शक्तिकेन्द्र लाई रिझाएर मकवानपुरमा रजाइँ गर्दै प्रहरी हवल्दार यादव ।
चितवन , असार १४ । चितवनमा दरबन्दी भएका प्रहरी हवल्दार बिरेन्द्र यादव लामो समयदेखि मकवानपुर मै रहेको पाइएको छ ।
शक्ति केन्द्रलाई रिझाएकै भरमा उनी जिल्ला प्रहरी कार्यालय मकवानपुरको घुमुवा प्रहरीका रूपमा कार्यारर्त भएका हुन् । बिशेष सूचनाका आधारमा भण्डाफोर अभियान डटकमको प्रतिनिधि मंगलबार राती मकवानपुर पुग्दा प्रहरी हवल्दार बिरेन्द्र यादव जिल्ला प्रहरी कार्यालय मकवानपुरको परिसरमा भेटिएका थिए । स्रोतका अनुसार , अहिलेका मकवानपुरका एसपी सोझो भएकै कारण उनको मनपरी बढ्दै गएको हो । यस अघि प्रहरी प्रधान कार्यालयले उनलाई पुर्वमा सरुवा गरेको भए पनि पहुँचका आधारमा उनी त्यहाँ जान मानेका थिएनन् । आफूलाई कसैले केही गर्न नसक्ने र जिल्ला नछाड्ने बताउने प्रहरी हवल्दारलाई हामीले तपाईंलाई प्रहरी प्रधान कार्यालय नक्साले चितवनमा पठाएका रहेछन् नि भन्ने प्रश्नमा उनले तपाईं को हो ? तपाईं किन चाहियो मलाई जहाँ खटाए पनि भन्दै भण्डाफोर अभियानकर्मीलाई धम्काएका थिए । उता, आफ्नु नाम नबताउने सर्तमा एक स्थानीयले भोलि बुधबार मध्यक्षेत्रीय प्रहरी कार्यालय मकवानपुर , प्रहरी प्रधान कार्यालय नक्साल , क्षेत्रीय प्रशासन कार्यालय मकवानपुर , अप्रेसन प्रहरी र हेल्लो सरकार मा उजुरी गर्ने तयारी गर्दै गरेको भन्ने बुझिन आएको छ ।
स्मरण रहोस् स् हामीले केही दिन यता प्रहरीकै संरक्षणमा अबैध धन्दाले प्रश्रय पाउने गरेको सम्बन्धितको न्युज शृङ्खलाबद्ध ढंगले प्रस्तुत गर्दै गईरहेका छौँ । यसैक्रम्मा , हामीले लामो समयदेखि चितवनमा रजाइँ गर्न तम्सिएका सई झलक श्रेष्ठ , असई धर्म प्रसाद पौडेल र देवराज शर्मा त्यसैगरी , असुली धन्दामा संलग्न चितवनका प्रहरी हवल्दार राम प्रवेश यादव र पर्साका बिजय यादव अगायत अन्य दुई जनालाई कार्वाही गर्न सफल भैसकेका छौँ ।