फरार अभियुक्तहरु धमाधम प्रहरी नियन्त्रणमा
जिल्लाको सुरक्षा अवस्था चुस्त रहेको एसपी थापाको दाबी
चितवन , माघ १५ ।
चितवन प्रहरीले सुरक्षामा उच्च सतर्कता देखाएको छ । चितवनका प्रहरी प्रमुख दिपक थापा जिल्लामा प्रमुख भएर आए संगै अपराधीक गतिविधिमा संलग्न गुण्डा हरु पलायन भएका छन् भने, फरार सुचीमा रहेका अपराधीक समूहहरु समेत भटाभट प्रहरी खोरमा जाग्दै आएका छन् । गत, ०४ मंसिर २०७३ मा जिल्लामा सरुवा भएर आएसंगै सञ्चारकर्मी सित छोटो प्रतिक्रिया दिदै एसपी थापाले लागू औषध , देहब्यापार र गुण्डागर्दी नियन्त्रण मा लिनु नै आफ्नु प्रमुख उद्देश्य भएको र सोही उद्देश्य पूरा गर्न चितवन आएको बताएका थिए । साथै, उनले गुण्डाहरु अब दुलोभित्र छिरे हुन्छ भन्ने अभिव्यक्ति ले झनै चर्चामा आएका थिए । र, उनको यो अभिव्यक्ति अनुसारको काम बिस्तारै पुरै हुँदै गएको चितवनबासीले अनुमान गरेको छ । माततहका प्रहरीलाई दिनुहुँ जसो शान्तिसुरक्षा चुस्तदुरुस्त बनाइ राख्न कडा निर्देशन दिएकै कारण जिल्लामा ठुलाठुला अपराधीक गतिविधीमा संलग्न भई लामो समयदेखि फरार रहेका अभियुक्तहरु पछिल्लो डेढ महिनायता भटाभट नियन्त्रणमा आउन थालेपछि जिल्लाको सुरक्षा चुस्त भएको पुष्टि भएको हो । एसपी थापाले कार्यालय मा दैनिकीजसो बिफ्रीङ्ग गर्दै सुरक्षामा कसै सँग सौदाबाजी नगर्न र शंकास्पद ब्यक्ति हरुलाई ’अन द स्पोर्ट’ नियन्त्रणमा लिएर कार्वाहीको प्रक्रियालाई अगाडि बढाउन र मिडियाबाजी नगर्न साथै, केही कमजोरी वा समस्या भए आफुलाई जाहेर गर्न माततहका प्रहरीलाई पटकपटक निर्देशन दिने गरेको कार्यालयका एक उच्च प्रहरी अधिकारीले जानकारी दिए ।
“चितवन बासिन्दाको लोकप्रिय बन्छु , जुन उद्देश्य पूरा गर्न संगठनमा हात हालेको हो , त्यो पूरा गर्छु “ सिकायतको कुनै मौका कसैलाई दिन्न ( एसपी थापा“
प्रहरीको कडा सुरक्षाकै कारण जिल्लामा पछिल्लो समय अपराधीक गतिविधिमा समेत ह्वात्तै नियन्त्रणमा आएको प्रहरीको यो ४५ दिन को प्रतिबेदनले नै पुष्टि गदर्छ । चितवन जिल्ला आफैं पनि असुरक्षित भएको जिल्ला हो । यस भुभागबाट नेपाल भारत ओहोरदोहोर गर्न बैकल्पिक बाटोका रूपमा लिईन्छ एक प्रहरीले भने, पछिल्लो पाँच महिनायता एसपी थापा आफैं फिल्डमा हिंड्ने र माततहका प्रहरी सित समेत सुरक्षा रणनीति बुझेर सकभर जिल्लालाई सुरक्षा बाहिर लैजानै नदिने रणनीतिमा लागेको बताए । उनैको कडा निर्देशनका कारण जिल्लाको सुरक्षा ब्याबस्था चुस्तदुरस्त भएको स्थानीयले बताए । उसो, त स्थानीय होस् वा प्रतिनिधी सभाको चुनाव नै निर्वाचनमा समेत आफैं फिल्डमा हिंडेर सानातिना बिस्फोट बाहेक मानवीय दुर्घटना हुन पाएनन् , एक प्रहरीले भने स्( गल्ती काम गरे कुनै हालतमा नछाड्ने र राम्रो काम गरे पुरस्कृत गर्ने उहाँको यस खुबीले चितवन बासिन्दाको लागी लोकप्रिय र प्रेरणादायीक बनाएको छ ।
“अपराधीक गतिविधिको मामिलामा म कसैसँग सम्झौता गर्दिनँ , कसैसँग घुस लिन्न , इमान्दारीपुर्वक संगठनमाथि आँच आउने गरी कुनै गतिविधिमा संलग्न हुन्न ( एसपी दिपक थापा “
फरार अभियुक्त प्रहरी नियन्त्रणमा ।
घट्ना ( १ गत , पुस १६ गते दिउँसो भरतपुर(१०स्थित वीरेन्द्र क्याम्पसको डिग्री क्याम्पस कम्पाउण्ड भित्र फुटबल खेली रहेका भरतपुर महानगरपालिका ११ का २१ वर्षीय संजय कार्कीलाई कुटपिट गर्ने दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भरतपुर–१० बस्ने वर्ष २१ का अमृत तामाङ, सोही स्थान बस्ने वर्ष २२ का सिजे लामा रहेका छन् । उनीहरुलाई लुकीछिपी बसेको अवस्थामा काठमाण्डौं निलबराहीबाट पक्राउ गरेको हो। पक्राउ परेकालाई केही सार्वजनिक अपराध र सजाँय ऐन अन्तर्गत म्याद थप गरी कारवाही प्रक्रिया अगाडी बढाईएको चितवनका प्रहरी प्रमुख एसपी थापाले बताए ।
