एभरेष्ट मःमः ल्याण्डबाट पूर्वी चितवनको पर्सा बजारमा शाखा विस्तार

 

, चितवन । चितवनको भरतपुरमा सञ्चालित एभरेष्ट मःमः ल्याण्डले पूर्वी चितवनको पर्सा बजारमा आफ्नो शाखा विस्तार गरेको छ । चितवनको बजारमा नौलो प्रकारको झोल अचार सहितको मःमः भित्राएर स्वादका पारखीहरु माझ लोकप्रिय बनेको एभरेष्ट मःमः ल्याण्डले आफ्नो तेस्रो शाखा पूर्वी चितवन पर्साको चौविसकोठीमा विस्तार गरेको हो ।पर्सामा आजबाट सञ्चालनमा आएको उक्त एभरेष्ट मःमः ल्याण्डमा करिव ४० लाख लगानी भएको
सञ्चालक समिर श्रेष्ठले बताए । काठमाण्डौंमा अत्यधिक रुचाइने अचार ९तिलको चिसो झोल० र तातो मःमको स्वाद आफुलाई मन परेपछि नै चितवनमा यसप्रकारको व्यवसाय सुरु गरेको श्रेष्ठको भनाई छ । एभरेष्ट मःमः ल्याण्डको पर्सा शाखामा मःमः सहित नेपाली खाजाका सबै परिकार उपलब्ध रहने श्रेष्ठले बताए । चितवनका मःमः पारखीहरुमा नौलो स्वादले मन जित्न सफल एभरेष्ट मःम ल्याण्डले ०६९ साल भदौ ५ गतेदेखि बुद्ध मार्केट भरतपुर हाइटमा व्यवसाय सुरु गरेको सञ्चालक समिर श्रेष्ठले बताए । नौलो स्वादको मःमः लाई ग्राहकले रुचाएपछि दोस्रो शाखा नारायणगढ लायन्सचोकमा सञ्चालनमा ल्याइएको थियो । शाखा विस्तारको अवसर पारेर एभरेष्ट मःमः ल्याण्डले २० प्रतिशत छुटको व्यवस्था गरेको उनले बताए ।