भरतपुर अस्पतालमा चिकित्सकको बेथिति : बिरामीलाई सास्ती 

कार्यालय समयमै दन्त चिकित्सक डा विश्व सुवेदी निजी क्लिनिक जाने गरेको तथ्य सार्वजनिक

चितवन ९ फागुन । चितवनको सरकारी अस्पताल भरतपुर अस्पतालको बेथिती दिनानुदिन च्याउ उम्रिए झैं , उम्रदै गएको छ । हामीले उक्त अस्पतालको बेथिती बारे पाठकवर्गमा सम्प्रेषण नगरेको दिनै छैनन् । कार्यालय समयमै दन्त चिकित्सक डा विश्व सुवेदी निजी क्लिनिक जाने गरेको तथ्य सार्वजनिक भएको खबर एक साता बित्न नपाउदै पुनः सोही अस्पतालको अर्को बेथिति समेत पर्दाफास भएको छ । एकपछि अर्को गर्दै अस्पताल आफैं लथालिङ्ग बन्दै गएको अवस्थामा जिम्मेवार निकाय चुइँक्क समेत बोल्दैनन् । अहिले त हुँदा हुँदै चिकित्सक पोशाक भत्ता बापत वार्षिक ७ हजार ५ सय थाप्ने चिकित्सकले सेतो रंगको एप्रोन नै नलगाई ड्युटीमा खट्ने गरेका छन् । ड्युटीमा खट्ने भनी पोशाक भत्ता बापत बार्षिक १४ लाख ८५ हजार बढि सरकारलाई आर्थिक भार हुन्छ । तर, सरकारकै स्वामित्वमा रहेको भरतपुर अस्पतालमा मनलाग्दीले पराकाष्ठा नै नाघेको छ । अस्पतालमा आफ्नु कर्मचारीको अनुशासनको प्रत्याभुती दिलाउने पहिलो गहना हो, सरकारी कपडा । तर, भरतपुर अस्पतालका झन्डै डेढ सय कर्मचारी मध्य एक सय भन्दा कमैले मात्रै सरकारले तोकेको पोशाक नै लगाउछन् भने सोही संख्या बराबरकै चिकित्सक पूरा समय कार्यालय नै नबसी निजी क्लिनिक दौडिरहेका हुन्छन् जस्को मारमा प्रत्यक्ष रूपमा सोझा साझा नागरिकले भोग्नुपरेको छ नै पोशाक वापतको सरकारी भत्ता समेत चरम मात्रामा दुरुपयोग भैरहेको छ । भने, अत्ति सुलभ रूपमा उपचार हुने उक्त अस्पतालमा बिरामी प्रती प्रशासनको ध्यान नै जाने गरेको पाइदैन । यदी , बिरामीले उपचार पाउने सम्भव भई हाले पावर बाहेक अरु केही चल्दैन । पावर हुनेहरू क्युमा नै नबसी सोझै गएर उपचार गर्न पाइन्छ । तर, पावर नहुनेहरुको एक सातासम्म पनि उपचार गर्न नपाउने अवस्थामा पुग्ने गरेको बिरामीका आफन्तहरू बताउँछन् । उसो, त यस अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा। रुद्र मरासिनी पनि कम छैनन् । उनी पनि सरकारी निर्देशनको पालना नगर्ने ब्यक्तिमा पर्छन् । उनी कहिल्यै पनि चिकित्सक पोशाकमा भेटिन्न ।