भरतपुर सामुदायिक अस्पतालमा चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु ।

चितवन । भरतपुर सामुदायिक अस्पतालमा ढाँडको उपचार गराईरहेका एक बिरामीको मृत्यु भएपछि अस्पतालमा केही बेर तनावग्रस्त भएको छ । ढाँडको अप्रेशसन गरेका पुर्वी चितवनको रत्ननगर नगरपालिका–१५ बस्ने बर्ष ५२ का सोमबहादुर तामाङको उपचारको क्रममा सोमबार साँझ ५ बजे मृत्यु भएपछि उनीहरुका आफन्तले अस्पताल बाहिर जम्मा भएर बिरोध गरेका हुन् । पीडित पक्ष र अस्पताल प्रशासनका वीच वार्ता भैरहेको छ भने अस्पतालमा आफन्तहरूको रुवाबासी चलेको छ । भिड अनियंत्रित हुन नदिन प्रहरीले अस्पताललाई सुरक्षा दिइरहेको छ । झन्डै २ हप्ता अगाडि समेत भरतपुरकै नेशलन सिटी अस्पतालमा एक बिरामीको उपचारको क्रममा मृत्यु हुँदा अस्पतालले करीव ६ लाख रकम दिएर विषय बाहिर जान दिएको थिएन ।

के भन्छन् मृतकका आफन्तरु
यता, मृतकका आफन्त मध्य सालो पर्ने राजु वाइवाले अस्पतालकै लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै कारर्वाही हुनुपर्ने दावी गरेका छन् । उनका एक आफन्त विश्वास खड्काले हर्ट एट्याक्क नै भएको भए पनि अस्पतालमा आएको बिरामी कसरी मर्छ भन्दै प्रति प्रश्न गरे । साथै, उनले ‘अस्पतालमा बाँच्न आउने हो मर्न आउने हैन भन्दै आक्रोशित भएका थिए ।’ फागुन ११ गते ढाँडको अप्रेसन गरेका तामाङको आज दिउँसो २ बजे सम्म आफन्तहरुसँग कुराकानी भैरहेको अवस्थामा त्यस्को २ घण्टा पछि निधन हुनु आफैंमा शंका गर्ने यथेष्ट ठाउँ रहेको बताए ।

यसो भन्छन् चिकित्सक ।
यता, अस्पतालका चिकित्सक डा। कृष्ण पौडेलले मधुमेहका समेत रोगी रहेका तामाङको चिकित्सकको लापरबाहीले नभई ‘हृदयघात’ भएर निधन भएको जानकारी दिएका छन् ।
तामाङको अप्रेशन हाडजोर्नी तथा नशारोग बिषेशज्ञ डा। कृष्णप्रसाद पौडेल लगायतको समूहले गरेको थियो ।