चितवनको कृषि र पर्यटन क्षेत्रमा चीनले संघाउने
चितवन÷नेपालका लागि चिनियाँ राजदूत यु होङले चितवनको कृषि, पर्यटन लगायतका क्षेत्रमा चीनले सहयोग गर्नेे बताएकी छन् ।
राजदुत यु होङ र भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल बीच गत् सोमबार महानगरपालिकाको सभाकक्षमा भएको शिस्टाचार भेटघाट कार्यक्रममा बोल्दै उनले चितवनमा कृषि र पर्यटनको प्रचुर सम्भावना रहेको औल्याउदैं उनले चितवनको विकासमा सहयोग गर्न चिन ईच्छुक रहेको बताएकी हुन् ।
सो भेटघाट कार्यक्रममा राजदुत होङले भरतपुर महानगर नेपालकै मध्यभागमा रहेको र यसले बिकासको प्रचुर संभावना बोकेको बताउँदै विकासका लागि मोडल सिटी बन्ने सम्भावना देखेकै कारण चिनियाँ लगानी भित्र्याउन आफुहरुले सहयोग गर्न खोजेको बताईन् । उनले अगाडी थपिन चितवनमा पर्यटनको प्रचुर सम्भावना भएको आफूले पाएकोले यसलाई विश्वका माझमा परिचित गराउन हामी लागी पर्ने छौं । आधुनिक कृषि प्रणाली चितवनका लागि आवश्यक रहेको भन्दै उनले कृषिको विकासको लागि चीन सरकारले आवश्यक प्राविधिक सहयोग गर्ने समेत आश्वासन दिइन् ।
सो शिस्टाचार भेटघाट कार्यक्रममा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले राजदुत होङललाई स्वागत गर्दै महानगरपालिकाको पूर्वाधार बिकास, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनका साथै आर्थिक सामाजिक क्षेत्रको विकासको लागि चिनियाँ लगानीको अपेक्षा रहेको धारणा राखीन । भेटघाट कार्यक्रममा प्रमुख दाहालले शि जिनपिडं चिनिया कम्यूनिष्ट पार्टीको महासचिबमा पुन निर्वा्चित भएकोमा महानगरबासीको तर्फबाट बधाइ दिदै शि जिनपिडंको नेतृत्वले चिनले अझै बिकासमा फड्को मार्ने बिस्वास समेत ब्याक्त गरिन । महानगरको पूर्वाधार विकास लाई आफुहरुले प्राथमिकतामा राखेको धारणा राख्दै लक्ष हासिल गर्न आन्तरिक स्रोत र साधनमात्र पर्याप्त नहुने भन्दै चिनियाँ सहयोग आवश्यक रहेको बताएकी थिईन ।
मेयर दाहालले महानगरका योजनाहरू मध्ये एकसय किमीको महानगरिय रिङ रोड र लिंक रोड निर्माण गर्ने पहिलो लक्ष्य रहेको जनाउदै उनले मित्र राष्ट्र चीन सरकारको सहयोगमा सम्पन्न गर्ने महानगर र महानगरबासीको तीब्र चाहना रहेको समेत बताएकी थिईन् ।
सो अवसरमा राजदुत होङललाई चितवन जिल्ला र भरतपुर महानगरपालिकाको भौगोलिक, आर्थिक, र सामाजिक अवस्थाका बारेमा समेत जानकारी गराइएको थियो । सो कार्यक्रममा महानगरपालिकाकी उपप्रमुख पार्बती शाह, महानगरपालिकाका कार्यकारी अधिकृत प्रेमराज जोशी लगाएतको उपस्थिती रहेको थियो । यता सोमबार नै राजदुत होङले जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोसँग समेत शिस्टाचार भेट गर्दै चितवनको विकाशमा सहयोग गर्ने बचन दिएकी छन् । भण्डाफोर अभियान साप्ताहिकबाट