५ दिन चौकीमा, २५ दिन रक्सीमा
सईको हर्कतले पर्यटन प्रहरी बदनाम बन्दै
चितवन÷देशकै तेश्रो पर्यटकीय गन्तव्यको रुपमा परिचित चितवनको सौराहा यतिखेर पर्यटन प्रहरी लोकेन्द्र अधिकारीको हर्कतले थप चर्चामा आएको छ । पर्यटन प्रहरी बिट सौराहाका इन्चार्ज प्रहरी नायब निरिक्षक (सई) अधिकारीको हर्कत र कार्यशैलीलाई लिएर प्रहरीवृत्त मित्रमात्र नभई सौराहा, टाँडी, पर्सा, भरतपुर, नारायणगढ र गैंडाकोटमा समेत खासखुस बढिरहेको छ । ५ दिन त्यो पनि एकाध घण्टा चौकीमा रहि २५ दिन भट्टीमा बसि दिन कराउने अधिकारीको फुर्तिफार्ति देखेर दुनिया छक्क परिरहेको छ । कयौँ प्रहरी दिनरात नभनि ड्युटि गर्नुपर्ने अधिकारीलाई भने हाकिमहरुको गुलामी र चाकडी गरेकै आधारमा २५ महिनामा ५÷७ दिनमात्र चौकी गए हुने ? एक प्रहरीले भण्डाफोरसँग गुनासो पोखे । उनले थपे हाकिमका श्रीमती, गर्लफ्रेण्डहरुलाई होटलमा राख्ने, सौराहाका रेष्टुरेण्टहरुमा कम्प्लीमेन्टली खुवाउने, पिउने र हात्ती सफारी गराउने कार्यकै लागि सई अधिकारीलाई ड्युटि राखिएको रहेछ, उनले आफ्नो नाम नबताउने शर्तमा भण्डाफोरलाई बताए । उनका अनुसार सौराहाका होटलहरुमा खुलेआम वेश्वावृत्ती मा समेत अधिकारीले संरक्षण गर्ने गरेको र आफ्नो कर्तुतहरु ढाकछोप गर्न हाकिमहरुलाई आफ्नो प्राइभेट गाडीमा राखी सौराहाका घण्टेलज तथा रेष्टुरेण्टहरुमा लगी दिल खुस पारिदिने गरेको समेत बुझ्नमा आएको छ । सौराहाका केही कटेजहरुमा दिनदहाडै यौनधन्दा भइरहेपनि अधिकारी आफै रक्सीले मात्दै हिँड्ने गरेको नारायणगढका एकजना होटल व्यवसायीले भने । उनले अगाडि थपे कहिले गजलमा त कहिले रेष्टुरेण्टमा त कहिले आफ्नै गैंडाकोट क्षेत्रमा रहेका होटलमा गई रक्सी खाई म प्रहरी हँ जे पनि गर्न सक्छु भन्दै सर्वसाधारणलाई धम्क्याउने गरेको बताए । अधिकांश समय रक्सीमा मातेर बस्ने सई अधिकारीले प्रहरी संगठनकै बदनाम गराईरहँदा जिल्लाका एसपी के हेरी बसिरहेका छन् ? सौराहा र आसपासका सर्वसाधारणले प्रश्न गरिरहेका छन् । के सई अधिकारीलाई नसारहित अवस्थामा पूरा समय ड्युटी लगाउन चितवन प्रहरी प्रमुख सक्षम छन् त आज चौतर्फी यहि प्रश्न उठिरहेको छ । चितवनका एसपीले अधिकारीको हर्कत थाहा पाएर पनि केही नगरेका हुन कि गर्न नसकेका हुन त्यो भने एकाध दिन पछि नै खुल्ने छ ।