भरतपुर–मेघौली सडक खण्डलाई तत्काल कालोपत्रे सम्पन्न गर्न पहल गरिने
चितवन, फागुन ८–
नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर–मेघौली सडक खण्डलाई तत्काल कालोपत्रे सम्पन्न गर्न पहल गरिने प्रतिवद्धता जनाएका छन् ।
पश्चिम चितवनको अमर माध्यमिक विद्यालय भरतपुर–२२ को ६३ औं वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । यस्तै प्रचण्डले केपी ओली नेतृत्वको सरकारको मन्त्रीमण्डल आजै विस्तार हुने र आज विस्तार हुने मन्त्रीमण्डलमा माओवादी तर्फबाट केही मन्त्रीहरुले सपथ ग्रहण गर्ने बताएका छन् ।
कार्यक्रममा वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा पूर्व विद्यार्थी एवंम भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, प्रदेश नं.३ (ख)का साँसद रामलाल महतो, भरतपुर महानगरपालिका वडा नं.१० का वडा अध्यक्ष अरुणपीडित भण्डारी, भरतपुर–२२ का वडा अध्यक्ष विष्णुराज महतो, जिल्ला समन्वय समिति चितवनकी उपसभापति मुना श्रेष्ठलाई अध्यक्ष प्रचण्डले सम्मान गरका थिए । कार्यक्रम विद्यालयका अध्यक्ष मधुसुदन सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो ।