चितवनका बैंकहरूमा नक्कली नोटको बिगबिगी ।

?????????????

चितवन । माघ २३ । पुर्वी चितवनका बैंकहरुमा नक्कली नोटहरु भेटिन थालेको छ । पूर्वी चितवनको पर्सामा रहेको नेपाल इन्भेष्टमेन्टमा बिहीबार नक्कली नोट फेला परेको हो । एक हजार दरको नोटको एउटा बन्डलमा एउटा नक्कली नोट फेला परेको हो । खैरहनी–१ ज्यामिरेका निरञ्जन ओझाले नेपाल इन्भेष्टमेन्ट बैंकमा जम्मा गरेको तीन लाख रुपैयाँ मध्ये एउटा बण्डलमा एउटा नक्कली नोट फेला परेको हो । बैंकले रकम जम्मा भएको स्लिप दिएको एक घण्टा पछि नोट चेक गर्दा नक्कली नोट फेला परेको थियो । रत्ननगरमा रहेको गण्डकी बिकास बैंकबाट तीन लाख रुपैयाँ निकालेर पर्सामा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकमा रकम जम्मा गरेको र त्यसमा एउटा नोट नक्कली परेको ओझाले बताए । बैंकले रकम गिन्ती गरेरे डिपोजिट स्लिप दिएको तर पछि चेक गर्दा एक हजारको एउटा नोट नक्कली रहेको फेला परेको नेपाल इन्भेष्टमेन्ट बैंक पर्साका शाखा प्रमुख नविन शिखंडाले जानकारी दिए । ओझाले जम्मा गरेको उक्त गड्डीमा अन्य दुईवटा बैंकको समेत ट्याग रहेको छ । पछिल्लो समय एक हजार र पाँच सयको नक्कली नोट बैंकमा जम्मा गर्नको लागी आउन थालेको उनले बताए । नक्कली नोट फेला परेको उक्त गड्डीमा नेपाल बङ्गलादेश बैंक र एन.आइ.सी एशिया बैंकको ट्याग समेत रहेको प्रहरीले जनाएको छ । घ २९ ४७५२१९ नम्बरको उक्त नक्कली नोट प्रहरीले बरामद गरेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक कैलाशसिहं बिष्टले जानकारी दिए ।