घट्ना (२ पुनरावेदन अदालत पाटनले तीन वर्ष कैद र पाँच करोड ७५ लाख जरिवाना तोकेको फरार अपराधीलाई चितवन प्रहरीले माघ १३ गते राती पक्राउ गरेको छ । अदालतको फैसलापछि फरार रहेका काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदी घर भएका ३४ वर्षीय विमल खड्कालाई प्रहरीले पक्राउ गरेको हो । उनलाई भरतपुर महानगरपालिका–१२ गोन्द्राङबाट पक्राउ गरी आइतबार जिल्ला अदालत चितवनमा बुझाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दिपक थापाले बताए । उहाँका अनुसार खड्कालाई नेपाल राष्ट्र बैंकको जायरीले बैंकिङ कसुरको मुद्दामा २०७१ असोज १ गते पुनरावेदन अदालत पाटनले तीन वर्ष कैद र पाँच करोड ७५ लाख रुपैयाँ जरीवाना तोकेको थियो । केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका खड्कालाई पाटन अदालतबाट जिल्ला अदालत चितवनमा कागजपत्र पठाई जिल्ला कारागार पठाइएको थापाले बताए ।
घट्ना ( ३ विभिन्न मुद्दामा काठमाडौंको डिल्लीबजार कारागार रहेका कैदी टिके डन भनिने टीकाबहादुर थापालाई प्रहरीले चितवनमा गोली ठोकेर पक्राउ गरेको छ ।
बाइक चलाएका थापालाई प्रहरीले चितवनको रामनगरमा माघ १३ गते साँझ ५ः१० बजे सडकमै गोली ठोकेर नियन्त्रणमा लिएको छ । चितवन प्रहरी प्रमुख दीपक थापाका अनुसार थापालाई दुई गोली लागेको छ । हात र तिघ्रामा गोली लागेका उनको भरतपुर अस्पताल मा उपचार भइरहेको छ । पक्राउ गर्न गएका प्रहरी टोलीमाथि नै गोली चलाए पछि आत्मरक्षाका लागी महानगरीय अपराध महाशाखाको टोलीले जवाफी फायरिङ गरेको एसएसपी दिवेश लोहनीले बताए । उनी ४ माघमा डिल्लीबजार कारागारबाट भागेका थिए ।
घट्ना (४ विभिन्न अपराधमा संलग्न भई फरार रहदै आएका कालिका नगरपालिका वडा नम्बर ६ घर भएका ५२ वर्षीय धिताललाई एक साता अगाडि प्रहरीले पक्राउ गरेको छ । कुटपिट मुद्दामा फरार धिताललाई चितवन जिल्ला अदालतले कैद र जरिवाना तोकेको थियो । तर , फरारको सूचीमा रहेका व्यक्तिहरु को खोजतलास गर्ने विशेष अभियान अन्तर्गत चितवन प्रहरीले नरराज धिताल लाई पक्राउ गरेको हो । कुटपिट मुद्दामा जिल्ला अदालतले धिताललाई छ महिना कैद र तीन हजार रुपैयाँ जरिवाना तोकेको थियो । फरार धिताललाई प्रहरीले सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दिपक थापाले जानकारी दिए । धिताललाई गएको मंगलबार नै जिल्ला अदालतमा उपस्थित गराएर कैद भुक्तानको लागि जिल्ला कारागारको थुनामा पठाएको थापाले बताए ।
घट्ना (५ भरतपुरबाट पौष २५ गते
ठूलो परिमाणमा गाँजा बरामद गरिएको छ । गाँजा ओसारपसारमा संलग्न दुई भारतीय नागरिक लाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरी सहायक निरीक्षक अक्षयकुमार साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले भरतपुर महानगरपालिका वडा नं ९ गोन्द्राङमा गाडीभित्र जाँच गर्दा ८६ किलो ४७० ग्राम गाँजा बरामद गरेको हो । चितवनबाट वीरगञ्ज हुँदै भारत जान लागेको जेएच ०१एन ८६११ नम्बरको बोलेरो गाडीमा जाँच गर्दा हुटमुनि फल्सबटम बनाई पत्रिका र प्लास्टिकले बेरी टेपले बाँधेर बण्डल बनाएर राखिएका डेढ किलोदेखि सवा तीन किलोसम्म तौल भएको ३३ बण्डल गाँजा फेला पारेको थियो । प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको गाडी बरामद गर्नुका साथै त्यस कार्यमा संलग्न भारत मोतीहारी जिल्ला गोपीगञ्जका २४ वर्षीय नरेशकुमार प्रसाद र सोही ठाउँका १९ वर्षीय निकेशकुमारलाई नियनत्रणमा लिइएको छ । गाँजा ओसारपसारबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
“घुमुवा प्रहरी राख्नै पर्छ , अपराधीक गतिविधि नियन्त्रणमा आउनै पर्छ , घुमुवा प्रहरीले बदमासी गरे वा अनुचित लाभ लिए वा संगठन बिपरित क्रियाक्रलाप गरे मलाई भन्नुहोस् प्रमाणित भए कार्वाही हुन्छ र गर्छु “(एसपी ( थापा