियाको मिलेमतोमा सरकारी जग्गा हडप्न थालेपछि स्थानीयवासीले उनी र उनका विरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरीसमेत दिएको फेला परेको छ ।
सभामुखको निवाससँगै जोडिएको सो जग्गा आफ्नो नाममा गर्न भूमाफिया गुरुङले भूमिसुधार तथा प्रर्वमन्त्रीसम्मलाई प्रभलोपनमा पारेको स्रोतको दाबी छ । एउटा सानो किराना पसलबाट १०र१५ वर्षमा अर्बपति गुरुङ बन्नुको भित्री रहस्य के हो, यसको चासो पाठकलाई हुनसक्छ । रातारात सरकारी जग्गा कसरी आफ्नो नाममा ल्याए रु
मीन बहादुर गुरुङले १०र१५ वर्ष अगाडि एउटा सानो किराना पसल सञ्चालन गरे । पछि बुटवलका सोभाकान्त ढकालसँग भेट भएपछि उनीहरू मिलेर नुर समसेर राणाको नेतृत्वमा कुमारी बैंक स्थापना गरे ।
जुन बेला माओवादीले जनयुद्धको सुरुवात गरेको थियो । पछि गिरिजा बाबुले माओवादीलाई शान्ति प्रक्रियामा ल्याएपछि मीन बहादुरको सम्पर्क अजयराज पराजुली ९सुमार्गी० सँग भयो ।
सुमार्गीमार्फत् प्रचण्डलाई भेटेका गुरुङले सबैजसो प्रचण्डको पैसा ब्याजमा लिएर भाटभटेनी सुपरमार्केट नामको ठगी धन्दा सुरु गरे । अहिले सो भाटभटेनी प्रायः नेपालका प्रमुख शहरहरूमा सञ्चालनमा आएका छन् ।
काठमाडौं, ललितपुर र भक्तपुरमा ठाउँठाउँमा घरै बनाई सञ्चालन गरेको भेटिएको छ । सुन्दा अचम्म लाग्ला तर सत्य हो । कुनै जमानामा गुरुङ कुमारी बैंकका अध्यक्ष पनि थिए भने ढकाल सञ्चालक अझै छन् ।
सो बेला बैंक तहसनहस भएको थियो । र, बैंकले अझै राम्रोसँग खुट्टा टेक्नसमेत सकेको छैन । शाखा छैन, ८ अर्ब अझै पुगेको छैन भने खराब कर्जा ४ प्रतिशतभन्दा ज्यादा छ ।
कुमारी बैंक डुबाएपछि घरजग्गामार्फत् ठगी गर्दै आएका गुरुङ र डा।ढकालले सरकारको सम्पत्ति रातारात भूमाफियासँग मिली आफ्नो नाममा बनाए तर सरकार कारबाही गर्दैन । अहिले स्थानीयवासीले विरोध गरेपछि गुरुङ र डा। ढकालका विरुद्ध उजुरी अख्तियार र सम्पत्ति सुदृढीकरण अनुसन्धान विभागमा पुगेको छ ।
भूमाफियाद्धय गुरुङ र डा। ढकालले ८० रोपनी सरकारी बहुमूल्य जग्गा हडपेपछि अहिले ओली सरकारले चासोसमेत देखाएको स्रोतको दाबी छ । यी गुरुङ र ढकालले १० रोपनी जग्गा एनआरएनएलाई बिक्री गरेपछि अहिले बालुवाटारमा एनआरएनएको भवन बन्दैछ ।
रातारात सम्पत्ति हडप्ने गुरुङ र ढकालबारे अब छानबिन हुन गरुरी छ । भाटभटेनी सुपरमार्केटमा आगो लगाई विगतमा कर छलीसमेत गरेका गुरुङले चिनियाँ र कमसल सामान ल्याई महंगोमा बिक्री गरेको फेला परे पनि अझै कारबाही भएको छैन ।
शक्ति र सत्ताको साँचो आफूसँग रहेको बताउँदै हिँड्ने भाटभटेनीका मालिक गुरुङमाथि राज्यले कारबाही नगर्ने हो भने भोलि फेरि सरकारी जग्गा बाँकी नरहने केही भन्ने शंका उब्जिएको छ ।
विगत ५÷६ वर्ष अगाडि छोराको विवाह गरेका गुरुङले विवाह पार्टीमा मात्रै एक अर्ब खर्च गरेका थिए । तर उनले सो बराबरको कर तिरेको भेटिएको छैन । शक्ति र सत्ताको साँचो मै हुँ भनी पत्रकारलाई जवाफ दिने गुरुङमाथि अब कस्तो छानबिन हुने हो, त्यो भने हेर्न बाँकी नै छ ।
न्यूज अभियान