ज्योति विकास बैंकले चितवनको देवघाटमा शाखा कार्यालय विस्तार ।
चितवन माघ २० । ज्योती विकास बैंकले चितवनको देवघाटमा शाखा कार्यालय विस्तार गरेको छ । देवघाट गाउँपालिका उपाध्यक्ष विमला थापा तथा बैंकका संचालक नारायणप्रसाद पौड्यालले संयुक्तरुपमा शुक्रबार शाखाको उद्घाटन गरेका छन् । उक्त अवसरमा ज्योति विकास बैंक देवघाट शाखाले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तगत गलेश्वर आश्राम देवघाटका ४०० बृद्ध बृद्धालाई भोजनको व्यवस्था समेत गरेको छ । बैंकले निकट भविष्यमा नै १० वटा नयाँ शाखा सञ्चालनमा ल्याउने तयारी गरेको छ । बैंकले आफ्ना ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखि निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोवाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवाका साथ एबिबिएस सेवासमेत उपलब्ध गराएको छ । हाल बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । हालसम्म बैंकले करिब १ लाख २२ हजारभन्दा बढि खाता बाट १३ अर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत १२ अर्व ४३ करोड रुपैयाँ ऋण लगानी गरेको छ । बैंकले हालै जारी गरेको बोनस सेयर समेत गरी चुक्ता पूँजी २ अर्ब ५९ करोड पुगिसकेको छ ।