अवैध ढुंगा गिट्टी उत्खनन गर्ने २५ ट्याक्टर प्रहरी नियन्त्रणमा

 

चितवन । जिल्लाका खोलाहरुमा पछिल्लो समय अवैध रुपमा ढुंगाा गिट्टीको उत्खनन् तथा निकासी व्यापक हुन थालेको छ । मापदण्ड विपरीत अवैध रुपमा ढुंगाा गिट्टी उत्खनन् तथा निकासी गर्दै प्राकृतिक स्रोतको मनलाग्दी रुपमा दोहन हुन थालेको हो ।

हिजो शुक्रबार अवैध रुपमा ढुंगा गिट्टी उत्खनन् गर्दै गर्दा २५ वटा ट्याक्टर प्रहरीले आफ्नो नियन्त्रणमा लिएको हो । चितवन जिल्लाको कयर खोलाबाट जिल्ला समन्वय समिति चितवनबाट स्वीकृत नभएको ठाउँबाट चोरी निकासी गर्दै प्राकृतिक श्रोतको दुरुपयोग गर्दै गैरकानुनी रुपमा चोरी निकासी गरि बालुवा, गिट्टी उत्खन्न तथा ओसार पसार गर्दै आईरहेको अवस्था प्रहरीले २५ वटा ट्याक्टर बालुवा गिट्टी सहित नियन्त्रणमा लिइएको हो । रत्ननगर नगरपालिकाका मेयर नारायण बनको नेतृत्वमा गएको प्रहरी सहितको टोलीले अवैध उत्खनन् गरिरहेको अवस्थामा ट्याक्टरहरुलाई नियन्त्रणमा लिईएको हो । सो खोलामा ढुंगा गिट्टी उत्खनन्को कंचन निर्माणले ठेक्का पारेको थियो । जिल्ला समन्वय समिति मार्फत चितवनका खोलानालामा विगतबाटै ढुंगा गिट्टी निकासीको टेण्डर  हुँदैंआएको छ ।

यसै गरी ईच्छाकामना गाउपालिका अन्तर्गत मुग्लिङ स्थित त्रिशुली खोलाबाट २ वटा ट्रक र १ वटा स्काईभेटर सेमत नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला समन्वय समिति चितवनमा पठाईएको छ ।