किन दोहोरीन्छन, भुलहरु ?
जानकारी हुनु मात्रै प्रयाप्तहुँदो रहेनछ । व्याख्यान छ तर आख्यानहुन सकेन भने पनि यो एउटा आफैमा समस्याको रुप लिदो रहेछ । झन्झन्नयाँनयाँ रुप लिदै निकै रगिंनतरिकाले कमजोरीहरु अगालो हाल्नआउँदा रहेछन ।माया गरे जस्तो पनिलाग्ने ।
भएपछिगल्ति, तत्कालै आत्माग्लानीनहुने पनिहोइन । नयाँनयाँमितितोक्दै गल्तिहरुलाई नदोराउने कोशिस पनिभइरहेको हुन्छ । केहीदिनहरु हुदैनन् तिनै प्रकृतिकाभुलहरु र पनिकुनै फेरी एउटा मिठो बहानाबनाएर आइपुग्छ मनको मुसो, सकंल्पका डोरीहरु धुजाधुजाबनाइसकेको चालै हुदैन् ।अनि, यसैगरी पटक पटक दृढताको डोरी खुकुलो हुनथालेपछि, अनायास कमजोरी पनि मिठो लाग्न थाल्दछ, मन आदिभइसक्दो रहेछ । एकप्रकारको नशा कै रुपलिन थाल्दछ । कतिपय देखिने कमजोरी हुन्छन अनिकयौन कमजोरीहरु अदृश्य हुन्छन ।
फेरी ब्रह्माण (युनिभर्स)पनिविचित्रको छ ,कमजोरी अनुकूलको पात्रहरु सघाउनपनिकता कताबाट तम्तयार भएर आइपुग्छन । एकआपसको मानसिकरुपतापनिमिलिहाल्दो रहेछ । हरहालतमा सघाउनका लागिआतुर भइदिन्छन । कस्तो विचित्रसंसार।
संकल्पमा दृढताको कमि भएपछि स्वतःभुलहरु सहजै दोहोरीन थाल्दछन् । भुललाई भुलहो भनिभावानात्मक रुपमाबुझेको भएपनिकहिं कतै त्यो कमजोरी प्रतिको मोह हृदयमाबनिरहेको हुन्छ । दिर्घकालिनरुपमा पर्ने प्रभावभन्दापनि क्षणिक भावाबेशमाआएर घटना घटित भइरहेको हुन्छ । मनको कुनै कुनामा रमाइलो तर्कहरु सलबलाउन थाल्दछन र भएको गल्तिप्रतिजतिबोध हुनुपर्ने हो , हुनै सक्दैन ।
आखिर भुलहरु किन दोहोरीन्छन ? यो मुलमुद्धा हो ।उज्जालोको अभावमाअध्यारो सक्रिय हुन्छ भने जस्तै आत्मामाशक्तिको अभावभयो भने अनायास भुलहरु दोहोरीन थाल्दछन् । आन्तरीकशक्तिको अभावमामनले बाह्य शक्ति,श्रोत वाउपायखोजेर भएपनिआत्म सन्तुष्टिको बाटो अवलम्वनगर्न थाल्दछ । आत्माशक्तिकालागिइमान्दारीपूर्वक आत्मचिन्तन, आत्मदर्शन र आत्मबोध अत्यावश्यक हुन्छ । आत्मचिन्तनकालािगनियमितअभ्यासको पनि महत्वपूर्ण भुमिका हुन्छ । निष्ठा हुनपर्दो रहेछ ।
आत्मचिन्तनमा उद्धत हुनेहरुबाट पनिभुलहरु हुदैन भन्ने होइन । फगतचिन्तन रहर, कर वानियतिमाआधरीत हुने गर्दछ । आत्मचिन्तनपनि पेशापो भएको छ कि?विचारणीय कुरा यसमा छ ।भएर पनिनहुनु र नपाएर नहुनुकाविच ठुलो अन्तर छ । प्रशस्तअवसरकावावजुदनगर्नु र अवसर नपाएर इमान्दार भएको अभिनयगर्नुमामतान्तर हुने गर्दछ ।
गल्तिहरु नहुनु ठुलो कुरा होइन । मानिसबाट भूलहरु यदाकदाहुन सक्छन । विचारणीय कुरा के हो भने भुलहो, कमजोरी हो भनि , जानिजानिकनपनि दोहोराउनु वास्तवमा यो दुःखदपक्षहो । यो कमजोरी नै हो । मूलकमजोरी नै हो भने यसले जीवनका धेरै लामोसमय सम्म पछयाई रहन सक्दछन् । मानौ छाँया नै बनिरहन सक्दछन । छाँयालाई मात्र उछिन्न खोज्ने हो भने सम्भवतः असंभव नै होला ।
अव, अलिक सजकहुन सकौं । यसका अनेकौ उपायहरु हुन सक्दछन ।
१) स्वयसँग कठोर, अरुप्रतिदयालु ः प्रायःकमजोर मनस्थितिहुनेहरु अरुको एउटा सानो भुलप्रतिअति कठोर, निर्दयीभावले प्रस्तुतहुन पुग्दछन, जुनमनले समय समयमामुर्ख बनाइरहेको छ, त्यस मन प्रतिअति कठोर हुनुपर्ने हो । तर त्यसो हुदैन ।
२) संभावनाका द्धारहरु प्रति सजकःजुनजुन कुराले मनलाई मुर्छित बनाउन सहायकभुमिकानिर्वाह गर्न सक्छन, त्यसको मुल नै बन्द गरीदिने । भइसके पछि पछुताउनु भन्दाशुभारम्म नै हुननदिनु बुद्धिमानी हुन जान्छ।
३) आस्थाप्रति पूर्णतया सर्मपणःकुनै न कुनै आस्थानभएको त संभवतकोहीहुदैन् । आस्था केवल रोजीरोटीको थलो नवनोस । आस्थाको आर्दशलाई जीवनमा एउटा विम्वबनाउन सकौं । जीवन नै आस्थाको पुञ्जबनोस ।
४) कमजोरीको जानकारीः हरेकमाकमजोरी हुन्छन् । आफ्नो कमजोरीलाई थाहापाइराख्ने तर पश्चातापको रुपमा सवैलाई सुनाउदै हिडनु हुदैन । कमजोरीको बर्णन झनकमजोरीलाई बढाउन सहयोग पुर्याउँछ ।
५) मर्यादालाई अपनाउः ईश्वरीय नियम र मर्यादालाई पूर्णतयाअपनाउनप्रयत्नशिलहुन सकौं । मनभित्रबत्तिबलिरहन सकोस, पिता परमात्मशिवबाबालाई ईमान्दारीपूर्वक स्मरण गरौं । आत्मचिन्तनप्रतिजागरुकहुन सकौ । अस्तु ।