चितवनमा सबैतिर बाम गठबन्धन नै अगाडी

दिउसोको २ बजे सम्मको चितवनको मत परिणाम अपडेट


भरतपुर, २३ मंसीर । प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना चितवनमा जारी छ । चितवन उच्च माध्यामिक विद्यालय परिसरमा शुक्रबार देखि सुरु भएको मतगणना सुस्त गतिमा बढी रहेको छ । पछिल्लो मत परिणाम अनुसार दिउसोको २ बजे सम्मको नयाँ परिमाण यस्तो छ ।

चितवन क्षेत्र नं. ३ प्रतिनिधिसभा तर्फ पुर्व  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ५ हजार २५६ मत ल्याउनु भएको छ भने उहाँलाई राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले ३ हजार १६८ मतले पछाउदै हुनुहुन्छ । क्षेत्र नं.३ को प्रदेश (क) तर्फ कांग्रेसका दिनेश कोईरलाले ६ हजार ८१७ मत ल्याउनुभएको छ भने उहाँलाई बाम गठबन्धनका कृष्ण भुर्तेलले ५ हजार ८७४ मतले पछाई रहनु भएको छ । प्रदेश (ख) मा बाम गठबन्धनका रामलाल महतोले ६ हजार १३५ मत ल्याउनु भएको छ भने उहाँका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका साजन महतोले ३ हजार ६७३ मत प्राप्त गर्नुभएको छ ।

त्यसतै चितवन क्षेत्र नं.२ मा बाम गठबन्धनका कृष्णभक्त पोखरेलले लिड गरिरहनु भएको छ । उहाँले ४हजार ८५७ मत ल्याउदा लोकतान्त्रिक गठबन्धनका शेष नाथ अधिकारीले २ हजार २८२ मत पाउनु भएको छ । क्षेत्र नंं. २ को (क) प्रदेशमा बाम गठबन्धनका घनश्याम दाहाल अविनाशले ७हजार ५५४ मत ल्याउदा लोकतान्त्रि गठबन्धनका जित नारायण श्रेष्ठले ५१२५ मत प्राप्त गर्नुभएको छ । प्रदेश (ख) मा बाम गठबन्धनका विजय सुबेदीले ६२५६ र लोकतान्त्रीक गठबन्धनका प्रकाश अधिकारीले २ हजार ९५० मत प्राप्त गर्नु भएको छ ।

चितवन क्षेत्र नंं. १ मा बाम गठबन्धनका साझा उम्मेदवार पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले ६०९२ मत प्राप्त गुर्न भएको छ । उहाँलाई लोकतान्त्रीक गठबन्धनका राजेन्द्र बुर्लाकोटीले ४०१२ मतका साथ पछाउदै हुनुहुन्छ । क्षेत्र नंं १ को प्रदेश (क) मा बाम गठबन्धनका दावा दर्जो लामाले नै लिड गरिरहनु भएको छ । उहाँले ६७७९ मत ल्याउदा लोकतान्त्रीक गठबन्धनका धनबहादुर गुरुङले ४९५९ मतले पछाउदै हुनुहुन्छ । प्रदेश (ख) तर्फ बाम गठबन्धनका कृष्ण खनालले ८९७२ मत प्राप्त गर्दा लोकतान्त्रीक गठबन्धनका उत्तम आर्चायले ६४७३ मतले पछाई रहनुभएको छ ।