नारायणगढ–भरतपुरमा व्यापक घरबहाल कर छली
राजस्व कार्यालय किन बस्छ मुकदर्शक ?
चितवन÷नारायणगढ–भरतपुर क्षेत्रका घरधनिहरुले ब्यापक मात्रामा घरबहाल कर छलि गरिरहेको भए पनि आन्तरिक राजस्व कार्यालय भरतपुर भने मुकदर्शक बनि बसिरहेको छ । घरधनीहरुले ब्यबसायीबाट घरबहाल बापत मोटो रकम लिए पनि घरबहाल कर भने न्युन मात्रामा बुझाउने गरेका हुन् । उनीहरुले त्यो न्युन रकम समेत व्यवासयीहरुबाट भराइरहेका छन् । उद्योग–व्यवसाय गरी रोजगारी सिर्जना गर्नुका साथै राज्यलाई मनासिव कर तिर्ने व्यवासयीहरुलाई वर्षैपिच्छे मनलाग्दी भाडा वृद्धि गरी ढाड सेक्ने घरधनीहरुलाई कर कार्यालयले किन समाउन सकिरहेको छैन् ? के कर कार्यालयले पनि कर्मशिलहरुलाई मात्रै निचोर्ने हो ? व्यवसायीबाट लिएको भाडा रकमको दश प्रतिशत रकमको समेत कर तिर्न आनाकानी गरी लाखौँ बहालकर छली गर्ने धनाढ्यहरुलाई किन उन्मुक्ति ? नारायणगढका दर्जनौँ मार्केट, कम्प्लेक्स, भवन र सटरहरुलाई लाखौँमा भाडामा लगाउने दर्जनजति घरधनिहरुसँग किन कर कार्यालय डराइरहेको छ ? के उनीहरु राज्यको नियम कानूनमा बाँधिन पर्दैन् ? उनीहरुको धनको अगाडि राज्यका निकायहरु नतमस्त कबनेकै हुन् त ? हैन्भने घरबहाल करमा घोटला गर्नेहरुलाई कार्बाही गर्न अब कर कार्यालयले खुट्टा कमाउनु हुँदैन । कर कार्यालय अब मुकदर्शक बस्नु हुँदैन् । राज्यको कर छल्नेहरुलाई कर तथा कानूनको दायरामा ल्याउन सके करोडौँ रकम राज्यकोषमा बढ्ने स्पष्ट छ । यसर्थ आन्तरिक राजस्व कार्यालय भरतपुरले बहालकर छलि गर्नेहरुलाई तत्काल कार्बाही गरी नियम कानून सबैको लागि बराबर हो भन्ने आभास दिलाउन सक्नुपर्दछ । यसै बिच आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत थान प्र. पंगेनीलाई नारायणगढ–भरतपुरमा व्यापक कर छली भइरहेको गुनासो आइरहेको छ, तपाइँहरु के हेरी बसिरहनु भएकोछ भनि सोध्दा उनले बहालकर छली गर्ने घरधनिहरुको पहिचान शुरु गरिएकोले निकट भविश्यमा कार्बाहीको तयारी भइरहेको जानकारी दिए ।