जिल्लामा जताततैं बम, सुरक्षा चुनौती थपिँदै
चितवनमा जताततैं बम बिस्फोटका घटना बढेसँगैं सुरक्षा चुनौती थपिदैं गईरहेको देखिन्छ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिए सँगैं जिल्लामा जताततैं बम बिस्फोटका घटना बढन् थालेका छन् । निर्वाचनको मिती नजिकिँदै गर्दा राजनीतिक दलका उम्मेदवारका घरदेखि सार्वजनिक स्थलसम्ममा बम फेला पर्ने र बिस्फोटका घटनाक्रम बढेपछि जिल्लामा अधिक मात्रामा सुरक्षा चुनौती थपिदैं गईरहेको हो ।
सोमबार बिहान ४ बजे रत्ननगरपालिका– २ स्थित राप्रपाका उम्मेदवार पीताम्बर आचार्यको ना.१ज ५२७५ नम्बरको गाडीमा आगजनी प्रयास भएको थियो । आगजनीबाट गाडीको पछिल्लो भागमा क्षति पुगेको छ । अस्ति आईतबार मात्र पूर्वी चितवनको कालिका नगरपालिकामा सिलिण्डर बम बिस्फोट भएको छ । आईतबार साँझ कालिका नगरपालिका–६, सूर्यपुरमा सिलिण्डर बम बिस्फोट भएको स्थानीयले जानकारी दिएका छन् । बम बिस्फोटको पुष्टि गर्दै सो बिस्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ । बम पड्किदा ठूलो आवाज निश्किएपछि स्थानीयबासी त्रसित भएका थिए । जिल्लामा एकपछि अर्को बम बिष्फोटको शिलसिला बढेपछि स्थानीयबासी त्रसित हुनुका साथै सुरक्षामा थप चुनौती थपिएको छ ।
जिल्लामा गत, शुक्रबार पनि बम बिस्फोट भएको थियो । शुक्रबार राती सवा दस बजे खैरहनी नगरपालिका–२ चैनपुर नजिक खाली चौरमा सिलिण्डर बम विष्फोट भएको थियो । ठूलो आवाज सहित बम पड्किएपछि स्थानीयबासी आंतकित बन्न पुगेका छन् ।
त्यस्तै गत् हप्ता चितवन क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार एवंम वन मन्त्री विक्रम पाण्डेको भरतपुर स्थित घर नजिक बम फेला परेको थियो । जिल्लामा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले विभिन्न किसिमका बम राख्ने गरेको पाइएको छ । जिल्लामा जताततैं बम बिस्फोटका घटना बढने र उम्मेदवारको घर नजिक बम भेटिन थालेपछि आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि सुरक्षा चुनौती थपिँदै गएको हो । जिल्लाका सार्वजनिक स्थलमा बमहरु बिस्फोट र फेला पर्ने घटना बढेसँगैं मतदाताहरु त्रसित बन्न पुगेका हुन् ।
यद्यपि सो बमहरुबाट जिल्लामा हालसम्म मानवीय क्षति भने भएको छैन । सार्वजनिक स्थलमा फेला परेका सो बमहरुलाई नेपाली सेनाको टोलीले डिस्पोज गर्दै आएको छ । सार्वजनिकस्थलमा बम फेला पर्ने र बिस्फोटका घटनाक्रम बढे तापनि सो कार्यमा संलग्नहरुलाई भने प्रहरीले हालसम्म पक्राउ गर्न सकेको छैन, जसका कारण जिल्लामा शान्ति सुरक्षामा समेत प्रश्न चिह्न खडा हुन् थालेको छ । निर्वाचनको मिती नजिकिँदै जाँदा उम्मेदवारका घरदेखि सार्वजनिकस्थल सम्ममा बम फेला पर्ने र बिस्फोटका घटनाक्रम बढेपछि सुरक्षा संवेदनशिलता प्रति यहाँका सुुरक्षा निकाय थप चनाखो हुनुपर्ने आवश्यकता देखिएको छ । बम फेला पर्ने क्रम बढदै गएपनि यस्को जिम्मा हालसम्म कोही कसैले लिएको छैन् । प्रहरीले बम विप्लव नेतृत्वको ने.क.पा.का कार्यकर्ताहरुले राखेको आंशका गरेको छ । तर सो पार्टीले आफुहरुले बम राखेको जिम्मा लिएको छैन् ।
यता, निर्वाचन बिरोधी गतिविधी सञ्चालन गर्न सक्ने आंशकामा प्रहरीले विप्लव नेतृत्वको ने.क.पा.का जिल्ला ईन्चार्ज लालबहादुर बि.सी. सहित १८ जनालाई यस अघि नै पक्राउ गरिसकेको छ । यसैविच, चितवन प्रहरीले सोमबार भरतपुरबाट अवैध हतियार सहित निर्वाचन खारेजीको अभियान चलाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मजदुर फ्याक्सन इन्चार्ज एवं जनसत्ता सदस्य पूर्वेली कान्छा पुरन राई भनिने पूर्णबहादुर राईलाई अवैध हातहतियार, गोलीसहित पक्राउ गरिएकोे जनाएको छ । खोटाङ केपिलासगढी गाउँपालिका– ७ स्थायी घर भई भरतपुर महानगर–१६ मा बस्दै आएका राईको साथबाट कटुवा पेस्तोल एक थान, पेस्तोलमा लाग्ने कार्टिज एक थान, पटाका ,आलु बम १० थान र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियनको चन्दा रसिद एक ठेली बरामद भएको चितवन प्रहरी प्रवक्ता डिएसपी प्रभु प्रसाद ढकालले बताए । यसअघिको स्थानीय निर्वाचनताका पनि राई पक्राउ परेका थिए ।
यसरी जिल्लामा एकपछि अर्को बम फेला पर्ने र बिस्फोटका घटनाक्रम क्रम बढन् थालेपछि निर्वाचन बिरोधी गतिविधी ह्वातै बढनुका साथै मतदाताहरु भयभित एवं आंतकित बन्न थालेका छन् । बिरोधी गतिविधी बढेकाले चितवनको सुरक्षा व्यवस्था थप कडा पारिएको चितवन प्रहरीले जनाएको छ ।