कुरा भन्दा काम गर्न अग्रसर हुनुपर्ने : प्रमुख दाहाल
५८ औ स्थापना दिवसको अवसरमा उद्योग वाणिज्य संघद्वारा खुल्ला रक्तदान कार्यक्रम
भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले कुरा भन्दा काम गर्न सबै अग्रसर हुनुपर्ने बताउनु भएको छ । उद्योग वाणिज्य सघं चिनवनको ५८ औ स्थापना दिवसको अवसरमा नारायणगढमा आयोजित अन्तरकृया कार्यक्रममा बोल्दै उहाँले जनताले महशुस गर्ने गरि कामको थालनी गरिएको वताउनुभयो । महानगरले यस आर्थिक बर्षमा भरतपुर महानगरको सडक निमार्ण,सिटि हल तथा रिङरोडको कामलाई तिव्र गतिमा अघि वढाउने वताउनुभयो । उहाँले नगरको सरसफाई ,खानेपानी ,ढल व्यवस्थापन तथा सडक बत्तीको मर्मतलाई प्रथामिकतामा राखिएको बताउनुभयो । पुरानो सोच ,मानसिकता र कर्मचारीतन्त्रले गर्दा जनताले चाहे अनुसारको काम गर्न नसकिएको उहाँको भनाई छ । भरतपुरको समस्याको रुपमा रहेको फुटपात ,३ पाङग्रे यातायत , सडक बत्ती ,पार्किङको व्यवस्थापनको लागि सरोकार निकायसंग छलफल गर्दै छिट्टै निचोडमा पुग्ने मेयर दाहालको दावी छ ।
कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य डा. तिलचन्द्र भट्टराईले उवासघंलाई पुर्नसंरचना गरि व्यवसायीक प्रतिस्पर्धा र गुणस्तरमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले नयाँ ढंङगबाट व्यवसाय गर्दै देशमा आर्थिक क्रान्ती गर्नेतर्फ अग्रसर हुन आव्हान गर्नुभयो ।
यस्तै उद्योग बाणिज्य सघं चितवनका पुर्व अध्यक्ष महेन्द्रलाल प्रधानले उद्योग बाणिज्य सघंले समय अनुसार आफ्नो भुमिकालाई परिर्वत गर्दे जानुपर्ने वताउनुभयो । उहाँले व्यावसायीको हकहित र देशको आर्थिक विकासमा ध्यान केन्द्रित गर्नुपर्ने समय आएको बताउनुभयो ।
उद्योग बाणिज्य सघं चितवनका निर्वतमान अध्यक्ष राजन गौतमले भरतपुर महानगरका २९ वटा वडामा महानगरले ढल ,पानी ,बाटोको बिषयमा अनुगमन गर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रम उद्योग बाणिज्य सघं चितवनका अध्यक्ष सहनलाल प्रधानको अध्यक्षतामा सम्पन्न भएको हो ।
यसैबिच उद्योग वाणिज्य सघं चिनवनको ५८ औ स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । रक्तदानमा ३ महिला सहित ४३ जनाले रक्तदान गरेका छन् ।