अब बाम गठबन्धनको सरकारले सम्बृद्धि ल्याउछ ः प्रचण्ड


चितवन । नेकपा (माओबादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब देशमा सम्बृद्धि आउने बताएका छन् । पश्चिम चितवनको मेघौलीमा मगंलबार आयोजित चुनाबि सभालाई संम्बोधन गर्दै प्रचण्डले भने देशमा अब बाम गठबन्धनको स्थिर सरकार बन्ने र त्यहि सरकारले अब देशमा सम्बृद्धि ल्यााउँछ ।”
चितवन क्षेत्र नम्बर ३ को बामगठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका दाहालले आउँदो ५० बर्ष सम्म नेपालमा बाम गठबन्धनको सरकार रहने भन्दै यसले देशलाई सम्बृद्ध बनाउने बताएका हुन् । चितवनको माटोमा टेकेर आँफुले देशलाई सम्बृद्धि तर्फ लैजाने दाहालको भनाई थियो । शान्ति प्रकृयाको एक जना हस्ताक्षर कर्ता आँफु जीबित रहेको भन्दै उनले स्व. गिरिजा प्रसाद कोईरालाले यो देशका लागि प्रचण्ड आबश्यक रहेको बताएको स्मरण गरेका थिए  ।
दाहालले आग्रह भने शान्ति सम्झौताको एक जना हस्ताक्षर कर्ता गिरिजाबाबु अहिले हुनुहुन्न उहाँको संकल्प पनि मैले नै पुरा गर्नु पर्छ ।” त्यसका लागि चितवन बासिको मत आँफुलाई आबश्यक पर्ने  भन्दै उनले सामान्य किसानको छोरो आँफु युद्ध, शान्ति प्रकृया र संसदिय व्यवस्था हुँदै अब संम्बृद्धिका लागि जनतामाझ आएको बताए । चितवनले आँफुलाई प्रचण्ड बनाएको भन्दै उनले चितवन बाटै मुलुकमा संम्बृद्धिको यात्रा थालिने बताए । भण्डाफोर अभियान साप्ताहिकबाट