नयाँ सरकारलाई बाटो छाड
सम्पादकीय
प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन भई प्रत्यक्ष एवं समानुपातिक परिणाम समेत सार्वजनिक भईसकेको छ । मत परिणाम अनुसार वामगठ बन्धन दुई तिहाई नजिक छ । एमाले सबैभन्दा ठुलो पाटी बनेको छ । कांग्रेसले आफ्नो स्थान तल झार्दै दोश्रो पार्टीमा खुम्चिन बाध्य भएको छ । यता माओवादी यथावत तेस्रो स्थानमा अडिएको छ भने गत संसद चौथो शक्तिको धावा गर्ने रा.प्र.पा.पतन जस्तै भएको छ । मधेश केन्द्रितदलहरुले अस्तित्व जोगाउँदै वैकल्पिक शक्तिको रुपमा स्थापित भएका छन् । ३ प्रतिशत थ्रेस होल्डका कारण अन्य पार्टीहरु राष्ट्रिय दल हुनै सकेनन् । जनताको ताजा जनादेश आएको पनि २ हप्ता हुन लाग्यो । तर वर्तमान सरकारका प्रधानमन्त्री शेर बहादुर देउवाले राजिनामा गरी नयाँ सरकारलाई मार्ग प्रशस्त गर्न आनाकानी गरिहेका छन् । विभिन्न वाहाना र अड्को थाप्दै देउवाले सत्ता लम्बाउने चलखेल गरिरहेका छन् । दलहरु बीचमा राजनितिक सहमतिहुननसकेर संसद बाट पास हुन नसकेको राष्ट्रिय सभा सम्बन्धि विधेयक राष्ट्रपतिले अवरोध गरेको भन्दै लोकतन्त्र कै खिल्ली उठाउने गरी देउवाले सत्तालम्बाउने खेल खेलिरहेका छन् । कामचलाउ भईसकेको सरकारबाट एकातिर राष्ट्रिय महत्वका निर्णयहरु गर्दैै जाने र अर्कोतिर मन्त्री परिषदबाट निर्णय गराई राज्यकोषको ढुकुटी दुरुपयोग गरी आफ्नाआसेपासे र कार्यकर्ताहरुलाई करडौं रकम बाड्ने कार्यले देउवाको असलियत थप उदा·िदै गएको छ । आफुलाई प्रजातन्त्रको ठेकेदार ठान्ने नेपाली कांग्रेस र सो पार्टीका सभापति समेत रहेका देउवाले सत्ता हस्तान्तरण गर्नमा ढिलाई गर्नुमा विदेश षडयन्त्र पनि हुन सक्ने देखिन्छ ।
वाम गठबन्धनलाई तोड्न र नेपालमा स्थिरता हुन नदिने तत्वहरुको चङगुलमा देउवा फसेको कारण विभिन्न वाहानामा सत्तालम्बाउने चलखेल गरेको विश्लेषण भईरहेको छ । नेपालमा शान्ति स्थिरता र विकास भएको देख्न नचाहने तत्वहरुले अहिले विभिन्न कोणबाट खेल्ने कोसिस गरिरहेका छन् । एकातिर देउवाको सत्ता लम्बाउदै जाने सोही समयलाई उपयोग गर्दै माओवादी र एमालेलाई एकीकृत हुननदिने त्यसका लागि एमाले र माओवादी दुवै तिर एकअर्कामा अविश्वास वैमनस्यता र दुरी बढाउँदै लैजाने । सके सम्म प्रचण्डलाई ५ वर्षे प्रधानमन्त्रीको ललीपप दिई एमाले इत्तरको सरकार बनाई एमालेलाई सत्ता बाहिरै तड्पाउने नसके एमाले र फोरम वा राजापालाई मिलाई माओवादीलाई डिमोरलाइज गर्ने । त्यसो गर्दा जनुसुकै सरकार बने पनि कमजोर धरातलकमजोर बनाई अस्थिरता पैदा गराई रहने । त्यसो गर्न सकेमा ५ वर्षमाकम्तिमा २ वा ३ सरकार बद्लिने हुन सक्छ । त्यसो पनिगर्न नसके वाम गठबन्धनका विरुद्ध कांग्रेस र मधेश केन्द्रित दलहरुलाई उचालि सडक आन्दोलन, अराजकता र उत्पातमचाउँदै मुलुकमा अस्थव्यस्थ बनाई अन्त्यहिन अस्थिरता गराउने चल खेल भईरहेको र त्यहि षडयन्त्रको अ·को रुपमा प्रधानमन्त्री शेर बहादुर देउवाले राजिनामागर्न आलटाल गरिरहेको आमा आशंका र विश्लेषण गर्न सकिन्छ ।
जसको प्रयाप्त आधारहरु पनि देखिन्छ । यसर्थ सबै खाले षडयन्त्रलाई पराष्ट गर्न वामगठबन्धन र सम्पूर्ण राष्ट्रवादीहरु थप सचेत र सक्रियहुनुपर्ने देखिन्छ । त्यसको लागि देउवा सरकारलाई हटाउन अबआवश्यकता परे सडकबाट समेत आवाज र आन्दोलन उठाउँनुपर्छ । अतः देउवा सरकार तत्काल राजिनामा गरि नयाँ सरकारलाई बाटो छाड ।