नारायणगढका होटलमा वेश्यावृती

प्रहरी प्रशासनले हप्ता असुलेको आशंका


चितवनको ब्यस्त बजार नारायणगढ क्षेत्रमा सञ्चालित केही होटलहरुमा खुलेआम वेश्यावृति हुने गरेको पाईएको छ । भण्डाफोर अभियानलाई प्राप्त गोप्य सुचना अनुसार ती होटहरुले प्रहरी प्रशासनका केही कर्मचारी र घुमुवा प्रहरी सँगको सेटिड्डमा यस्तो धन्दा चलाएको बुझिन आएको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट १०० मिटर दुरीमा रहेका केही होटलहरुले महिनौ देखी निर्वाद रुपमा यस्तो धन्दा सञ्चालन गरिरहेको भएपनि प्रहरीले देखेको नदेखे गर्नुलाई ठूलो आशंकाको रुपमा हेरिएको छ ।
भरतपुर वडा नं. ३ मा रहेको एक होटलले ५÷७ जना युवतीहरु नै पालेर राखी वेश्यावृती गराईरहेको भएपनि प्रहरी प्रशासन मुकदर्शक बसेको हो । होटल सञ्चालकले होटलमा आउने प्रति ग्राहक २००० देखि २५०० सम्म लिने गरेको समेत खुल्नमा आएको छ । ग्राहकबाट आएको रकमको ठुलो हिस्सा लिने होटल सञ्चालकले प्रहरीतिर सबै सेटिड्ड छ डराउनु पदैन भन्दै ग्राहक आर्कषित गर्ने गरेको पनि बुझिएको छ । वडा प्रहरी कार्यालयको नाकै मुनी रहेका होटलहरुमा यस्तो कार्य हुनुलाई प्रहरीकै संरक्षणमा वेश्यावृति भईरहेको नभने के भन्ने एकजना स्थानीयले भने । उनका अनुसार कतिपय प्रहरीकै अधिकारीहरु सिविलमा आउने जाने गरेको देखिएको छ ।  के प्रहरीलाई थाहा नभएको हो र ?सबै सेटिड्डको आधार मै भई रहेको छ उनले थपे । वडा प्रहरी कार्यालय नजिकै मात्र होइन नारायणगढ बजारका अन्य केही होटलहरुले ग्राहक आएको बखत फोन गरी बोलाई दिने समेत गरेको बुझ्नि आएको छ । नारायणगढमा मात्र होइन भरतपरु, रामनगर, जुगेडी लगायतका क्षेत्रमा सञ्चालित अन्य केही होटलहरुले समेत वेश्यावृती सञ्चालन गरिरहेको खुल्नमा आएको छ । जिल्लामा ब्यापक मात्रामा वेश्यावृति मौलाईरहेपनि प्रहरीले उनीहरुलाई कार्वाही गर्न नसक्नुलाई आम सर्बसाधारणले निकै अर्थपूर्ण रुपमा हेरिरहेका छन् ।
यसैविच, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक दिपक थापाले वेश्यावृति जस्तो अपराधमा संलग्नहरुलाई कुनै पनि हालतमा नछाड्ने बताए । उनले अगाडी थपे, जिल्लामा वेश्यावृतीमा संलग्न केही होटल संचालकहरुलाई आफूले यस अघि नै मानव बेचविखनमा मुद्धा चलाईसकेको स्मरण गराउदै वेश्यावृतीमा संलग्नलाई कार्वाही गरेर छाड्ने बताए ।