चोरीको सवारी चढ्दै प्रहरी !

के भन्छन् त एसपी थापा ?

चोरी, डकैती नियन्त्रण गर्ने प्रहरीले नै चोरीको गाडी चढ्ने गरेका छन् भन्दा पत्यार नलाग्न पनि सक्छ । त्यो स्वाभाभिकै हो । किनभने हामी प्रहरीलाई समाजमा शान्ति सुरक्षा प्रदान गर्ने शान्ति सुरक्षा प्रदान गर्ने शक्ति मान्छौ । हुन पनि प्रहरी प्रशासन भनेको राज्यको सुरक्षा निकाय हो । जुन निकाय र त्यसको मातहतका इकाईहरु निति, नियम, ऐन कानुनमा बाँधिएका हुन्छन् । उनिहरुले गर्ने हरेक कार्य विधि सम्मत र पारदर्शी हुने गर्दछ । के तपाईले यस्तो सोच्नु भएको छ ?सोच्नु भएको छ भने त्यसलाई चितवन प्रहरी कार्यालय र मातहतका इकाई कार्यालयहरुले मित्थया सावित गरिदिएका छन् । हो हामीले गरेको खोज र अनुसन्धानले त्यही पुष्टि गरेको छ । अझ तपाईले घरबाट दुई सय मिटर यता स्कुलमा बच्चा लिन जार्दै गर्दा या दोकानमा केही दिन जाँदै गर्दा कहिले काँही झुक्किएर तपाई सँग विलबुक लाइसेन्स नहुँदा तपाईलाई चिट थमाई हाल्ने ट्राफिकले समेत चोरीका मोटरसाइकलप्रयोग गर्ने गरेका छन् भन्दा तपाई अचम्म मान्नुहुनेछ । तर अब अचम्म नमान्नुहोस् यहि यथार्थ हो । जिल्ला प्रहरी कार्यालयमा रहेको एम्बुलेन्स समेत अबैध हो । त्यस्तै इलाका प्रहरी कार्यालय माडिले चढ्दै आएकोना.११.प.६२७५ जिप पनि चोरीको हो । त्यस्तै अधिकांश धुमुवा प्रहरीहरुले चढ्ने मोटरसाईकल पनि चोरीकै हुन् । चितवन प्रहरी र मातहतका चौकीहरु इ.प्र.का. भण्डारा, पर्सा, टाँडी, मुग्लिन, चनौली, गितानगर प्रहरी चौकीहरु, जुगेडी, रामनगर, शरणपुर, मंगलपुर,जुटपानी लगायत दर्जनौ चौकीहरुमा सयौँ चोरीका मोटरसाइकलहरु रहेका छन् । ति चोरीका मोटरसाइकलहरु भन्सार बुझाउनको सट्टा एसपी दिपक थापाको योजना र निर्देशनमै चोरीका सवारीहरु मनलाग्दी रुपमा प्रहरीले चढ्ने गरेका हुन् । कतिपय प्रहरी त बाइक देखाएरै गल फ्रेन्ड पट्याउछन् । चितवन प्रहरी बारे एक जानकार बताउँछन् । भण्डाफोरले प्राप्त गरेको गोप्य सुचना अनुसार चोरीका ५ दर्जन जति सवारी चितवन प्रहरी र मातहतका चौकीहरुले प्रयोग गरिरहेको देखन्छ । आखिर प्रहरीले किन चोरीको सवारी साधन चढ्नु प¥यो ?त एकातिर जिल्लामा पछिल्ला वर्षहरुमा सवारी चोरीका घटनामा बृद्धि हुनु त्यसलाई रोक्न र चोरीका मोटरसाइकललाई फिर्ता गराउन प्रहरी असफल बन्दै जानु अर्को तिर प्रहरीहरुले नै चोरीको सवारी साधन मनलाग्दी प्रयोग गर्ने प्रवृतिले कता चोरहरुलाई नै प्रशय मिलिरहेको छैन भन्ने गम्भिर प्रश्न खडा भएको छ ।
यसैबीच प्रहरीले नै किन चढ्छन् त चोरीको बाईक भनी चितवनका एसपी दिपक थापासँग प्रश्न गर्दा उनले हलुका पाराले समातिएका बाइकहरु चोरीको हो वा होइन भन्ने भेरिफिकेसन नभएको अवस्थामा इन्जिन सिज नहोस् भन्नका लागि प्रहरीले प्रयोग गरेको जिकिर गरे ।

आजको भण्डाफोर अभियानबाट