धार्मिक स्थल देवघाटमा जुवाखाल

प्रहरी प्रशासन किन बस्छन् तमासे ?

चितवन÷हिन्दुहरुको पवित्र तिर्थस्थल देवघाट देवघाट धाम क्षेत्रमा खुलेधाम जुवाखाल मौलाउदैँ गईरहेको छ । धार्मिक स्थल क्षेत्र देवघाट गाउँपालिका ५ देवपुरमा दैनिक जुवाखाल संचालन भईरहेपनि प्रहरी प्रशासन तमासे बस्नुले थप आशंका पैदा भएको छ । पवित्र धार्मिक स्थल क्षेत्रमा सामाजिक विकृती विसंगति तथा जुवातास मौलाई रहेको भए पनि देवघाट प्रहरी कार्यालय भने बेखबर रहेको भोज सहित कौडा हानी रहेको भए पनि प्रहरी मुक दर्शक बन्नुले प्रहरी प्रशासनकै मिलेमतोमा जुवाखाल संचालन भएको हो कि भन्ने आशंका पैदा भएको एक स्थानियले बताए । भण्डाफोरलाई प्राप्त एक गोप्य स्रोतको सुचना अनुसार देवघाट गाउँपालिका ५ देवपुरमा रहेका अर्जुन मगरको ससुराली घरमा उक्त जुवा खेलाईएको हो । दो· लामा भन्ने कत्ले तमा· र शशी राण नाम गरेका नामुद जुवाडेहरु द्धारा खेलाईएको उक्त जुवाखाल संचालन गर्न दिए वापत देवघाट प्रहरीलाई उनिहरुले मासिक एकलाख २५ हजार सहित दैनिक भत्ता समेत दिने गरेको स्रोतको दाबी छ । स्रोतले दिएको जानकारी अनुसार हिजो मंगलबार भण्डाफोरकर्मी अनुसन्धान गर्न जाँदा जुवाखाल रहेको घरमा पाल टा·ी बोका नै काटी जुवाडेहरुले भोज समेत गरेको दृष्प देखिएको थियो । यसै विच देवघाट क्षेत्र जस्तो पवित्र धार्मिक स्थल क्षेत्रमा जुवातास र कौडा जस्तो सामाजिक विकृती मौलाउन खोजेको भन्दै देवघाट आश्रमका एक सदस्यले चिन्ता ब्यक्त गरेका छन् । यता यस विषयमा ४ नं. प्रदेश प्रहरी कार्यालयका प्रमुख एआइजी कमलर्ब बलमे जुवाखाल नियन्त्रणमा आफूहरुले कुनै कसर बाँकी नराख्ने बताए । स्मरण होस् भरतपुर नारायणगढ क्षेत्रमा संचालित जुवाखालको बारेमा भण्डाफोरले निरन्तर प्रहार गरेपछि जुवाडेहरुले सुरक्षित स्थलको रुपमा देवघाट क्षेत्रलाई रोजेका हुन् ।

sahid diwas