सशस्त्र प्रहरी मुख्यालय निरीक्षणमा गृहमन्त्री थापा
व्यक्तिगत उन्नतिभन्दा माथि उठेर देश र जनताको हितमा काम गर्न सुझाव
१८ फागुन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले शुक्रबार सशस्त्र प्रहरी बल नेपालको मुख्यालय निरीक्षण गरेका छन् ।
निरीक्षणपछि गृहमन्त्री थापाले व्यक्तिगत उन्नतिभन्दा माथि उठेर देश र जनताको हितमा काम गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् ।
तीनवटै तहको निर्वाचन सफल बनाउन सशस्त्र प्रहरीले खेलेको भूमिकाको सह्राहना गर्दै मन्त्री थापाले हरेक जिम्मेवारीलाई त्रुटिरहित ढंगबाट पूरा गर्न सुझाव दिएका छन् ।
सुरक्षा निकाय चेन अफ कमाण्डमा चल्नुपर्ने संगठन भएकाले आफ्नो तहगत संरचनाबमोजिमको जिम्मेवारी पूरा गर्न पनि उनले सशस्त्र प्रहरीलाई आग्रह गरे ।
सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले सशस्त्र प्रहरी बललाई भरपर्दो केन्द्रीय सुरक्षा निकायको रुपमा अगाडि बढाइ हरपल चलायमान फौजको रुपमा विकास गर्दै लैजानुपर्ने बताए । उनले राज्यले सुम्पेको जिम्मेवारीलाई
कुशलतापूर्वक वहन गर्न संगठन दृढ संकल्पित रहेको प्रतिबद्दता ब्यक्त गरेका थिए ।