होटल माउन्टेनबाट छ जोडी पक्राउ

पौंष २०,बिहिबार, भरतपुर । चितवन प्रहरीले भरतपुरबाट वेश्यावृतीमा संलग्न ६ जोडीलाई पक्राउ गरेको छ । भरतपुरको केन्द्रिय बस ट्रमिनलमा रहेको होटल माउण्टेनमा छापा मारी प्रहरीले आपत्तीजनक अवस्थामा ६ जोडी यूवा–युवतीहरुलाई होटल कोठाबाट पक्राउ गरेको हो । प्रहरीले विशेष सुचनाको आधारमा बुधवार दिउसो ३ बजे छापामारी तिनीहरुलाई कार्बाही गरेको हो । पक्राउ पर्नेहरुमा बर्ष १८ की युवती देखि ४० बर्ष सम्मका रहेका छन् । प्रहरीले पक्राउ गरेकाहरुमा भरतपुर–४ का युवराज लामा, गैंडाकोट ५ का भरतपुर–९का राजेन्द्र बोगटी र भरतपुर–६ का निराजन चौधरी रहेका छन् । त्यस्तै उनीहरुको साथमा डुम्रे–१ तनहुँकी रानी आले (नाम परिवर्तन) भरतपुर–८,की सुविना मगर (नाम परिवर्तन) रानी माया लामा(नाम परिवर्तन) रम्भादेवी कंडेल (नाम परिवर्तन) भरतपुर–६ रेविका तामाङ (नाम परिवर्तन) रहेका छन् । पक्राउ परेका उनीहरुलाई केही सार्वजनिक अपराध ऐन अन्र्तगत मुद्दा चलाएको छ भने् होटल मालिक सुरेन्द्र अधिकारीलाई समेत केही सार्वजनिक अपराध ऐन अन्र्तगत मुद्दा चलाईएको चितवनका डि.एस.पी. शिव आचार्यले जानकारी दिए ।